फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माया नामक बाल-बालिका नाटक समूहबारे जानकारी

(GMT+08:00) 2011-11-09 16:15:18

            चिया रोपिने पहाड, प्राचीन कालको प्यागोडा शैलीको भवन तथा प्यागोडा शैलीको भवनमा चिया रोपिने पहाडउन्मुख एक जना केटीले आमा कसान्ला नामक गीत गाउँदै छिन्। यो दृश्य माया नामक बाल-बालिका नाटक समूहले केही समयअघि छायाङ्कन गरेको सार्वजनिक हित-कल्याण चलचित्र "सबभन्दा राम्रो भविष्य"को एक भाग हो। यस छोटो चलचित्र ग्रामीण क्षेत्रमा आमाबाबु शहरमा काम गर्न गएका बाल-बालिकाको लागि छायाङ्कन गरिएको हो।

            माया नामक नाटक समूह सन् 2009मा गठित भएको थियो। त्यति बेला, निःशुल्क रक्तदान दिन सार्वजनिक गरेका स्वयमसेवकहरुले निःशुल्क रुपमा रक्तदान दिनेसम्बन्धी प्रचारप्रसार चलचित्र बनाउँदा छङ तु युवा स्वयमसेवक संघअन्तर्गत माया नामक सार्वजनिक हित-कल्याण नाटक समूहको गठन गरे। उक्त प्रचारप्रसार चलचित्र अति राम्रो प्रतिक्रिया पाएकोले चलचित्रसम्बन्धी धेरैजना पेशागत तथा सौखिन व्यक्तिहरु यसै स्वयमसेवक टोलीमा भाग लिन आकर्षित गराइएको छ। सन् 2010मा यस सार्वजनिक हित-कल्याण नाटक समूहको नामलाई चिन च्याङ क्षेत्रको माया नामक आबास क्षेत्रको सांस्कृतिक विकास केन्द्रमा परिणत गरियो। बाल-बालिका खुसीयाली नाटक समूह माया नामक नाटक समूहले ग्रामीण क्षेत्रमा आमाबाबु शहरमा काम गर्न गएका बाल-बालिकाको लागि विशेष रुपमा स्थापना गरिएको हो। यस नाटक समूह स्थापित भएको कारण एउटा इलेक्ट्रोनिक पियानोबाट भन्नैपर्छ।

           नाटक समूहका प्रमुख लीउ फैले सार्वजनिक हित-कल्याण कार्यमा ध्यान दिँदै आएकी छिन्। सन् 2006देखियता, उनले छ्योङलाइमा बस्ने स्याउ छिन नामक एक जना बालिकालाई आर्थिक सहयोग दिँदै आएकी छिन्। स्याउ छिनले संगीतलाई निकै मन पराएकोले लीउ फैले एउटा इलेक्ट्रोनिक पियानो कोसेली स्वरुप दिइन्। एक वर्ष बितेपछि लीउ फैले स्याउ छिनलाई हेर्दा स्याउ छिनले खुसीको साथ इलेक्ट्रोनिक पियानोले संगीत बजाइन्। स्याउ छिनले बजाएको तरिका बेठीक भएको देखेर लीउ फैले बल्ल बुझीन कि पढाउने शिक्षक नपाएकोले स्याउ छिन आफूले अभ्यास गर्दै आएकी छिन्। यसबाट आमाबाबु आफ्नो छेउमा नभएका ती बाल-बालिकालाई सामग्री मात्र दिन अपुग छ ती बाल-बालिकालाई वास्तविक सहयोग दिन मनोवैज्ञानिक मागलाई पनि पूरा गर्नुपर्ने सुश्री लीउ फैले विचार गरिन्। उनीहरुलाई के चाहिन्छ त?

            त्यति बेला, स छ्युआन युथ लीगले शहर गएर काम गर्ने किसानहरुका छोराछोरीसम्बन्धी एक चलचित्र बनाउन तयार गरेको सुनेर लीउ फै तथा अन्य स्वयमसेवकले उक्त योजना पाउने आवेदन दिए। यसै गरी माया नामक नाटक समूहले बाल-बालिका खुसी नाटक समूहको गठन गरेर माथि उल्लेखित"सबभन्दा राम्रो भविष्य"भन्ने चलचित्रको छायाङ्कन गर्न थाले।

            यस चलचित्र छायाङ्कन गर्दा पैह्रो तथा बाढीलगायतका प्राकृतिक प्रकोप आएता पनि स्वयमसेवक हुन् वा सहभागी बाल-बालिकाहरुले कठिनाइका मारे प्रयास गरेका छन्। उक्त चलचित्र छायाङ्कन गरिएको उद्देश्य सहयोग चाहिने अझ बढी बाल-बालिकाहरुलाई सहयोग दिनु रह्यो तर छायाङ्कनमा सहभागी बाल-बालिकाहरुको मनोवैज्ञानिक माग पनि पूरा गरिएको छ।

           आमाबाबु घर छोडेर शहरमा काम गरेका बाल-बालिकालाई सहयोग गर्दा सामग्री दिनुको साथै उनीहरुको मनोवैज्ञानिक मागमा पनि ध्यान पुर्‍याउनुपर्ने विचार नाटक समूहका प्रमुख ली फैले व्यक्त गरेकी छिन्। उनीहरु खुसीको साथ हुर्कँदै जीवनको स्वस्थ लक्ष्य राख्ने आशा सुश्री लीउ फैले व्यक्त गरेकी छिन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह