फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यान आनको गुफाबाट फैलिएको विद्युत लहरबाट तपाईँ बसेको शहरको एफ.एम.सम्म

(GMT+08:00) 2011-06-09 17:27:22

        यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आदरणीय श्रोता, कार्यक्रमबाट म सञ्चालक राजुको नमस्कार। चालू वर्षसम्म चिनियाँ अन्तर्राष्ट्रिय रेडियो अर्थात सी.आर.आईको स्थापना भएको सत्तरी वर्ष भइसकेको छ। विश्व फासिस्टविरोधी युद्धको क्रममा स्थापना भएको यो रेडियो हाल एकसट्ठी किसिमको भाषाद्वारा विश्वव्यापी प्रसारण गरिएको अन्तर्राष्ट्रिय मिडिया संस्था बनेको छ। सत्तरी वर्षयता सी.आर.आई.ले विभिन्न रिपोर्ट र कार्यक्रमबाट विभिन्न मुलुकका जनतालाई हाम्रो अभिवादन र मित्रता प्रसारण गर्दछ। साथै शान्ति र न्यायसम्बन्धी खोज र संरक्षण, बहु-सभ्यतासम्बन्धी ध्यान र सम्मानलाई पनि रेडियोबाट प्रसारण गरिन्छ। आजदेखि हामीले चार वटा कार्यक्रम लिएर सी.आर.आई.को कथा तथा उनको विकासबारे सुनौँ। साथै "वर्षौंअघिको आवाज, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिता"मा भाग लिन पनि स्वागत गर्छौँ।

आजका प्रश्न यसप्रकार छन्:

1. चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सबैभन्दा पहिले कुन भाषामा आफ्नो प्रसारण गरेको थियो?

2. चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले विदेशको कुन शहरमा पहिलो एफ. एम. स्टेशनको स्थापना गरेको थियो?

तपाईँले आजको कार्यक्रममा उक्त प्रश्नको जवाफ पाउँनुहुनेछ।

(आवाज एक—सी.आर.आई.को धून)

         प्रायः सी.आर.आई.को कार्यक्रम सुन्नुहुने श्रोता यो धूनप्रति निकै परिचित हुनुहुन्छ मेरो विश्वास छ। हरेक श्रोतालाई सी.आर.आई.को कार्यक्रमले ताजा तथा पर्याप्त सूचना र इमान्दार मित्रता दिन्छ। यो धून सी.आर.आई.को प्रतीक भएको छ।

        गत शताब्दीको चालीसौँ दशकको मध्यकालमा चिनियाँ जनताले गाह्रो रुपमा फासिस्टताविरोधी युद्ध गरी जापानी आक्रमणको विरोध गरेका थिए। जापानी आक्रमणबारे प्रचार-प्रसार गर्नका लागि तत्कालीन चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति रहेको उत्तर-पश्चिम चीनमा रहेको यान आन शहरमा चिनियाँ कम्युनिष्ट पार्टीले यान आन सिन ह्वा रेडियोको स्थापना गरेको थियो। सन् 1941 को डिसेम्बर तीन तारिखका दिन उक्त रेडियोले पहिलो पटक चीनमा रहेका जापानी आक्रमणकारी सेनाप्रति जापानी भाषामा प्रसारण गरेको थियो। रेडियोको पहिलो उद्‍घोषक भनेको चीनमा बसेका युद्धविरोधी जापानी महिला हारा कियोशि हुन्। उक्त दिनलाई चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्थापना भएको दिन मानिन्छ।

         त्यति बेलाको स्टुटियो एक गुफामा रहेको थियो, सञ्चार शक्ति पनि तीन सय वाट मात्र पुगेको थियो। तर उक्त दिनदेखि चीनको आकाशमा विदेशीका लागि प्रसारण गर्ने विदेशी भाषा रेडियो रहेको थियो। श्रीमती हारा कियोशिले त्यसबारे सम्झना गर्नुभयो—यान आन रेडियोमा काम गरेको अवसरमा त्यति बेलाको कार्य अवस्था निकै गाह्रो थियो। तर मलाई यान आनका धेरै सहकर्मीको हेरचाह प्राप्त भएको थियो।

        हारा कियोशिको आवाज जापानी सेनालाई प्रहार गर्ने हातहतियार बनेको थियो। धेरै जापानी सैनिकले रेडियो सेनर युद्धको वास्तविकता थाहा पाएर युद्धविरोधी कार्यमा भाग लिएका थिए।

        सन् 1949 मा नयाँ चीनको स्थापना भएको समारोहमा उद्‍घोषक तिङ यी लान समारोहकी सञ्चालिकाको रुपमा रहेकी थिइन्। पछि उनी सी.आर.आई.का निर्देशक बनेकी थिइन्।–(आवाज चार राष्ट्रिय गीत)

          साथै यान आन सिन ह्वा रेडियोलाई पनि राजधानी पेइचिङमा सारिएको थियो। अरु केही नाम परिवर्तन भएपछि हाल यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियो बनेको छ। हाल सी.आर.आई.ले एकसट्ठी विदेशी भाषामा विश्वव्यापी रुपमा प्रसारण गर्दछ। विश्वमा सबभन्दा बढी भाषा भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था पनि यो नै भएको छ।

           गत शताब्दीको सत्तरीऔँ दशकको अन्तमा चीनमा सुधार तथा खुलापनको नीति लागू भएको थियो। त्यसबाट सी.आर.आई.को ठूलो विकासको लागि मौका प्राप्त भएको थियो। सी.आर.आई.ले सञ्चार विचार, कार्यक्रमको विषय, ब्रोटकास्ट शैली आदि क्षेत्रलाई ठूलो मात्रामा सुधार गरेको थियो। तत्कालीन सी.आर.आई.का निर्देशक तिङ यी लानले प्रतिनिधिमण्डल लिएर अमेरिका, जर्मनी तथा दक्षिण अमेरिका आदि क्षेत्रको भ्रमण गरी विदेशमा तैनाथ सम्बाददाता स्टेशनको स्थापना गर्न तयारी पनि गर्नुभएको थियो।

            विशेष सुधारबाट श्रोताको स्वागत र राम्रो प्रतिक्रिया पाइएको छ। हाल सी.आर.आई.ले विश्वव्यापी बत्तीसवटा सम्बाददाता केन्द्रको स्थापना गरेको छ। साथै आगामी दश वर्षमा अफ्रिका, मध्य-पूर्व, युरोप, अमेरिकाका आठ क्षेत्रमा क्षेत्रीय मुख्य केन्द्रको स्थापना गर्ने योजना पनि छ। विकासोन्मुख मुलुकको सञ्चारमाध्यमको रुपमा रहेको सी.आर.आई.ले विश्वका विभिन्न क्षेत्रको नयाँ परिवर्तन र स्थितिबारे अझै गहिरो तथा चौतर्फी रुपमा रिपोर्ट गर्नेछ।

            सन् 2006 को फेब्रुअरीमा सी.आर.आई.को केन्याको नाइरोबी एफ.एम. स्टेशन औपचारिक रुपमा प्रसारण सुरु भएको थियो। सी.आर.आई.ले विदेशमा एफ. एम. स्टेशनको स्थापना गरेको यो पनि पहिलो हो। एक महिनापछि चीनका तत्कालीन परराष्ट्रमन्त्री लि चाउ सिङले जन बृहत सभा भवनमा चीन तथा विदेशी पत्रकारसँग कुराकानी भन्नुभयो केही समयअघि मैले अफ्रिकाका धेरै मुलुकको भ्रमण गरेको थिएँ। हामी र अफ्रिकी मुलुकबीचको सम्बन्ध अझ सबल भएको र आधार अझ दृढ भएको कुरा मैले देखेको थिएँ। साथै सी.आर.आई.को कार्यक्रम अफ्रिकामा निकै लोकप्रिय भएको कुरा पनि देखेको थिएँ।

            नौ महिनापछि सी.आर.आई.ले लाओसको राजधानी भिएन्टियानेमा दोस्रो एफ. एम. स्टेशनको स्थापना गरेको थियो। त्यतिबेला लाओसको भ्रमणमा रहनुभएका चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र लाओसका राष्ट्रपति चोमाली सायासोन रेडियोको उद्घाटन समारोहमा उपस्थित हुनुहुन्थ्यो। हाल चोमाली परिवारका सबै सदस्य सी.आर.आई.का श्रोता भएका छन्।

           लाओसमा सी.आर.आई. निकै लोकप्रिय छ। म आफू तथा व्यापक लाओसेली जनताले नियमित रुपमा सी.आर.आई.को कार्यक्रम सुन्दैछौँ। ताजा सूचना र उच्च विश्वसनीयता सी.आर.आई.का विशेषता हुन्। साथै यसले श्रोतालाई सामान्य ज्ञान पनि प्रदान गर्छ। त्यसबाट लाओसेली जनताले चीनबारे अझ बढी थाहा पाउँछन्। मेरो विचारमा, सी.आर.आई. लाओस सामाजिक सञ्चार माध्यममध्यको एक भाग हो। दुई देशबीच आपसी सम्झना र मित्रतालाई बढाउने महत्वपूर्ण पूल पनि हो।

            गत जून एक तारिखसम्म सी.आर.आई.ले विश्वव्यापी साठीवटा पूर्ण आवृत्तिका रेडियोको स्थापना गरेको छ। उक्त रेडियोबाट हरेक दिन एक हजार दुई सय घण्टाजति कार्यक्रम प्रसारण गरिन्छन्।

            संसारभरिको प्रभाव बढ्दै आएकोले केही अन्तर्राष्ट्रिय सञ्चारकर्मी पनि सी.आर.आई. मा काम गर्न आएका छन्। जस्तो भनौँ, बी.बी.सी.की पूर्व सञ्चालिका सुसान ओस्मान। जसबाट सी.आर.आई. कार्यक्रमको प्रकार पनि विभिन्न देखिन्छ।

             अझै प्रभावकारी रुपमा अन्तर्राष्ट्रिय सञ्चारका लागि सी.आर.आई.ले मिडियाका नयाँ प्रकारको विकास गरिरहेको छ। हाल तपाईँले सी.आर.आई. अन लाइनको वेब साइट क्लिक गरेर सी.आर.आई.को पछिल्लो कार्यक्रम र सूचना पनि हेर्न पाउनुहुन्छ। सन् 2011को सुरुमा सी.आर.आई.ले संशोधनलाई एकीकरण गरेर सि.आइ.बी.एन.को स्थापना गरेको छ। यो नै नेटवर्क रेडियो तथा भिडियो कार्यक्रम, मोबाइल फोन रेडियो तथा टी.भी., आइ. पी. टी. भी., इन्टरनेट टी. भी. आदि विभिन्न नयाँ प्रकारका मिडिया भएको एउटा ठूलो मिडिया समूह हो। सी.आर.आई.का निर्देशक वाङ कङ न्यानका अनुसार, त्यसबाट सत्तरी वर्षको इतिहास बोकेको सी.आर.आई.ले नवीन मिडियाको अवधिमा प्रवेश गरेको देखिन्छ। आगामी पाँच वर्षको विकासबारे चर्चा गर्दै निर्देशक वाङले भन्नुभयो—आगामी पाँच वर्षमा सी.आर.आई.ले पर्याप्त भाषा, श्रेष्ठ व्यक्ति, मिडिया स्रोतमार्फत सी.आई.बी.एन.लाई विश्वव्यापी प्रभाव भएको अन्तर्राष्ट्रिय मिडियाको प्रमुखसम्म विकास गर्नेछ।

            अन्त्यमा म आजको प्रश्न एक पटक पुनःदोहोर्‍याउँदै छु। एक, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सबैभन्दा पहिले कुन भाषामा प्रसारण गरेको थियो र दुई, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले विदेशको कुन शहरमा पहिलो एफ. एम. स्टेशनको स्थापना गरेको थियो? इमेल वा पत्र पठाउनका लागि हाम्रो ठेगाना हो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली कार्यक्रम। पोस्ट बक्स नं. 4216,पैचिङ, जन गणतन्त्र चीन अथवा पोस्ट बक्स नं. 405,काठमाडौं, नेपाल। हाम्रो इमेल ठेगाना हो:nepali@cri.com.cn अथवा crinepali@sina.com । हवस् त, आजको कार्यक्रम यहीं सकिन्छ। कार्यक्रमबाट म राजुलाई पनि विदा दिनुहोस्, नमस्ते।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह