फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बितेका साठी वर्षमा तिब्बतमा भएका परिवर्तन तथा अपरिवर्तन

(GMT+08:00) 2011-09-16 07:37:34

            चालू वर्षको अगष्ट महिनाको एउटा विहान तिब्बतको शिगाचेको एउटा पार्कमा नवौं सगरमाथा साँस्कृतिक महोत्सवको तिब्बती ट्याप डान्सले तेस्रो दिनमा प्रवेश गरेको छ। यस डान्सको नृत्य स्थान "कुङ च्वे लिन खा"नामक एउटा पार्कमा भयो। शिगाचेको प्रेस कार्यालयका प्रमुख थेन श सिन यसबारे जानकारी दिँदै भन्नुहुन्छ,

            यहाँका बासिन्दाहरु यहाँलाई तुङ फङ लिन खा भन्छन्। त्यसको अर्को नाम "कुङ च्वे लिन खा"हो। साट्ठी वर्षअघि कुङ च्वे लिन खा पेन्चेन लामाको ग्रीष्मकालीन दरबार थियो। अर्थात पेन्चेन लामा ग्रीष्म ऋतुमा काम गर्ने तथा जीवन बिताउने ठाउँ हो।

            पहिलो पटक तिब्बत भ्रमण गर्ने व्यक्तिले इतिहासबारे जानकारी नलिएमा अहिले भएको दृश्यप्रति धेरै अनुभव गर्न सक्दैनन्। वास्तवमा तिब्बतको शान्तिपूर्ण मुक्तिअघि यहाँ पुरानो तिब्बतका कुलिनहरुले विशेष गरी उपभोग गरेको ग्रीष्मकालीन दरबार थियो। साधारण मान्छे यहाँ प्रवेश गर्न पाउँदैनथे। साट्ठी वर्षअघि यहाँ गम्भीर बाढी आएको थियो। जसले ग्रीष्मकालीन दरबारका धेरै भवनहरुलाई बिगारेको थियो। त्यस बेलाको चीनको केन्द्रीय सरकारले यस कुरालाई निकै महत्व दिएको थियो। पेन्चेन लामाको ग्रीष्मकालीन दरबार अर्को ठाउँमा पुन:निर्माण गर्न त्यस बेलाका प्रधानमन्त्री चौ अन लाइले पाँच लाख चाँदी कम्पनी छुट्याउने आदेश दिनुभएको थियो। बिगारिएको ग्रीष्मकालीन दरबारस्थललाई भित्री प्रदेशका जनताले मानेको "जन पार्क"मा परिणत गरिएको छ। शिगाचेको प्रेस कार्यालयका प्रमुख थेन श सिन यसबारे जानकारी दिँदै भन्नुहुन्छ,

           अहिलेको कुङ च्वे लिन खामा राम्रोसँग वृक्षरोपण गरिएको छ। आज त्यो स्थान सर्वसाधारणले मनोरञ्जन गर्ने ठाउँ बनेको छ। हरेक पटकको सगरमाथा साँस्कृतिक महोत्सवमा यहाँ साँस्कृतिक कार्यक्रमको आयोजना गरिन्छ। तिब्बती बासिन्दाहरु सँस्कृतिप्रति निकै अभिरुचि राख्छन्।

            एक पटकको दैवी प्रकोपले कुलिन परिवारको सयौं वर्षदेखि बसेको दरबार ध्वस्त पारेतापनि स्थानीय बासिन्दाहरुको साँस्कृतिक जीवनका लागि फराकिलो ठाउँ उपलव्ध भएको छ। कुङ च्वे लिन खा पार्कमा धेरै तिब्बती देशबन्धुहरुले सञ्चालन गरेका पाल ढाँचाको बार रहेका छन्। ती बारहरुमा बियर तथा विभिन्न किसिमको सेकुवा मासु विक्री गरिन्छ। सगरमाथा साँस्कृतिक महोत्सवको अवधिमा हरेक दिनको दिउँसोदेखि नै ती बारहरु निकै रमाइलो भएका छन्। अभिनेता-अभिनेत्री हुन्, अथवा टाढा टाढाबाट आएका दर्शकहरु नै किन नहून् , यहाँ अलिकति मात्र भए पनि रक्सी पिएर रमाइलो गरेका छन्।

            पुस्तौं पुस्तादेखि तिब्बतमा बसोबास गर्ने तिब्बतीहरुका लागि जीवनमा भएको सुधारबाट उनीहरुलाई धेरै उत्तेजना लागेको छ। शाननान क्षेत्रको चिन लु गाउँका किसान निमा थुतङको उमेर त्रीचालीस वर्ष छ। पहिले उनको परिवारले मुख्य गरी कृषि उपज सञ्चालन गरेको थियो। तथापि अहिले उनले सुँगुर पाल्नुका साथै तिब्बती जौ अथवा वा पनि रोपेका छन्। जसबाट उनको आम्दानी ठूलो मात्रामा बढ्नुका साथै जीवनमा पनि धेरै सुधार भएको छ। उनी भन्छन्,

            म अहिले पशुपालन गरेर आयस्ता गर्छु। म मेरो घरमा सुँगुर पालेर त्यसलाई विक्री गर्छु। त्यसबाहेक म तिब्बती जौ पनि रोप्छु। अहिले मेरो वार्षिक आम्दानी करिब पाँच हजार चिनियाँ युआन पुग्छ।

 

           चालुवर्ष चालीस वर्षीय छ तान औ चुको घर तिब्बतको दक्षिण पूर्वी भागमा पर्ने लिन च क्षेत्रमा रहेको छ। त्यहाँ पहिले तिब्बतको पिछडिएको क्षेत्र थियो। तथापि अहिले त्यहाँ पर्यावरणीय पर्यटनको कारण विश्वमा प्रसिद्ध छ। रोपाइँ उद्योगमार्फत छ तान औ चुको आर्थिक परिस्थिति राम्रो छ। उनी बस्ने गाउँका सम्पूर्ण बयालीस परिवारका बासिन्दाहरुको प्रतिवर्षको सरदर आम्दानी चार हजार चिनियाँ युआनभन्दा बढी रहेको कुरा उनले बताएका छन्।

            छ तान औ चुका अनुसार, उनको बाल्यकालमा उनी र उनका दाजुका लागि एक जोर मात्र जुत्ता थिए। साझा गरेर लगाउनु पर्थ्यो। को बाहिर जाने हो उसैले जुत्ता लगाउथे। अहिले जीवनमा धेरै सुधार भएको छ। उनी भन्छन्,

            मेरो जीवनमा फड्कोमार्ने गरी परिवर्तन भएको छ। मेरा बुवा अहिले बाँचेका भए उनलाई अहिले स्वर्ग जस्तै जीवन लाग्ने थियो होला। पहिले खाने गरेको त्यो खाना अहिले खान अप्ठ्यारो लाग्छ। जीवनमा सुधार भएपछि मात्र यस्तो परिवर्तन भएको छ।

             बितेका साट्ठी वर्षदेखि चीनको केन्द्रीय सरकारले तिब्बतलाई ठूलो आर्थिक सहायता पुर्‍याएको छ। आर्थिक सहयोग तीन खर्ब चिनियाँ युआन पुगेको छ भने प्रत्यक्ष लगानी एक खर्ब साट्ठी अर्ब चिनियाँ युआन पुगेको छ। चीनको केन्द्रीय सरकारको लगानी, सहायता तथा विशेष नीतिबाट तिब्बतको आकर्षण निरन्तर रुपमा सबल हुँदै आएको छ। उर्जा स्रोत, खाद्य प्रशोधन, जातीय हस्तकला, तिब्बती जडिबुटी औषधिलगायत विशेषयुक्त श्रेष्ठता भएका उद्योगहरु निरन्तर रुपमा बलियो हुँदै आएका छन्।

             तिब्बत आज इतिहासको नयाँ सुरुवातमा उभिइरहेको छ। चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिङले केही दिनअघि तिब्बतमा बोल्दै भविष्यमा तिब्बतले द्रूत रुपमा विकास गर्नुपर्ने, नागरिकको जीवनयापनमा सुधार गर्नुपर्ने, तिब्बतका विभिन्न जनताको सबैभन्दा बढी ध्यानाकर्षण भएको, सबैभन्दा प्रत्यक्ष तथा सबैभन्दा वास्तविक हितसम्बन्धी समस्याको राम्रोसँग समाधान गर्नुपर्ने बताउनुभयो। उहाँ भन्नुहुन्छ,

            द्रूत विकास तिब्बतको सबै समस्याको समाधान गर्ने निर्णायक कुरा हो। चीनको केन्द्रीय सरकारको विशेष तथा सहुलियत नीति र तिब्बतको वास्तविकतासँग घनिष्ठ रुपमा गाँस्नुपर्छ। समस्त तिब्बतको आधारभूत प्रबन्ध निर्माणलाई निरन्तर रुपमा सबल पार्नुपर्ने, कृषि तथा पशुपालनको विकासको स्तरलाई स्थिरताका साथ उकास्नुपर्नेछ। पर्यावरणीय वातावरणको संरक्षणलाई सबल पार्नुपर्छ तथा विदेशका लागि खुला स्तरलाई माथि उकास्नुपर्नेछ। तिब्बतका विभिन्न जनताको सबैभन्दा बढी ध्यानाकर्षण भएको, सबैभन्दा प्रत्यक्ष तथा सबैभन्दा वास्तविक हितसम्बन्धी समस्याको राम्रोसँग समाधान गर्नुपर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह