फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हजार सपना पूरा गर्नु"भन्ने कार्यक्रमबारे एक चर्चा

(GMT+08:00) 2011-11-09 16:11:36

             तपाईँले सबैभन्दा पहिले पूरा गर्न चाहने सपना कुन हो?बाह्र वर्षकी बालिका छ्वी यो यानको सपना भनेको आफ्नो एउटा साइकल प्राप्त गर्नु हो। धेरैजसो मानिसको लागि यो सपना निकै सानो होला। तर छ्वी यो यानको लागि निकै गाह्रो छ। किनभने उनको चीनको ल्याउ निङ्ग प्रान्तको फा खु जिल्लाको एक गरिब घरमा जन्म भएको हो। उनका आमा दीर्घरोगी हुनुहुन्छ र बुवा बाहिर काम गर्न जानुभएको छ।

            छ्वी यो यान जस्तै धेरैजसो किसान मजदूरका बाल-बालिकालाई एउटा सपना पूरा गर्न सहायता दिनका लागि ल्याउ निङ्ग प्रान्तको साम्यवादी युवा संघले एक"हजार सपना पूरा गर्नु"भन्ने कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको उद्धेश्य किसान मजदूरहरुका एक हजार बाल-बालिका खोजी उनीहरुका सपना पूरा गर्नु हो। यी हजार जना बाल-बालिकालाई सहायता प्रदान गर्न साम्यवादी युवा संघले सारा समाजमा व्यवसाय,सञ्चार-माध्यम,सामाजिक संगठन र व्यक्तिका शक्ति जम्मा गरेको छ।

            ल्याउ निङ्ग प्रान्तको साम्यवादी युवा संघ समितिका स्थायी उप महासचिव यीन छ ल्वे यस"हजार सपना पूरा गर्नु"कार्यक्रमका एक संयोजक हुनुहुन्छ। उहाँका अनुसार समाजको हरेक व्यक्तिले किसान मजदूरका बाल-बालिकालाई दिने सहायताबाट किसान मजदूर घरले समाज यस ठूलो घरसित अझ मेलमिलापयुक्त मिल्नसक्ने कुरा यस कार्यक्रमको आशा हो।

             श्री तुङ्ग फाङ्ग युआनले यस"हजार सपना पूरा गर्नु"कार्यक्रमको स्वयम सेवकको संग्रह कार्यको जिम्मेवारी लिनुभएको छ। उहाँका अनुसार यस कार्यक्रम शुरु भएदेखि यता किसान मजदूरका बाल-बालिकालाई सहायता प्रदान गर्न लागेका स्वयम सेवकको भिड लागेको देखिन्छ। समाजका विभिन्न क्षेत्रबाट आएका व्यक्तिहरुले विविध तरिकामार्फत यी बाल-बालिकालाई चन्दा र सामग्री उपलब्ध गराउदै आफ्नो न्यानो माया दिएका छन्।

             यस "हजार सपना पूरा गर्नु"भन्ने कार्यक्रम आयोजना भएदेखि यता हालसम्म ल्याउ निङ्ग प्रान्तमा जम्मा लगभग 35,569 जनाले यस कार्यक्रममा भाग लिई किसान मजदूरका छोराछोरीलाई सहायता दिनका लागि चार लाख बीस हजार घण्टा समय सेवा प्रदान गरेका छन्। समाजबाट आएका चन्दा र सामग्रीको कूल रकम बीस लाख बीस हजार चिनियाँ युआन पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह