फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ युवा स्वयमसेवा कार्य

(GMT+08:00) 2011-11-08 19:01:08

           सन् 1993को अन्तसम्म चिनियाँ कम्युनिष्ट पार्टी युथ लीगको केन्द्रीय समितिले चिनियाँ युवा स्वयमसेवक कार्य सुरु गरेको थियो। त्यसै वर्षको डिसेम्बर उन्नाइस तारिख रेलमार्गमा कार्यरत लगभग बीस हजार जना युवाले युवा स्वयमसेवकको झण्डा लिएर पैचिङ्ग-क्वाङ चौ रेलमार्गमा यात्रुहरूलाई स्वयमसेवा दिन थाले। छोटो समयपछि नै चिनियाँ विश्वविद्यालयका चार लाख जना विद्यार्थीहरूले हिउँद ऋतुमा चीनका मुख्य रेलमार्ग तथा रेलवे स्टेशनमा स्वयमसेवा दिन थाले। यसबाट युवा स्वयमसेवा कार्य चीनभरि फैलिएको छ।

            सन् 1994को डिसेम्बर पाँच तारिखका दिन चिनियाँ युवा स्वयमसेवक सङ्गठनको स्थापना भयो। यो संगठन समाजमा सार्वजनिक हित-कल्याण कार्य तथा सामाजिक प्रत्याभूतिका काम गर्न चाहेका विभिन्न क्षेत्रका युवाहरूबाट गठित राष्ट्रिय सामाजिक समूह हो र संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय स्वयमसेवा समन्वय समितिको संयुक्त सदस्य संस्था पनि हो। यस सङ्गठनले चिनियाँ युवालाई सङ्गठित गरेर उनीहरूको स्वयमसेवालाई निर्देशन दिएर आर्थिक तथा सामाजिक विकास तथा मेलमिलाप तथा प्रगति हासिल गर्नको लागि योगदान दिन्छ।

           सन् 1998को अगष्ट महिनामा चिनियाँ कम्युनिष्ट पार्टी युथ लीगको केन्द्रीय समितिअन्तर्गत युवा स्वयमसेवक कार्य निर्देशन केन्द्र स्थापना भयो। यस केन्द्रले सम्पूर्ण युवायुवतीको स्वयमसेवाको योजना गर्ने, समन्वय गर्ने तथा निर्देशन दिने कार्य गर्दछ। हालसम्म उक्त केन्द्रको नेतृत्वमा चीनमा स्थापित आबास क्षेत्रको स्वयमसेवा स्टेशनको कूल सङ्ख्या चार चौबीस हजार पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह