फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङलाई सेवा दिने युवा स्वयंसेविका स्यू स्याउ यान

(GMT+08:00) 2011-11-09 16:18:03

             चीनमा एक खेपका युवा स्वयं सेवक-सेविकाहरु छन्। उनीहरुमध्ये कोही विश्वविद्यालयबाट स्नातक भएका, केही स्नातकोत्तर भएका, केही जना विद्यावारिधि पूरा भएका छन्। उनीहरुले अर्थतन्त्र पछि परेको चीनको पश्चिमी क्षेत्रलाई सेवा दिने मनसाय लिएका छन्। उनीहरुले गरिब र पछि परेको क्षेत्रमा आफ्नो बुद्धिको योगदान दिन गएका छन्। हामी यस युवा स्वयं सेवक-सेविकाहरुमध्येका एक जनाबारे चर्चा गर्नेछौं। उहाँको नाम स्यू स्याउ यान हो। उहाँको जन्म शान तुङ प्रान्तमा भएको हो। तर उहाँले शान तुङ प्रान्तबाट टाढा रहेको सिन्च्याङ युगुर स्वायत्त प्रदेशको मू लै जिल्लासँग मित्रता गाँस्नुभएको छ।

            "सिन्च्याङ, मलाई पर्ख", सन् 2004 सुश्री स्यू स्याउ यानले लेख्नुभएको एक लेख हो। त्यस अवधिमा उहाँ छिङ ताउ शहरमा बस्नुहुन्थ्यो। छिङ ताउ एक समुद्रतटवर्ती शहर हो। धेरै मानिस छिङ ताउ मन पराउछन्।

             सन् 2005मा सुश्री स्यूले विश्वविद्यालयबाट स्नातक हुँदा छिङ ताउ शहरमा काम गर्ने धेरै सुअवसर त्यागेर विश्वविद्यालयका विद्यार्थीले पश्चिमी क्षेत्रलाई स्वयंसेवा दिने योजनामा संलग्न हुन निवेदन दर्ता गर्नुभयो। अन्तमा छिङ ताउ कृषि विश्वविद्यालयले सुश्री स्यूको अनुरोध स्वीकार गरेको छ। उहाँ पश्चिमी क्षेत्र गरेका छिङ ताउ कृषि विश्वविद्यालयका स्वयंसेवक-सेविकाहरुमध्येको एक मात्रै सेविका हुनुहुन्थ्यो।

              सन् 2006 को जुलाई 25 तारिखको राती, स्यू स्याउ यान सिन्च्याङ मू लै जिल्लाको सि चि अर बस्ती जाउनुभएको थियो। उहाँले एक वर्षसम्मको स्वयं सेविका जीवन थाल्नुभएको छ। सि चि अर जमीनको हिसावले फराकिलो छ, तर जनसंख्या कम छ। त्यहाँ यातायात र सञ्चार निकै असुविधा छ। सिन्च्याङ गएको शुरुमा सुश्री स्यूको सामु खाने बानी र भाषाको कठिनाइ देखापरेको थियो। सि चि अर बस्तीमा युगुर जाति, व्है जाति, तिब्बती जाति आदि अल्पसंख्यक जातिहरु छन्। भाषा फरक भएको कारण उहाँलाई काम गर्न निकै अप्ठ्यारो परेको थियो।

            सन् 2006 मा उहाँले "सूर्यको संग्रह"नामक संगठनको स्थापना गर्नुभयो। सुश्री स्यूको विचारमा बाल-बालिका मातृभूमिका भविष्य हुन्। सि चि अर बस्तीमा धेरै बाल-बालिकाहरुको खानेलाउने समस्या समाधान भएको छैन। उनीहरु पढाइ शुल्क पनि तिर्न सक्दैनन्। सुश्री स्यूले स्थानीय बाल-बालिकाहरुलाई मद्दत दिने आशा लिनुभयो। त्यसैले उहाँले यस संगठनको स्थापना गर्नुभएको छ। "सूर्यको संग्रह"नामक संगठन स्थापना भएपछि धेरै इन्टर्नेट प्रयोगकर्ताहरुद्बारा ध्यान दिइएको छ। सुश्री स्यूलगायतका धेरै मानिसहरुको प्रयासमा सि चि अर बस्तीका छ जना गरिब विद्यार्थीले सहायता पाएका छन्।

             सुश्री स्यू स्याउ यानलगायतका स्वयं सेवक-सेविकाहरुको अध्यात्मिक प्रोत्साहनमा सन् 2011 मा दुई हजार पाँच सय जना स्वयं सेवक-सेविकाले सिन्च्याङलाई सेवा दिन गएका छन्। जुन गत वर्षको तुलनामा दोब्बर वृद्धि भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह