फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ युवा संघको कार्यबारे छोटकरी जानकारी

(GMT+08:00) 2011-11-08 19:20:39

            सन् 1993मा चिनियाँ साम्यवादी युवा दलले युवा स्वयंसेवा कार्य थालेदेखि युवा स्वयंसेवामा ठूलो विकास भएको छ। अहिलेसम्म चालीस करोड युवा तथा सर्वसाधारणले समाजका लागि आठ अर्ब तीस करोड घण्टाभन्दा बढीसम्म स्वयंसेवा उपलव्ध गराएका छन्। तिनीहरूले गरिबी निवारण, सामूदायक क्षेत्रको निर्माण, वातावरण संरक्षण, ठूलो ढाँचाको कार्यक्रम, उद्धार कार्यलगायत क्षेत्रमा प्रभावकारी कार्य गरेका छन्। तिनीहरूले आर्थिक तथा सामाजिक विकास तथा सामाजिक मेलमिलापलाई अघि बढाउने क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरेका छन्। अहिले चिनियाँ युवा संघको मुख्य कार्य निम्न रहेका छन्,

           चिनियाँ साम्यवादी युवा दलले किसान-मजदूरहरूका छोरा-छोरीहरूलाई हेरचाह गर्ने कार्यक्रम: सन् 2010को मेइ महिनामा चिनियाँ साम्यवादी युवा दलले "चिनियाँ साम्यवादी युवा दलले किसान मजदूरहरूका छोरा-छोरीलाई हेरचाह गर्ने कार्यक्रम" लागु गरेको थियो। जसले किसान मजदूरका छोरा-छोरीहरूलाई वास्तविक तथा प्रभावकारी सहायता उपलव्ध गराएको छ। अहिलेसम्म यो कार्यले दुई हजार सात सय वटाभन्दा बढी जिल्ला ढाकेको छ।

            विश्वविद्यालयका विद्यार्थीहरूको पश्चिमी भागमा स्वयंसेवा गर्ने योजना: विश्वविद्यालयका विद्यार्थीहरू पश्चिमी भागमा स्वयंसेवा गर्ने योजना चिनियाँ साम्यवादी युवादलले शिक्षा मन्त्रालय, वित्त मन्त्रालय, जनस्रोत तथा सामाजिक सुनिश्चितता विभागसँगै मिलेर पश्चिमी भागको बृहत् विकासको रणनीतिलाई व्यवहारमा उतार्ने एउटा महत्वपूर्ण कदम हो। हरेक वर्ष केही सङ्ख्याका विद्यार्थीहरूलाई भर्ना गरी पश्चिमी भागको आधारभूत निकायमा एक वर्षदेखि तीन वर्षसम्मको स्वयंसेवामा संलग्न गराइन्छ। बितेका आठ वर्षदेखि समस्त चीनका एक हजारभन्दा बढी विश्व विद्यालयका पाँच लाख विद्यार्थीहरूले यस कार्यमा नाम दर्ता गरेका छन्।

           चिनियाँ युवा स्वयंसेवकले विदेशमा काम गर्ने योजना: सन् 2002को मे महिनामा चिनियाँ साम्यवादी युवा दल तथा चिनियाँ युवा संघले चिनियाँ युवा स्वयंसेवकले विदेशमा काम गर्ने योजनालाई व्यवहारमा उतारी पाँच जना युवा स्वयंसेवकलाई छानेर लाओसमा स्वयंसेवा गर्न पठाएको थियो। अहिलेसम्म चार सय एकानब्बे जना चिनियाँ युवा स्वयंसेवकलाई लाओस, म्यान्मार, थाइल्याण्ड, जिम्बाबे, ट्यूनिसिया, मौरिशसलगायत मुलुकहरूतर्फ पठाइएको छ।

           ठूलो ढाँचाको कार्यक्रमका लागि स्वयंसेवा: यताका केही वर्षदेखि व्यापक युवा स्वयंसवेकहरू पैचिङ ओलम्पिक खेलकुद, शाङहाई विश्व एक्स्पो, क्वाङ चौ एशियाली खेलकुद, नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सवका लागि समारोहलगायत अनेकन ठूलो ढाँचाको कार्यक्रममा सक्रियताका साथ संलग्न भएका छन्। सत्र लाख स्वयंसेवक पैचिङ ओलम्पिक खेलकुदको स्वयंसेवामा सहभागी भएका छन्।यसै गरी बीस लाख स्वयंसेवक शाङहाई विश्व एक्सपोमा सहभागी भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह