फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शनचन युनिभर्साइड खेलकुदको मुख्य भवन शन चन खाडी खेलकुद केन्द्रद्वारा निर्माण भइसकिएको

(GMT+08:00) 2011-08-02 16:10:46

              यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आदरणीय श्रोता, नियमित खेलकुद कार्यक्रमबाट म सञ्चालक राजुको नमस्कार। विश्व विश्वविद्यालय खेलकुद 2011 आगामी महिना चीनको शन चनमा सुरु हुनेभएको छ। यस खेलकुदको उद्घाटन समारोह र मुख्य प्रतियोगिता आयोजना हुने स्थानको रुपमा रहेको शन चन खाडी खेलकुद केन्द्र हाल निर्माण भइसकेको छ। शन चन शहरको नान शान क्षेत्रमा रहेको शन चन खाडी हङकङ नजिकमा रहेको छ। दुई लाख छपन्न हजार वर्ग किलोमिटर भएको उक्त रङ्गशालाको रुप spring cocoon अर्थात् रेशमको कोया जस्तो भएकोले spring cocoon नाम दिएको छ । रङ्गशालाको पूर्ण अवस्था जाँच्नका लागि औपचारिक रुपमा खेलकुद सुरु हुनुअघि एघार वटा परिक्षण प्रतियोगिताको आयोजना हुनुपर्छ। भर्खरै त्यहाँ समाप्त भएको चाइना टेबुल टेनिस ओपन ती एघार परिक्षण प्रतियोगिताहरुमध्ये सर्वोच्च स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो। चीनका श्रेष्ठ खेलाडी वाङ हाउ, मा लिन र सिङ्गापुरका फोङ थ्यान वी लगायत एक सय एकाउन्न खेलाडीले प्रत्यक्ष रुपमा उक्त spring cocoonको अनुभव गरेका छन्। अब सुनौँ यससम्बन्धी विस्तृत विवरण

              शन चन खाडी खेलकुद केन्द्र "Trinity" रहेको छ। यस केन्द्रमा तीनटा स्थान अर्थात रङ्गशाला, खेलकुद भवन र पौडी भवन छन्। शन चन खाडी खेलकुद केन्द्र निर्माण कार्य सम्पन्न भएपछि निश्चित योजनाबमोजिम विभिन्न भवनका प्रबन्धलाई पूर्णता दिइएको छ। त्यसबाट दृश्य प्रभावलाई ठूलो मात्रामा बढाउनसकिन्छ। साथै पौष्टिक भोजन आपूर्ति, घाइते उपचार आदि संस्थाको स्थापना भएर विभिन्न मुलुकका खेलाडीहरुलाई उच्च वैज्ञानिक तथा प्राविधिक, प्रणालीकरण, बहुक्रियाको व्यापक सेवा दिइनेछ। भर्खरै समाप्त भएको चाइना टेबुल टेनिस ओपेन खेलकुद केन्द्रको लागि ठूलो परिक्षा भएको मानिएको छ। पर्याप्त तयारी गरेकोले खेलकुद केन्द्रले दर्शक र खेलाडीहरुको उच्च मूल्याड्कन पाएको छ।

             प्रतियोगिताको पहिलो दिनमा पाँच हजारभन्दा बढी दर्शकहरु खेलकुद केन्द्रको अनुभव गर्नका लागि आएका छन्। पचीस वर्षको उमेर भएको ऊ यो एक सम्पूर्ण टेबुल टेनिस फ्यान हो। उनको विचारमा spring cocoonमा टेबुल टेनिस हेर्न निकै राम्रो छ। एयर कन्डिशनरको हावा पनि निकै आरामदायक छ।–आवाज एक

            यहाँ टेबुल टेनिस हेर्दा आराम लाग्छ। यहाँ ए सि सञ्चालन भएतापनि त्यति साह्रो हावाको अनुभव छैन र वातावरण निकै आरामदायी छ। सा

            चाइना टेबुल टेनिस ओपेनलाई सन् 2012 लन्डन ओलम्पिक खेलकुदको लागि चीनले तयारी गर्ने राम्रो मौका मानिन्छ। त्यसैले आयोजक समितिले पनि अन्तर्राष्ट्रिय उच्च प्रतियोगिताको स्तरबमोजिम आयोजना गरेको छ। सम्बन्धित विभिन्न अवस्था र स्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पुगेको छ कि छैन? यसबारे चाइना टेबुल टेनिस ओपनको प्रतियोगिता विभागका उप-प्रमुख लि चुङ लिनले स्वीकारेका छन्—आवाज दुई

            पूर्ण प्रतियोगिता व्यवस्थित रुपमा आयोजना भएको छ। सम्बन्धित प्रबन्धको पनि मापदण्ड पुगेको छ। निकै राम्रो छ।

            श्री लि चुङ लिनको अनुसार, चाइना टेबुल टेनिस ओपेन एक परिपक्व र पेशागत प्रतियोगिता भएकोले सम्बन्धित विभिन्न पक्षको मापदण्ड पनि उच्च स्तरमा हुनुपर्छ। संयोजन समितिले यो प्रतियोगिताको आयोजना हुने खबर पाएपछि तुरुन्तै रुपमा प्रबन्धको तयारी, स्थानको नक्शा, अधिकारी र खेलाडीको स्वागत र प्रतियोगिता व्यवस्था गरेको छ। यस किसिमको तयारी गरेकोबाट अन्तर्राष्ट्रिय टेबुल टेनिस संघका अधिकारीलाई पनि निकै सन्तोष लागेको छ। श्री लि चुङ लिनले भने—आवाज तीन

            विभिन्न दृष्टिकोणबाट हेर्दा निकै सुचारु छ। साथै सन्तोषलाग्दो प्रभाव पनि पाएको छ। यस पटक आएको अन्तर्राष्ट्रिय टेबुल टेनिस संघको प्राविधिक प्रतिनिधिमण्डललाई चिनियाँ दर्शकको उत्साहबारे निकै अचम्म लाग्यो। प्रतियोगिताको व्यवस्थाबारे उनीहरुलाई पनि निकै सन्तोष लाग्यो।

            थाहा भएअनुसार, खेलकुद सम्पन्न भएपछि शन चन खाडी खेलकुद केन्द्र उच्च मापदण्डमा जारी रहनेछ। भविष्यमा यहाँ मुख्यतः खेलकुद, साथै बैठक, मेला, विशेष खाने-पिउने सेवा, स्वास्थ्य सेवा, तालिम दिने आदि व्यापक वाणिज्य तथा व्यापारिक सेवा स्थान हुनेछ।

            विश्व विश्वविद्यालय खेलकुदलाई विश्व विश्वविद्यालय खेलकुद संघद्वारा आयोजना गर्ने ठूलो खेलकुद समारोह हो। त्यसलाई सानो ओलम्पिक खेलकुदको रुपमा पनि मानिन्छ। विश्व विद्यालय खेलकुद संघको अंग्रेजि नाम universiade हो। यो शब्द university र olympiad मिलेर बनेको हो। खेलकुद नियमअनुसार, विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थी वा विश्वविद्यालयबाट स्नातक भएको दुई वर्ष नपुगेका युवाहरु अर्थात् सत्रदेखि अठाईस वर्षको उमेरसम्मका युवाहरुले मात्रै खेलकुदमा भाग लिने मौका पाउँछन्।

           गत शताब्दीको बीसौँ दशकको सुरुमा वर्तमान अन्तर्राष्ट्रिय विश्वविद्यार्थी संघले विश्व विश्वविद्यालय खेलकुदको आयोजना गर्ने योजना गर्न थालेको थियो। सन् 1923को मे महिनामा विश्व विश्वविद्यालय खेलकुदको प्रतिनिधि सम्मेलन फ्रान्सको प्यारिसमा आयोजना भएको थियो। सम्मेलनका अनुसार, पहिलो अन्तर्राष्ट्रिय विश्व विश्वविद्यालय खेलकुद दोस्रो वर्षमा सुरु हुने थियो। सन् 1924मा पहिलो अन्तर्राष्ट्रिय विश्व विश्वविद्यालय खेलकुद वार्सोमा आयोजना भएको थियो। त्यसपछि खेलकुद अनियमित रुपमा आयोजना भएको देखिन्छ । सन् 1939सम्म आठ पटक आयोजना भएको छ। पछि विश्व युद्ध भएकोले खेलकुद पनि स्थगित भएको थियो। सन् 1947पछि पुनःसुरु भएको थियो। तर सन् 1951देखि अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन भएकोले उक्त खेलकुदलाई पूर्वी खेलकुद र पश्चिमी खेलकुदको रुपमा विभाजन गरेको थियो। पश्चिमी खेलकुदलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुदको नाममा राखिएको थियो र पूर्वी खेलकुदलाई युवा मित्रता खेलकुदको नाममा राखिएको थियो। दुई पक्षले बेग्ला बेग्लै गरी आफ्नो खेलकुदको आयोजना गरेको थियो। सन् 1957मा फ्रान्सेली राष्ट्रिय विश्वविद्यालय संघ स्थापना भएको पचास वर्ष मनाउन पेरिसमा अन्तर्राष्ट्रिय स्तरीय विश्वविद्यालय खेलकुद र अन्तर्राष्ट्रिय संस्कृति समारोहको आयोजना भएको थियो। सहभागी तीस वटा मुलुकका प्रतिनिधिबीच भविष्यमा हरेक दुई वर्षमा विश्व विश्वद्यालय खेलकुदको आयोजना गर्ने सहमत सम्पन्न भएको थियो। शन चन विश्व विश्वविद्यालय खेलकुद 2011 आगामी अगष्ट बाह्र तारिखदेखि तेईस तारिखसम्म चीनको शन चन शहरमा आयोजना हुने भएको छ।

           यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आदरणीय श्रोता, समय अभावको कारणले आजको खेलकुद कार्यक्रम यहीँ समाप्त हुन्छ। यस कार्यक्रमको बारेमा तपाईँका केही राय-सुझाव छन् भने पत्रमार्फत् मलाई जानकारी दिनुहुन अनुरोध गर्दछु। हवस् त, आजको कार्यक्रमवाट म राजु पनि विदा चाहन्छु, नमस्ते।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह