फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ स्वयम सेवक—गुरुआमा

(GMT+08:00) 2011-11-09 16:24:29

         चीनको अर्थतन्त्र द्रुत गतिले विकास हुनुका साथै हालको समयमा विशेष शब्द "घरमा राखिने बालबालिकाका"को पनि चर्चा परिचर्चा हुने गरेको छ। यस शब्दको अर्थ बुवा-आमा दुवै वा एक जना शहरमा काम गर्ने र गाउँमा आफ्ना बच्चालाई छोड्ने हो । यिनीहरुले आफ्ना बुवा वा आमा वा हजुर बुवा-आमा वा परिवारका अन्य सदस्यसँग जीवन बिताएका छन्।

          स्याउ य्यु च्याँन सु प्रान्तीय थाइ चौ शहरको थाइ तुङ्ग स्कुलमा नौ वर्षकी विद्यार्थी हो। उसका बुवा-आमा र हजुर बुवा पेइचिंगमा काम गर्छन्। एक वर्षदेखि उसले बुवा-आमासँग भेटेको छैन्। स्याउ य्युले यसरी भनिन्— "एक वर्षदेखि बुवा-आमालाई भेटेको छैन। उहाँहरुलाई निकै याद गर्छु। विशेष गरी कक्षा सुरु भएको बेलामा अरु विद्यार्थीहरू बुवा-आमाका साथ विद्यालय आएको देख्दा मलाई इर्ष्या लाग्छ। त्यस बेला मैले बुवा-आमासँग टेलिफोन मात्र गर्छु। उहाँका आवाज सुनेर राति सपनामा उहाँहरु विद्यालयमा आएर मसँग घर फर्केको दृश्य हेरेकी छु।"

            थाइ तुङ्ग स्कुल थाइ चौ शहरको पूर्वी क्षेत्र र रेल स्टेशनको दक्षिणमा पर्छ। स्कुल नजिकै धेरै ठूलो बजार छ। त्यसैले त्यहाँ बाहिरबाट काम गर्न आएका व्यक्तिहरु धेरै छन्। पहिलेको तुलनामा स्कुलमा पढ्ने विद्यार्थीमा घरमा राखिएका बालक र काम गर्न बाहिरबाट आएका व्यक्तिका छोरा-छोरीको संख्य क्रमशः बढ्ने प्रवृत्ति देखिन्छ। उक्त विद्यालयसम्बन्धमा कम्युनिस्ट युवा लीगका महासचिव छन वैले यसरी जानकारी दिनुभयो-"विगतमा अर्थात मार्च महिनादेखि जुलाई महिनासम्म यस विद्यालयमा कूल 1 हजार 2 सय 4 जना विद्यार्थी छन्। त्यसमध्ये घरमा राखिएका बालकको संख्य 33 जना हुनुका साथै बाहिरबाट काम गर्न आएका व्यक्तिका छोरा-छोरीको संख्य 2 सय 42 जना पुगेको छ। यी संख्या जोडेर स्कूलमा हाल 23 प्रतिशत बढेको छ।"

          "घरमा राखिने बालक"लाई हेर-विचार गर्नका लागि सन् 2008मा थाइ तुङ्ग स्कुलले सबै युवा शिक्षिकासँग छलफल गरेर उनीहरुलाई गुरुआमा बनेर यी बालकहरुलाई सहयोग गर्न आह्वान गरेको थियो। 36 जना शिक्षिका सक्रिय रुपमा गुरुआमा बनेका थिए। हाल गुरुआमाको संख्या 36बाट 83सम्म बढेको छ। यी गुरुआमाहरुमध्ये अधिकाँशको उमेर 35 वर्षभन्दा कम छ। धेरै शिक्षिकाहरूको आफ्ना छोरा-छोरी नभए तापनि आमाको मनजस्तै यी विशेष बालकलाई न्यानो माया दिएका छन्। चौ आमा भनिएको शिक्षिका चौ स्यु मैले यसरी भनेकी छिन्- "बुवा-आमासँग नबसेकाले पढाईमा यी बालकहरु कमजोर हुनुका साथै जीवनमा पनि हेर-विचार कम छ। यस विषय हेरेर हाम्रो मनमा पनि दुःख लाग्छ। हामीले यी बालकहरुलाई अझ बढी हेर-विचार गर्नुपर्छ।"

            स्याउ य्युका गुरुआमा चाङ्ग आइ चेन हुनुहुन्छ। स्याउ य्युलाई निकै खुसी लाग्छ । यस गुरुआमाबारे भन्दै "खाना खाने बेला चाङ्ग गुरुआमाले मलाई रेस्टुराँ लग्नुभएको छ। जुन महिना एक तारिखका दिन बाल दिवसमा गुरुआमा चाङ्गले मलाई उपहार पनि दिनुभएको थियो। मैले गुरुआमा चाङ्गलाई निकै मन पराएको छु। गुरुआमा मेरी आमा जस्तै हुनुहुन्छ।"

           अर्को विद्यार्थी स्याउ थाउका बुवा-आमा पनि बाहिरमा काम गरेका छन्। हजुर बुवा-आमासँग बसेकोले उसको स्वभाव शान्त छ। गुरुआमा भएपछि उसमा पनि ठूलो परिवर्तन आएको छ। स्याउ थाउको परिवर्तनबारे भन्दै उसका हजुरबुवाले धन्यवाद व्यक्त गर्नुभएको छ। "मेरो नातिको स्वभाव शान्त छ र हामीसँग कुराकानी गर्न मन पराउंदैन जस्तो लाग्छ र खुसी लाग्दैन । उसको उपलब्धि पनि राम्रो छैन। हामीलाई चिन्ता लागेको बेलामा शिक्षिका चाङ्गले गुरुआमाको जिम्मेवार सक्रिय रुपमा वहन गरेकी छिन्। उनले स्याउ थाउको पढाइमा सहयोग गर्नुका साथै जीवनमा पनि धेरै हेर-विचार गरेकी छिन्। हाल मेरो नाति परिवर्तन भएर ठूलो प्रगति हासिल गरेको छ। अझ सक्रिय हुनुका साथै पढाइमा पनि राम्रो उपलब्धि भएको छ। घरमा हामीलाई काम गर्न सहयोग गरेको छ। त्यसैले हामीले थाइ तुङ्ग विद्यालयका शिक्षक-शिक्षिकालाई धन्यवाद दिन्छौं।"

          तथ्याँकका अनुसार, अहिले चिनियाँ गाउँमा "घरमा राखिने बालक"को संख्या 5 करोड 80 लाखभन्दा बढी पुगेको छ। त्यसमध्ये 57 प्रतिशतका बालबालिकाका बुवा वा आमा बाहिर काम गर्छन् र 43 प्रतिशतका बालबालिकाका बुवा र आमा दुवै जना बाहिर काम गर्छन्। बुवा-आमा र बालबालिकाबीचको वैचारिक आदान-प्रदान कम भएकाले यी बालकको मनोवैज्ञानिक स्वास्थ्य र स्वभावमा समस्या हुनुका साथै शिक्षामा पनि प्रभाव परेको छ। चीन सरकार र सम्बन्धित विभागले ज्यादै महत्व दिएका छन्। गत अप्रिल महिनामा चीनका प्रधानमन्त्री वन च्या पाउले वल्लो शान सि प्रान्तको निरीक्षण गर्दै विशेष गरी विद्यालय गएर घरमा राखिएका बालकको हेर-विचार गर्नुभएको थियो। च्याङ्ग सु प्रान्तीय थाइ चौ शहरको थाइ तुङ्ग विद्यालयका गुरुआमा समाजले घरमा राखिएका बालकलाई माया र हेर-विचार गर्ने एउटा संस्था मात्र हो। अहिले घरमा राखिएका बालबालिकाका स्वास्थ्य र खुसी जीवन विताउनलगाउनका लागि चिनियाँ समाजको प्रयासमा यी बालबालिकाकाहरुका लागि न्यानो सामाजिक परिवारको निर्माण गरिरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह