फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ किसान नयाँ गाँउ क्षेत्र र नयाँ तिब्बतबारे एक चर्चा

(GMT+08:00) 2011-09-16 07:33:44

          चीनको तिब्बत स्वायत्त प्रदेशको शान नान क्षेत्रको नाइ तौं जिल्लाको चिन लु गाउँ क्षेत्रमा प्रवेश गरेपछि धेरै फराकिला ‌मार्ग रहेका छन्। र धेरै वटा तिब्बती जातिय विशेषताका घरभवन रहेका छन्। सौर्य ऊर्जा स्रोत सम्बन्धी बत्ती सडकको दुवै पक्षमा रहेका छन्। विभिन्न जनताको घरभवनमा विभिन्न किसिमको फूल फुलेका छन्।

           श्री वै लिङ एक जना तेईस वर्ष उमेरका गाँउ क्षेत्रका अधिकारी हुनुहुन्छ। उहाँ तिब्बतको पशुपालक तथा कृषि इन्स्टिट्यूटबाट स्नातक भएपछि सन् 2010को अप्रिल महिनामा चिन लु गाँउ क्षेत्रमा काम गर्नुभयो। उहाँले यसरी जानकारी दिनुभयोः

            "चिन लु गाँउ क्षेत्रमा हालै एक सय त्रीयासी वटा घर रहेका छन्, कूल जनसंख्या सात सय छयान्नव्बे पुगेको छ। हालै खेतीबारीको कूल क्षेत्रफल एक हजार पाँच सय सतहत्तर मु पुगेको छ, र चउरको कूल क्षेत्रफल एक लाख चौरान्नव्बे एक सय तीस मु छ। पशुधनको कूल संख्या सात हजार पाँच सय तेईस छ। सन् 2010मा चिन लु गाँउ क्षेत्रमा आर्थिक कूल आम्दानी सन्ताउन्न लाख बयानव्बे हजार आठ सय चिनियाँ युआन पुगेको छ। जनताको सरदर आम्दानी चार हजार सतहत्तर चिनियाँ युआन पुगेको छ।

            यदि श्री वै लिङले हामीलाई जानकारी दिनुभएको थिएन ।हामीले धेरै समय अघिको चिन लु गाँउ क्षेत्रबारे सूचना पाउन सकिन्न ।

            "त्यसअघि पहाडमा बसेका चिन क्वौ, लु क्वौ र च्या क्वौ यी तीन वटा क्षेत्रका किसानहरुले चिन लु क्षेत्रमा सरेका थिए। सर्नुअघि यहाँ बिजुली, पानी, बाटो केही पनि थिएन, जनताको जीवनमा धेरै गरिबी थियो, चिकित्सा प्रत्याभूति पनि थिएन। जनताको सरदर आम्दानी एक हजार चिनियाँ युआनजति थियो। हाल आर्थिक आम्दानी पाँच सय प्रतिशतले वृद्धि भएको छ।

             यसवर्ष नि मा थु दनको उमेर त्रिचालीस वर्ष पुगेको छ। यसअघि उनले कृषिजन्य उत्पादन बिक्री गरे। त्यो समयमा उनको घरभवन धेरै सानो, आम्दानी धेरै कम, जीवन धेरै कठिन थियो। चिन लु क्षेत्रमा गएपछि उनले दुधालू गाई र सुँगुर पाले। उनको आम्दानी झन् बढी रहेको छ। आफ्नो जीवन झन राम्रो देखिएको छ। उनले भने-

             "हाल मैले पशुपालन तथा कृषि आय मेरो सबभन्दा ठूलो आम्दानी हो, मैले घरमा दुधालु गाई, सुँगुर पालेको छु। हाल दूधदिने गाईको मूल्य छ हजार चिनियाँ युआन पुगेको छ। सो मूल्य गत वर्षको तुलनामा बढी नै रहेको छ। अघि मेरो आम्दानी एक हजार जति चिनियाँ युआन, हाल मेरो आम्दानी लगभग पाँच हजार चिनियाँ युआन पुगेको छ।

             यहाँ बसेका नि मा थु दनले हालै सबभन्दा ठूलो परिवर्तन पानी, बिजुली, यातायात तथा संचारको परिवर्तन हो भन्ने ठहर गर्नुभयो। उहाँले भन्नुभयोः

             पानी, बिजुली, यातायात तथा संचारमा आएको परिवर्तन धेरै ठूलो छ, जस्तै यसअघि जनताले धेरै टाढाका ठाँउमा गएर पानी बोकेर खानुपर्ने थियो। हालै धेरै सुविधा भएको छ।

             श्री नि मा थु दनले हालै उहाँले हरेक वर्ष उहाँले पाँच वटा दूधालु गाई, लगभग बीस वटा भेडा पाल्नुभएको छ। आगामी समयमा उहाँले आफ्नो पशुपालनलाई विस्तार गर्नुहुनेछ।

             त्यसपछि हामीले चौसट्ठी वार्षीय थु दन च्व माको घरमा गयौँ। उहाँ तीन वर्ष अघि पहाडमा बस्नुहुन्थ्यो रे । आफ्नो घरमा बिजुली, पानी केही थिएन भन्नुभयो। हाल उहाँको एउटा धेरै सुन्दर घर छ, यहाँ पानी र बिजुली सबै रहेका छन्। हाल उहाँलाई आफ्नो जीवनप्रति धेरै सन्तोष लागेको छ।

             चीनको हु पै प्रान्तको उ हान शहरले नाइ तौं जिल्लालाई धेरै सहायता दिएको छ। तीन लाख चिनियाँ युआनको सहायतामा चिन लु गाँउमा स्वास्थ्य व्यवस्था स्थापना भएको छ र केही आधारभूत प्रबन्ध पनि स्थापना भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह