फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नभेटेका साथी

(GMT+08:00) 2011-06-09 14:12:18

             यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोता, म कार्यक्रमकी सञ्चालिका ललिताको तर्फबाट सबैमा नमस्कार। तपाईं सुन्दैहुनुहुन्छ--"वर्षौंअघिको आवाज, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिता"को विशेष कार्यक्रम । श्रोता, विश्वमा तपाईंजस्तै धेरै श्रोताले हरेक दिन हाम्रो रेडियो सुन्नुका साथै चीनको विकासमा नजर पुर्‍याएका छन्। यहाँहरुले हरेक सञ्चालकको स्वर र हरेक कार्यक्रमको बारेमा जानकारी राख्नु भएको छ। यहाँहरु हाम्रो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका इमान्दार श्रोता हुनुहुन्छ।

आजको कार्यक्रमा म श्रोतासम्बन्धि दुईवटा प्रश्न सोध्छु।

1 अहिले सी.आर.आइ.का विदेशी श्रोता क्लब कति छन्?

2 सी.आर.आइ.को पहिलो विदेशी श्रोता क्लबको नाम के हो?

              अब म विश्वव्यापी सि.आर.आई.का केही श्रोताको बारेमा जानकारी दिन्छु। उनीहरु र हाम्रो रेडियो बीचको मित्रतासम्बन्धी कथा सुनाउँछु।

            अफ्रिकी श्रोतालाई यस आवाज सुनेर निकै रमाइलो र नजिकको अनुभव हुन्छ होला। यो गत शताब्दीको असीको दशकमा हाम्रो सि.आर.आइकी सञ्चालिका छन् लिआन यिङ्गले स्वाहिली भाषामा रेकर्ड गरेको कुरा हो। यस आवाज अहिलेसम्म पनि प्रयोग गरिंदैआएको छ। लगभग चालीस वर्षको समयदेखि सुश्री छन् लिआन यिङ्ग र अरु कर्मचारीहरुले हरेक दिन स्वाहिली भाषाद्बारा अफ्रिकाको लागि कार्यक्रम प्रसारण गर्दैआएको छ। टाढा अफ्रिकी भूमिमा केन्या, टान्जानिया आदि मुलुकका श्रोताले सुश्री छन्लाई एउटा सुन्दर नाम –आमा छन् दिएका छन्। सुश्री छन्ले यस्तो कथा हामीलाई सुनाउनुभएको छ।–

          " एकपटक हामीले केन्यास्थित संयुक्त राष्ट्र संघको एउटा संस्थाको भ्रमण गरेका थियौं। त्यहाँ धेरै जनाले स्वाहिली भाषा बोलेका थिए। त्यसैले मैले पनि उनीहरुसँग कुराकानी गरेँ। मैले एक वाक्य मात्र भन्दा यिनीहरुले मेरो स्वर चिनेका थिए। म सी.आर.आई.को सञ्चालिका भएको कुरा थाहा पाए। श्रोताले मलाई सधैं आमा छन् भन्छन्।"

            सी.आर.आईको इतिहास प्रदर्शनी भवनमा विभिन्न मुलुकका श्रोताले पठाइएको उपहार, फोटोहरु राखेका छन्। यी उपहारहरु टाढा क्षेत्रमा रहेका श्रोताहरुको शुभकामना सन्देश हुन्।

            भियत्नाम सेवाको प्रदर्शनीमा एउटा रातो झण्डा निकै विशेष छ। भियत्नाम सेवाका प्रमुख उ चाउ यीनले यस झण्डासम्बन्धी कथा सुनाउनुभएको छ।

          "सन् 1995 भियत्नाम सेवा स्थापना भएको 45औं वार्षिकोत्सव थियो। भियत्नामको हो च मिन्ह शहरको श्रोता भाम थि मिन्ह ट्राङ्गले हातद्बारा यस झण्डा बनाउनुभएको थियो। झण्डामा सी.आर.आईको चिन्हमा बुट्टा भरिनुका साथै शुभकामना पनि लेखिएको छ। यस झण्डा हामीले जतन गरी सजाएर राखेका छौं। किनकि श्रोताको प्रेरणा भनेको हामीलाई अझ राम्रो कार्यक्रम तयार गर्ने शक्ति हो।"

            सन् 1961मा सी.आर.आईको पहिलो विदेशी श्रोता क्लब-जापानी "पेइचिंग रेडियो श्रोता क्लब"स्थापना भएदेखि यता विश्वव्यापी रुपमा सी.आर.आईको श्रोता क्लबको संख्या तीन हजार एक सय 65 पुगेको छ। श्रोताहरुद्बारा स्थापित यी श्रोता क्लबहरुको मुख्य विषय सी.आर.आई.को कार्यक्रम सुनेर चीनबारे थाहा पाउनुका साथै चीनसँग मैत्रिपूर्ण कार्यक्रम आदान प्रदान गर्नु हो। ती श्रोता क्लवको बनौट फरक-फरक हुनुको साथै सदस्यको संख्यामा दश देखि दश हजारभन्दा बढीसम्म छन्।

           श्रोताले हाम्रो कार्यक्रम सुनेर चीनको विकासबारे थाहा पाउनुका साथै चीनसँगको मित्रतालाई पनि गहिरो पारेका छन्। सन् 2001को ग्रीष्म ऋतु, सन् 2008 चीनले ओलम्पिक खेलकुदको आयोजना गर्ने आग्रह सफल भएको बेलामा श्रीलंका श्रोता संघले पेइचिंगलाई समर्थन दिनका लागि पचास हजार श्रोताले हस्ताक्षर गर्ने कार्यक्रमको आयोजना गरेर उक्त दुईटा हस्ताक्षर पत्र अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष पेश गरेको थियो। सन् 2008 स छ्वुआनमा भयंकर भूकम्प गएको बेला भारतीय टमिल भाषाका श्रोता संघका सदस्यहरुले छुट्टा-छुट्टै रुपमा इ-मेल पठाएर संवेदना व्यक्त गरेका थिए। सयौं श्रोताले पैसा पठाएर सी.आर.आई.लाई हस्तांतरण गर्न अनुरोध गरेका थिए।

            साथै सी.आर.आई.ले विविध किसिमका ज्ञान-विज्ञान प्रतियोगिताको आयोजना गर्दैआएको छ। प्रतियोगितामा पुरस्कार प्राप्त विजेताहरुले चीनको भ्रमण र पर्यटन गर्ने मौका पाउनसक्छन्। जसबाट श्रोताले चीनको बारेमा अझ बढी थाहा पाउनसक्छन्। सुश्री छन् लिआन यीनले जानकारी दिनुभयो— "चीन र टान्जानियाबीचको मित्रताको 45औं वार्षिकोत्सवको ज्ञान-विज्ञान प्रतियोगिता सम्पन्न भएपछि हाम्रो निमन्त्रणामा पाँच जना पुरस्कृतहरुले शाङ्ग हाइ विश्व एक्सपोको भ्रमण गर्नुका साथै पेइचिंगमा पनि पाँच दिने यात्रा गरेका थिए। हामीले यी श्रोताको चीनको भ्रमणको बारे पूर्ण जानकारी दिएका थियौं। स्थानीय श्रोताले कार्यक्रम सुनेर हामीलाई बेग्ला-बेग्लै रुपमा चिट्ठी पठाएर आफै पनि चीन गएको जस्तै खुसी लागेको कुरा व्यक्त गरेका थिए। सी.आर.आई. र चीनसँग सम्पर्क र मित्रता कायम राख्नका लागि हामीले रेडियो कार्यक्रम सुनेको कुरा धेरै श्रोताले बताएका थिए।"

             अहिले सी.आर.आई.ले 61 भाषामार्फत विश्वभर प्रसारण गरेको छ। परम्परागत रेडियोबाहेक सी.आर.आई.ले विश्वमा सबैभन्दा ठूलो परिमाणको बहु-भाषी वेव-साइटको स्थापना गरेको छ। विश्वव्यापी मुलुकहरुका श्रोतागणले हाम्रो वेव-साइटमा कार्यक्रम हेर्नसक्छन्। सुन्नसक्छन् । सी.आर.आई.को प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ।

             श्रोतागण, यी कथामा तपाईंको जस्तै विषय छ कि छैन त? कतै तपाईं हुनुहुन्छ, सी.आर.आई. र तपाईं नभेटेका साथी हो। कार्यक्रमको अन्त्यमा म आजको प्रश्न एक पटक पुनःदोहोर्‍याउँदै छु। एक, अहिले सी.आर.आइ.का विदेशी श्रोता क्लब कति छन्? र दुइ, सी.आर.आइ.को पहिलो विदेशी श्रोता क्लबको नाम के हो?

             इमेल वा पत्र पठाउनका लागि हाम्रो ठेगाना हो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली कार्यक्रम। पोस्ट बक्स नं 4216,पैचिङ, जन गणतन्त्र चीन अथवा पोस्ट बक्स नं 405,काठमाडौं, नेपाल। हाम्रो इमेल ठेगाना हो:nepali@cri.com.cn अथवा crinepali@sina.com । हवस्त, आजको कार्यक्रम यहीं सकिन्छ। कार्यक्रमबाट म ललितालाई विदा दिनुहोस्, नमस्ते।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह