फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका खेलाडी च्याउ लिउ याँग

(GMT+08:00) 2011-08-02 16:18:32

         यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आदरणीय श्रोता, नियमित खेलकुद कार्यक्रमबाट म सञ्चालक राजुको नमस्कार। हाल राष्ट्रिय जल खेलकुद समारोहको पौडी प्रतियोगिता चीनको पूर्वी रि चाउ शहरमा सम्पन्न भयो। सन् 2008 को पेइचिँग ओलम्पिक खेलकुदमा चीनका खेलाडी च्याउ लिउ याँगले महिला दुई सय मिटर बटरफ्लाइको रेकर्ड तोडेकी थिइन्। त्यसपछि बीस वर्ष उमेर पनि नपुगेकी च्याउ लिउ याँग स्टार भएकी थिइन्। भर्खरै सम्पन्न भएको जल खेलकुद समारोहमा उनले एक सय मिटर र दुई सय मिटर बटरफ्लाइको च्याम्पियन पनि प्राप्त गरेकी थिइन्। चौधै वर्षको उमेरमा पनि ठूलो उपलब्धि हासिल गरेकी उनले केही वर्षयता नयाँ उपलब्धिका लागि प्रयास गरिरहेकी छिन्। प्रतिभावान र मिहिनेती भएर हाल उनको भविष्य उज्यालो देखिन्छ। अब यससम्बन्धी ठोस जानकारी सुन्नुहोस्।

         विगत पाँच वर्षमा च्याउ लिउ याँगले आफ्नो क्षमता बढाउनका लागि प्रयास गरिरहेकी छिन्। सन् 2005 को दशौँ राष्ट्रिय खेलकुद समारोहदेखि उनी चीनको पौडी खेल क्षेत्रको नयाँ स्टार मानिएकी थिइन्। तर त्यसपछि एशियाली स्तरको प्रतियोगितामा मात्रै केही स्वर्ण पदक पाएकी थिइन् । अरु ठूलो प्रतियोगिताको च्याम्पियन कुनै पनि पाएकी थिइनन्। सन् 2008को पेइचिँग ओलम्पिक खेलकुद समारोहको महिला दुई सय मिटरको बटरफ्लाइ प्रतिश्पर्धामा सबभन्दा राम्रो स्थितिमा रहेकी च्या लिउ याँगले दुई मिनेट सुन्य चार सेकेन्ड सात दुईको उपलब्धि हासिल गरेकी थिइन्। तर अर्की चिनियाँ महिला खेलाडी लिउ च कले उनीभन्दा सून्य पाँच चार सेकेन्डको श्रेष्ठता पाएर अन्तमा स्वर्ण पदक पाएकी थिइन्। च्याउ लिउ याँगले यस पटक पनि रजत पदक मात्र पाएकी थिइन्।

         अझै युवा अवस्थामै रहेकी च्याउ लिउ याँगले निरन्तर रुपमा प्रयास गरेकी थिइन्। हाल उनले प्रतिदिन दुई पटक र प्रति पटक आठ हजार मिटर पौडन्छिन्। साथै मिहिनेती भएकी उनले पुरुष खेलाडीको केही सीप पनि सिकेकी थिइन्। पेइचिँग ओलम्पिक खेलकुदअघि धेरै प्रयास गरेकी च्याउ लिउ याँगलाई दुःख पनि लागेको थियो। अनि गुरुसमक्ष रोएकी थिइन्। तर पेइचिँग ओलम्पिक खेलकुद सम्पन्न भएपछि उनी परिपक्व भएकी थिइन्। हाल सफल हुँदा उनी धेरै खुसी भएकी छैनन् तर विफल हुँदा पनि धेरै दुःखी भएकी छैनन्। साथै उनले पौडी सीपमा अझ प्रयास गर्छिन्। यस जल खेलकुद समारोहमा उनले महिला एक सय मिटर बटरफ्लाइको स्वर्ण पदक पएकी मात्र नभई महिला दुई सय मिटर बटरफ्लाइको फाइनल प्रतिश्पर्धामा यसवर्ष विश्वको दोस्रो श्रेष्ठ उपलब्धि पनि प्राप्त गरेकी थिइन्। यसवर्षको सबभन्दा श्रेष्ठ उपलब्धि पनि उनले पूर्वार्धमा प्राप्त गरेकी हुन्। उच्च प्राविधिक सार्कको छाला जस्तो पौडी पोशाक नलगाएर प्रतिश्पर्धामा भाग लिनुबाट आफ्नो क्षमता विकास भएको देखिएको कुरा उनले व्यक्त गरेकी थिइन्—आवाज एक

        सन् 2009 को राष्ट्रिय खेलकुद समारोहमा मैले उच्च प्राविधिक सार्कको छाला जस्तो पौडी पोशाक लगाएर प्रतिश्पर्धामा भाग लिएकी थिएँ, तर यस पटक मैले उक्त उच्च प्राविधिक पौडी पोशाक नलगाएर पाएको उपलब्धि र त्यतिबेला उच्च प्राविधिक पौडी पोशाक लगाएको भन्दा लगभग उस्तै छ। यो मेरो लागि क्षमता विकास भएको देखिएको अनुभव मैले गरेको छु।

        जल खेलकुद समारोह भएपछि उनको लागि यस वर्षको सबभन्दा महत्वपूर्ण प्रतियोगिता वर्षको अन्तमा चीनको क्वाँग चौ शहरमा सुरु हुने एशियाली खेलकुद समारोह हो। एशियाली खेलकुद समारोहको स्वर्ण पदक आगमी छोटो भविष्यमा आफ्नो लक्ष्य रहेको कुरा उनले स्पष्ट रुपमा व्यक्त गरेकी थिइन्। तर व्यक्तिको पेशागत जीवनका लागि ओलम्पिक खेलकुदको च्याम्पियन सधैँ नै आफ्नो सपनामा रहेको कुरा पनि उनले व्यक्त गरेकी थिइन्। पेइचिँग ओलम्पिक खेलकुद समारोहमा स्वर्ण पदक नपाएपछि उनले सन् 2012 को लन्डन ओलम्पिक खेलकुदमा आफूले फेरि सक्दो प्रयास गर्नेछिन्। --आवाज दुई

         वास्तवमा मेरो लक्ष्य कहिल्यै पनि परिवर्तन भएको छैन मेरो विचारमा। सन् 2008अघि ओलम्पिक खेलकुदको च्याम्पियन हुनु मेरो लक्ष्य रहेको थियो। तर त्यति बेला म विफल भएकी थिएँ। अरु चार वर्षको प्रयास गरेपछि मेरो लक्ष्य अझै पनि परिवर्तन भएको छैन अर्थात सन् 2012 को लन्डन ओलम्पिक खेलकुदको च्याम्पियन। सक्दो प्रयास गरेमा स्वर्ण पदक मेरो हातमा रहनेछ।

         च्याउ लिउ याँगले दिएको जानकारीअनुसार, सीपको स्थिरता र शक्तिलाई बढाउनु हाल उनको तालिमको मुख्य विषय रहेको छ। विगत दुई महिनामा उनले अमेरिकामा विदेशी गुरुसँग तालिम लिइरहेकी थिइन्। पहिलो महिना केही ठोस सीपबारे तालिम गरिरहेकी थिइन्। दोस्रो महिनामा दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयमा तालिम गरेकी थिइन्। त्यहाँको तालिमको स्तर निकै विकसित छ। धेरै विश्व च्याम्यिनशीपहरुले दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयलाई आफ्नो तालिम केन्द्रमा राखेका छन्। च्याउ लिउ याँगको विचारमा अमेरिकामा पाएको तालिमको मात्रा त्यति ठूलो होइन। तर तालिमको तीव्रता निकै ठूलो छ। त्यसैले धेरै थकाइ लाग्छ। तर यस्तो ठूलो तीव्रता भएको विशेष तालिमबाट नयाँ रेकर्ड जित्नका लागि पूर्ण आत्मविश्वास भएको कुरा उनले व्यक्त गरेकी थिइन्—आवाज तीन

        सन् 2009को तुलनामा अहिले मेरो क्षमतामा ठूलो विकास भएको छ। त्यसैले मैले नयाँ रेकर्ड पाउने विश्चास लिएकी छु।

        यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आदरणीय श्रोता, समय अभावको कारणले आजको खेलकुद कार्यक्रम यहीँ समाप्त हुन्छ। यस कार्यक्रमका बारेमा तपाईँका केही राय-सुझाव छन् भने पत्रमार्फत् मलाई जानकारी दिनुहुन अनुरोध गर्दछु। हवस् त, आजको कार्यक्रमवाट म राजु पनि विदा चाहन्छु, नमस्ते।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह