फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नानयी लोपा जातीय गाँउबस्तीको यात्रा

(GMT+08:00) 2011-09-16 07:29:20

          गत शताब्दीको असीको दशकमा पहाडी क्षेत्रबाट सम्म ठाँउसम्म सारेपछि लोपा जातीय मानिसहरुले परम्परागत शिकार खेल्ने जीवन छोडेदेखि यता, छ्याइ चाउ नामक लोपा जातीय गाँउबस्तीको जनसङ्ख्या दोब्बर भएको र हालसम्म उक्त गाँउबस्तीमा रहेको जनसङ्ख्या एक सय छयसट्ठी पुगेको छ।

          लोपा जाति चीनमा जनसङ्ख्या सबभन्दा कम भएका अल्पसंख्यक जातिहरुमध्येको एक हो। हिमालको दक्षिणतिर बसोबास गर्ने लोपा जातिको जनसङ्ख्या चीनभरि तीन हजार एक सय मात्र छ। तीमध्येका चालीस प्रतिशत तिब्बतको मि लीन जिल्लामा बस्ने गर्दछन्। मि लिन जिल्ला तिब्बतको जडिबुटी क्षेत्र मानिन्छ। यस्तो स्रोतबाट छयाइ चाउ नामक गाँउका बासिन्दाहरुको लागि धनी बन्ने मौका आएको छ। यसबारे चर्चा गर्दै‍ गाँउबस्तीका प्रमुख तावाले भनेः

           "पहिले हामीले पहाडमा बस्दा मुख्यतया शिकार खेलेर खाने गर्दथ्यौं तर पुग्दैनथ्यो। आज आएर हाम्रो गाउँबस्तीका बासिन्दाहरुको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा टिप्ने, रुख रोप्ने, खेती गर्ने, बंगुर पालन गर्ने रहेको छ। प्रतिवर्ष हरेक परिवारको आम्दानी लगभग दश हजार चिनियाँ युआन बराबर छ र प्रतिव्यक्ति आम्दानी चार हजार युआन पुगेको छ। जीवन राम्रो बनेको छ।"

           बीस वर्षसम्म यस गाँउबस्तीका प्रमुख भएका दावाले आफ्नो गाँउमा परिवर्तनको अनुभव गरेका छन्। विशेष गरी सन् 2006 मा कृषक तथा पशुपालक बसोबास परियोजनाबाट सम्पूर्ण गाँउका घरहरुको नयाँ रुप देखाइयो। त्यति बेला सरकारले हरेक परिवारको लागि अलग घर निर्माण गरेको साथै पिच बाटो, नाली व्यवस्था मिलाएको साथै हरेक घरमा खानेपानी तथा ग्याँस भित्र्याइयो। यी परिवर्तनको लागि सरकारले पचास लाख चिनियाँ युआन छुट्याएको छ।

           यस गाँउबस्तीमा बसोबास गर्ने सय वर्षीय यास्याले भनिन्-

           "पहाडबाट तल सारेपछि मलाई निकै खुशी लागेको छ। मेरो जीवन पहिलेभन्दा निकै आनन्दित र सुखी भएको छ।"

          यास्या यस गाँउबस्तीमा नभई नहुने व्यक्ति हुन्। उनले लोपा जातिका दुईवटा महत्वपूर्ण परम्परालाई बिंडो थाम्ने गर्दछिनः गीत गायन तथा वस्त्र बुनाइ।

          पर्यटकहरु यस गाउँमा आउँदा अथवा लोपा जातीय चाडपर्वको अवधिमा यास्याले सुन्दर पोशाक लगाएर लोपा जातीय गीत गाउने गर्दछिन्। लोपा जातिको लिपि नभएकोले जातीय संस्कृति मुखबाटै अर्को पुस्तासम्म सार्नुपर्छ। यसबारे चर्चा गर्दै वृद्ध यास्याले भनिनः

          "दिनमा म बालबालिकालाई गीत गाउन सिकाउँछु। उनीहरुलाई लोपा जातीय गीत गाउन आइसकेको छ।"

           लोपा जातीय महिलाहरुको लागि सबभन्दा महत्वपूर्ण सीप कपडा बुन्नु हो। गाँउका बासिन्दाहरु लगाएको लुगा अधिकांश यहाँका महिलाहरु आफैंले बुनेको हो। सन् 2008मा यस सीपलाई चीन राष्ट्रिय गैर-भौतिक सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको छ।

           सत्ताइस वर्षीय यातार आफ्नी हजुरआमासँग जातीय पोशाकको कपडा बुन्न सिक्दै छिन्। यसबारे जानकारी दिँदै उनले भनिन्-

          "गतवर्ष मैले कपडा बुन्न सिक्न थालें। सुरुमा मलाई गाह्रो लाग्यो तर आजकल सजिलो भएको छ। मेरी नौ वर्षीया छोरीले यस सीप सिक्ने इच्छा व्यक्त गरेकी छे तर अहिले ऊ सानै छ। पछि सिकाउँला।"

           नान यी जिल्लाका प्रमुख मायाले आफ्नो जातीय संस्कृतिको निरन्तरता भैरहेको कारणबारे जानकारी दिँदै भनेः

            "गत शताब्दीको असीको दशकमा हाम्रो जातीय संस्कृति दुर्लभ हुन लागेको थियो। सरकारले हाम्रो परम्परागत संस्कृति तथा चालचलनमा महत्व दिँदै तिनको संरक्षण गर्न थाल्यो। हाम्रो जातिका वृद्धवृद्धाहरुले पनि जातीय चालचलन तथा सीप पुर्खालाई सिकाउन थाले। हाम्रो जातीय संस्कृति यसरी नै निरन्तरता पाएको छ। आजकल हाम्रो जातिका बालबालिकाले पनि आफ्नो संस्कृति सिकिरहेका छन्।"

           बितेका केही वर्षमा चीन सरकारले गैर भौतिक सांस्कृतिक सम्पदाको संरक्षणलाई सबल पार्दै आएको छ। जुन सर्वसाधारणले पहिले नचिनेको लोपा जातीय संस्कृतिबारे जानकारी लिने मौका पाएका छन्। गतवर्ष छ्याइ चाउ गाँउबस्तीका केटीहरुले जातीय पोशाक लगाएर शाङ्गहाइ विश्व एक्स्पोमा भाग लिँदा कतिपय पर्यटकहरुले उनीहरुसँग फोटो खिचे।

          गैर भौतिक सांस्कृतिक सम्पदाको संरक्षण क्षेत्रमा कार्यरत मि लीन जिल्ला संस्कृति तथा रेडियो व्यूरोका उप प्रमुख पाइमाच्याछोले सांस्कृतिक संरक्षण कामबारे जानकारी दिँदै भनेः

          "कपडा बुनाइ क्लास खोल्यौं। गैर भौतिक सांस्कृतिक सम्पदालाई बचाएर तीको संरक्षण गर्ने बेला भयो। नत्र भने केही लोक नाच, कपडा बुन्ने सीप आउने वृद्धवृद्धा स्वर्गे भएपछि सिक्ने मौका गुज्रेर जान्छ। सरकारले जातीय संस्कृतिमा महत्व दिन्छ। हामीले श्रेष्ठ संस्कृतिलाई देशभरि फैलाउनुपर्छ। यसप्रति हाम्रो ठूलो विश्वास छ।"

           पर्यटन उद्योगको विकास क्रममा लोपा जातीय परम्परागत सीप देखाइने अझ बढी मौका देखा परेको छ। सन्2007देखि यता हरेक वर्षको बसन्त ऋतुमा लिन्चीमा लोपा जातीय चालचलन तथा संस्कृति दिवस, घोडा चढ्ने प्रतियोगिता, जातीय पोशाक प्रदर्शनीलगायतका विविध कार्यक्रमको आयोजना भैरहेको छ र ती कार्यक्रम पर्यटकहरुबाट हार्दिक स्वागत पाएको छ।

            पर्यटनको विकास तथा संस्कृतिको संरक्षणको मिलनबारे चर्चा गर्दै पाइमाच्याछोले भनेः

            "पर्यटनलाई अघि बढाउन हामीले लोपा जातीय पोशाक देखाउने क्षेत्र बनाउने योजना गरेका छौं। हामीले बुनेको कपडा खस्रो छ पर्यटकीय बजारमा लोपा जातिको हस्तकलालाई प्रवेश गराउनको लागि हाम्रो वस्तुलाई सुधार गर्नुपर्छ। हामीलाई सहयोग गर्न केही विशेषज्ञलाई निमन्त्रणा गरेका छौं। पर्यटन तथा संस्कृतिलाई आपसमा कसरी मिलाउने भन्ने विषयबारे अझ राम्रोसँग छलफल गरेर विचार गर्नुपर्छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह