फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हरियो विश्व विश्वविद्यालय खेलकुद, हामीले कोसिस गर्दैछु" नामक अनेकौँ

(GMT+08:00) 2011-08-02 16:15:12

          यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आदरणीय श्रोता, नियमित खेलकुद कार्यक्रमबाट म सञ्चालक राजुको नमस्कार। हामीले फ्याँकेको प्लास्तिक पोतलबाट अन्तर्राष्ट्रिय व्यापक खेलकुदको उद्घाटन तथा सम्पन्न समारोहको स्तेजको निर्माण गर्नसक्छौँ? यो प्रश्नको उत्तर हो हामीले गर्नसक्छौँ। यो नै शन चन विश्व विश्वविद्यालय खेलकुद 2011को उद्घाटन तथा सम्पन्न समारोहको सृजनात्मक समूहले दिएको विचार हो। शन चन विश्व विश्वविद्यालय खेलकुदको केन्द्रीय विचारहरुमध्येको "हरियो विश्व विश्वद्यालय खेलकुद"को पूर्ण प्रतिबिम्ब पनि हो। यस खेलकुदको तयारी गरेको अवधिमा जत्ताततै "हरियो", "कम कार्बन निश्काषण", "वातावरण संरक्षण", "स्वास्थ्य" आदि विषय अनुभव गर्न पाइँछ। शन चन विश्व विश्वविद्यालय खेलकुदले कसरी गरी हरियो खेलकुदको विचारलाई मानिसको मनमा गहिरो रुपमा राखेको छ त? अब सुनौँ यससम्बन्धी विस्तृत विवरण—

         गत जुन महिनाको सुरुवात शन चन विश्व विश्वविद्यालय खेलकुदको उद्घाटन तथा सम्पन्न समारोहको निर्देशन समूहले "हरियो विश्व विश्वविद्यालय खेलकुद, हामीले कोसिस गर्दैछु" नामक अनेकौँ कार्यक्रमको आयोजना गरेको थियो। उनीहरुले शन चन बासिन्दाबाट एक करोड दश लाख वटा प्लाटिक वोटल संलग्न गरी खेलकुद उद्घाटन समारोहको स्तेचको निर्माण गरेको थियो। जसबाट उद्घाटन तथा समाप्त समारोहको लागि ठूलो मात्राको पैसाको बचाउन सकिन्छ। त्यसको लागि खेलकुद आयोजन समितिले मुख्य कार्य केन्द्र, आवास क्षेत्र र खेलकुद भवनमा प्लास्टिक वोटलको संलग्न स्टेशन राखेको थियो। संलग्न कार्यको लागि निकै सुविधा देखिन्छ। खेलकुद उद्घाटन तथा समाप्त समारोहका संचालन प्रमुख मिङ ल्याङले भने—आवाज एक

        प्रतियोगिता भवनमा हामीले पनि केही संलग्न स्टेशन राखेका छौँ। विभिन्न संस्था क्षेत्र र आवास क्षेत्रमा पनि छन्। त्यसैगरी कर्मचारी र बासिन्दाहरुले त्यहाँ गएर प्लास्तिक वोटल ल्याउनेछन्। खेलकुद सम्पन्न भएपछि उक्त हामीले उक्त वोटलको पुनःप्रयोग गर्न विचार गर्छौँ।

         थाहा भएअनुसार, स्टेचबाहेक उद्घाटन समारोहको लुगाफाटा, propsमा, अझै प्रदर्शनको विषयमा पनि कम कार्बन निश्काषण तथा वातावरण संरक्षणको विचार राखिनेछ। आयोजक समितिले यस्तो उपायमार्फत सबैलाई यस्तो सूचना दिन खोज्छ: शन चन विश्व विश्वविद्यालय खेलकुद एउटा सरल तथा मितव्ययी खेलकुद हो। यसबारे खेलकुद उद्घाटन तथा समाप्त समारोह सञ्चालन कम्पनिका प्रबन्धक च्याङ हाउ याङले भने—आवाज दुई

        कम कार्बन निश्काषण र वातावरण संरक्षणको विचार त उद्घाटन तथा समाप्त समारोहभरि देखिनेछ। हाम्रो लुगाफाटामा पनि देखिनेछ। जस्तो भनौँ, बाटो देखाउने व्यक्तिको लुगा र टाँक त प्लास्टिक वोटलको टोपीबाट बनाइएको हो।

         खेलकुद उद्घाटन समारोहको स्टेज फ्याकिएका प्लास्टिक वोटलबाट बनाइएको छ, तर अरु वातावरण संरक्षण विचार विपरित प्रदर्शन पनि रद्द हुनेछ कि? खेलकुद उद्घाटन तथा समाप्त समारोह निर्देशन कार्यालयका जिम्मेवार व्यक्तिका अनुसार, खेलकुद उद्घाटन तथा समाप्त समारोहले आतसबाजी नखेल्ने, सुपर स्टार निमन्त्रणा नगर्ने, तर पर्याप्त सृजनात्मक विचार देखाउनेछ। त्यसबाट हरियो खेलकुदको विचार पूर्ण रुपमा देखिन्छ।

         उद्घाटन तथा समाप्त समारोहबाहेक हरियो खेलकुदको विचार खेलकुदको अरु क्षेत्रमा पनि देख्न पाइँछ। जस्तो भनौँ, भवनको निर्माणको लागि आयोजक समितिले कम कार्बन निश्काषण तथा वातावरण संरक्षणको विचार देखाएको छ। भलिबल भवन र यान थ्यान क्षेत्रको व्यापक भवनको पर्खालको बाहिरमा विशेष नानोमिटरको वस्तु लाइएकोछ। जसबाट उक्त भवनहरुले नानोमिटर सामग्रीबाट "आफूले आफूलाई सफा गर्न सक्छन्"। सफा खर्चलाई पनि ठूलो मात्रामा बचाउन सकिन्छ। भवन निर्माणको पर्यवेक्षण कम्पनिका अधिकारी सु सि वनले त्यसबारे जानकारी दिए—आवाज तीन

        उक्त नानोमिटर सामग्रीलाई पर्खालमा लाएपछि पानी परेमा उक्त सामग्री आफूले पर्खाललाई सफा गर्नसक्नेछ।

        निर्माण अवधिमा नयाँ विचार लिएर "हरियो खेलकुद"र "कम कार्बन निश्काषण तथा वातावरण संरक्षण"को विचारलाई व्यवहारमा उत्तार्नका लागि निकै गाह्रो कुरा हो। तर शन चन विश्व विश्वविद्यालय खेलकुद आयोजक समितिले त्यसमा निके ध्यान दिन्छ। चीनका उप-आवास तथा शहर-ग्रामीण विकास मन्त्री छ्यु पाउ सिङले खेलकुदसम्बन्धी कार्यमा मूल्याङ्कन गरे—आवाज चार

        व्यापक खेलकुद भवनको निर्माण कार्यमा वातावरण संरक्षणसम्बन्धी प्रविधि प्रयोग गर्नका लागि भन्न सजिलो छ, तर गर्न निकै गाह्रो छ। तापनि शन चनले साँचै नै यस्तो गरेको छ।

         वास्तवमा हरियो खेलकुद हाल चालिसकेको ठोस कदम मात्र होइन, अझै महत्वपूर्ण भनेको यो एउटा अनुभव हो। शन चन स्रोत बचाउ विशेषज्ञ समितिका उप-प्रमुख सोन छाङ फुले भने—आवाज पाँच

        हरियो खेलकुदको विचार त भवनको निर्माण र वातावरण सुधार कार्यमा देखिएको मात्र होइन, वातावरण संरक्षणको अनुभव पनि हो। शन चनले खेलकुदको आयोजना गर्ने अवधिमा खोजेको नयाँ बाटो हो।

         हरियो र कम कार्बन निश्काषण विश्वव्यापी लोकप्रिय शब्द भएको आज हरियो विश्व विश्वविद्यालय खेलकुदको आयोजना गर्नु नै शन चनले विश्वलाई वातावरण संरक्षणको विचार प्रचार-प्रसार गर्ने परिचय पत्र भएको छ। साथै शन चन बासिन्दाहरुले विश्वलाई दिएको वचनबद्धता पनि भएको छ।

         यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आदरणीय श्रोता, समय अभावको कारणले आजको खेलकुद कार्यक्रम यहीँ समाप्त हुन्छ। यस कार्यक्रमको बारेमा तपाईँका केही राय-सुझाव छन् भने पत्रमार्फत् मलाई जानकारी दिनुहुन अनुरोध गर्दछु। हवस् त, आजको कार्यक्रमवाट म राजु पनि विदा चाहन्छु, नमस्ते।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह