फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अक्टोबर एक सुनौलो बिदा हप्तामा सेवा दिने स्वयमसेवकको सङ्ख्या एक लाख पचास हजार

(GMT+08:00) 2011-11-08 19:25:53

           सन् 2011को अक्टोबर एकको सुनौलो बिदाको एक हप्तामा पैचिङ्ग नगरपालिकाअन्तर्गत् हाइतेन क्षेत्रको स्वयमसेवक संघले युआन मिन युआन पार्क, द समरप्यालेस पार्क, फ्राग्नेन्ट हिल पार्क तथा पैचिङ्ग वनस्पति पार्कमा चारवटा शहरी स्वयमसेवक स्टेशन खडा गरेको थियो।

           फ्राग्नेन्ट हील पार्क तथा पैचिङ्ग वनस्पति पार्कको ढोकातिर मनोविज्ञानसम्बन्धी सर्वसधारणलाई निःशुल्क परामर्श दिनको लागि स्वयमसेवकहरूले मनोवैज्ञानिकलाई निमन्त्रणा दिएका थिए। अनुशासनको संरक्षण गर्न सहयोग दिने स्वयमसेवकले हाइतेन क्षेत्रको शहरी व्यवस्थापन टोलीसँग मिलेर पर्यटकहरूसमक्ष स्वयमसेवाको भावना प्रचारप्रसार गरेका छन्। हाइ तेन क्षेत्रको सि युआन प्राथमिक विद्यालयका स्वयमसेवकले द समरप्यालेस पार्कमा दुई भाषामा पार्कको दृष्टिलाई व्याख्या गरेका छन्।

          थाहा भएअनुसार, अक्टोबर एकको बिदाको एक हप्तामा पैचिङ्गको हाइतेन क्षेत्रमा खडा गरिएका चारवटा स्वयमसेवक केन्द्रमा स्वयमसेवकहरूले छ सय पटक सम्म सेवा दिएका छन् र उनीहरूले सेवा दिएको कूल समय एक हजार घण्टाभन्दा बढी भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह