फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले विश्व विश्वविद्यालय खेलकुदको आयोजना गरी खेलकुदमा मानिसले भाग लिने काम बढाउने कार्यबाट कस्तो उपलब्धि हासिल गर्न खोज्ने छ?

(GMT+08:00) 2011-08-16 14:19:02

             छब्बीसौँ विश्व विश्वविद्यालय खेलकुद आगामी महिना चीनको दक्षिणी शहर शन चनमा आयोजना हुनेभएको छ। गत केही वर्षमा चीनका शहरहरुले ग्रीष्म ओलम्पिक खेलकुद र धेरै नै विश्वस्तरीय ठूला प्रतियोगिताको आयोजना गरेका छन्। साथै सन् 2014 मा अन्तर्राष्ट्रिय युवा ओलम्पिक खेलकुदको पनि आयोजना गर्नेछ। यस्तो पृष्ठभूमिमा चीनले विश्व विश्वविद्यालय खेलकुदको आयोजना गरी खेलकुदमा मानिसले भाग लिने काम बढाउने कार्यबाट कस्तो उपलब्धि हासिल गर्न खोज्ने छ त? अब सुनौँ यससम्बन्धी विस्तृत विवरण—

            गत जुलाइ महिनाको बाईस तारिखका दिन चीनको शिक्षा मन्त्रालय र राष्ट्रिय खेलकुद ब्यूरोले पइचिङमा पत्रकार सम्मेलनको संयुक्त रुपमा आयोजना गरेका थिए। सम्मेनमा उनीहरुले शन चन विश्व विश्वविद्यालय खेलकुदमा भाग लिने चिनियाँ प्रतिनिधिमण्डलको ठोस अवस्थाबारे जानकारी दिएका थिए। चीनको विश्वविद्यालय खेलकुद संघका स्थायी उपाध्यक्ष एवम महासचिव याङ लि क्वोले यसरी जानकारी दिए—आवाज एक

              यस पटक चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरूको कूल संख्या आठ सय चार जना पुगेको छ। तीहरुमध्ये चीनका छब्बीस वटा प्रान्तका एक सय एक विश्वविद्यालयबाट आएका पाँच सय पाँच जना खेलाडी छन्। सहभागी सबै खेलाडीको चिनियाँ नागरिकता र औपचारिक रुपमा विश्वविद्यालय भर्ना भएको अवस्था छ।

            थाहा भएअनुसार, सबै चिनियाँ विश्वविद्यालयका खेलाडीले बाईस तारिखदेखि सँगै तालिम लिन थालेका थिए। साथै उनीहरुले डोपिङ प्रतिरोध लगायत अरु तालिम पनि लिन थालेका थिए।

           श्री याङ लि क्वोका अनुसार, यस पटकको विश्व विश्वविद्यालय खेलकुदमा चीनको खेल उपलब्धिसम्बन्धी चीनको लक्ष्य रहेको छ अर्थात् पदक दृष्टिकोणबाट हेर्दा तेस्रो स्थान पाउने अवश्यकता रहेको छ, साथै पहिलो स्थान पाउन कोशिश गर्छ। तर चिनियाँ सर्वसाधारणले विश्व विश्वविद्यालय खेलकुदजस्तो मूल्यवान मौकामार्फत चीनका अझ बढी युवाहरुले खेलकुदमा भाग लिने कार्य बढाउनसक्ने आशा लिन्छन्। त्यसबाट स्वास्थ्यबाहेक अझ बढी याउ मिङ जस्तो विश्वव्यापी प्रभावी सुपर स्टारको जन्म हुनसक्छ। चीनको राष्ट्रिय खेलकुद ब्यूरोका उप-प्रमुख याङ शु आनले दिएको जानकारीअनुसार, चीन सरकारले खेलकुदमा युवाको सहभागिताको विषयमा निकै ध्यान दिइरहेको छ, खेलकुद व्यूरो र शिक्षा मन्त्रालयले पनि उक्त क्षेत्रमा घनिष्ठ सहयोग गरिरहेका छन्। उनले अगाडि भने—

                चीनको राज्य परिषदले विशेष गरी राष्ट्रिय खेलकुद ब्यूरोअन्तर्गत युवा खेलकुद विभागको स्थापना गर्न स्वीकार गरेको छ। मुख्यतः युवाले खेलकुदमा भाग लिने कार्य बढाउने हाम्रो लक्ष्य रहेको छ। आगामी शरद ऋतुमा हामीले युवा खेलकुद दिवसको आयोजना गर्नेछौँ। यो नै स्वस्थ विचार शिक्षा र व्यवहारलाई मिल्ने कार्यक्रम पनि हो। हामीलाई अवगत नै छ: युवा खेलकुद कार्यक्रम अझ लोकप्रिय भएमा मात्रै याउ मिङ जस्ता श्रेष्ठ खेलाडी देखिने मौका बढी हुनसक्छ।

               युवाले खेलकुदमा भाग लिने कार्य बढाउने क्रममा विश्व विश्वविद्यालय खेलकुदले खेलेको भूमिका निकै स्पष्ट छ। याङ शु आनका अनुसार, यस पटक चिनियाँ विश्व विश्वविद्यालय खेलकुदको प्रतिनिधिमण्डल गठन भएको क्रममा चीनको विश्वविद्यालय खेलकुद समितिले धेरै विश्वविद्यालयमा विभिन्न छनोट प्रतियोगिताको आयोजना गरेको छ। त्यसबाट पनि धेरै विश्वविद्यार्थी आकर्षित भएका छन्। साथै खेलसम्बन्धी ज्ञानलाई पनि अझै राम्रोसँग प्रसारण गरिएको छ र धेरै युवाहरुमा स्वास्थ्य व्यायामको बानी पनि बसेको छ।

              शन चन विश्व विश्वविद्यालय खेलकुदको आयोजन समितिलाई पनि अवगत नै छ: विश्व विश्वविद्यालयको केन्द्र नै विश्वविद्यार्थी र युवाहरु हुन्। खेलकुदका विभिन्न सम्बन्धित तयारी कार्यक्रममा उनीहरुले युवाहरुलाई खेलकुदमा आकर्षण गर्ने कुरालाई सबभन्दा महत्वपूर्ण स्थानमा राखेका छन्। जस्तो भनौँ, खेलकुदको उद्घाटन समारोहमा धेरै प्रसिद्ध प्रदर्शकलाई निमन्त्रणा गरिने छैन। विश्वविद्यार्थीलाई मुख्य स्थानमा राखिनेछ। साथै खेलाडीको उपलब्धिलाई मुख्य स्थानमा राख्ने खेलकुदको विचार होइन, तर विश्वका विभिन्न क्षेत्रका विश्वविद्यार्थीले खेलकुदमार्फत आपसी आदान-प्रदान र मित्रतालाई बढाउनेमा ध्यान दिन्छ। यसबाहेक खेलकुदको अवधिमा शन चन शहरमा बगर संगीत कार्यक्रम, कन्सर्ट, चीन-युरोप युवा आदान-प्रदान कार्यक्रम आदि खेलकुद तथा साँस्कृतिक कार्यक्रमको पनि आयोजना हुनेछ। यी सबै कुराबाट युवाहरुले विश्व विश्वविद्यालय खेलकुद उनीहरूको आफ्नै खेलकुद हो भन्ने कुरा थाहा पाउनसक्छन्। शन चन विश्व विश्वविद्यालय खेलकुद आयोजन समितिका उपाध्यक्ष एवम शन चन शहरका मेयर स्यु छिनका अनुसार, शन चन शहर आफू नै एक युवा शहर हो। एकतीस वर्षको मात्रै इतिहास छ। यसको विशेषता र विश्व विश्वविद्यालय खेलकुदको विचारबीच निकै मिलाप छ।–विश्व विश्वविद्यालय खेलकुद र अरु प्रतियोगिताबीच फरक छ। यसको मुख्य कुरा विश्वविद्यार्थी हुन्। त्यसैले यो एक युवा समारोह हो। त्यसमा धेरै युवासम्बन्धी तत्व छन्। विशेष गरी युवा विश्वविद्यार्थी र हाम्रो युवा शहर शन चन। हामीले उक्त दुई तत्व मिलेपछि अझ बढी उत्साह देख्नसकिने विश्वास लिन्छौँ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह