फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुशियाली लाग्ने विद्यालय

(GMT+08:00) 2011-11-09 16:27:40

           चिनियाँ समाजले रोजगारीका लागि शहर पसेका कृषकका छोरा-छोरीलाई ध्यान दिइएको छ। तिनीहरूका बालबच्चा कोही ग्रामीण क्षेत्रमा छोडिएको र कोही बुबाआमाका साथ शहरमा लगिएको छ। बुबाआमा एकदमै व्यस्त भएकाले तिनीहरूसित आदानप्रदान गर्ने समय पनि छैन। यसैगरी ती छोराछोरीलाई अझ बढी माया-ममता दिएर स्वस्थ रुपमा हुर्काउनुपर्ने कुरामा सबै सहमत छन्। यस सन्दर्भमा च्याङ्ग सु प्रान्तको चन च्याङ्ग शहरको साम्यवादी युवा संघले "सिंहपर्णी वनस्पतिलाई युवाको माया-ममता अर्थात् रोजगारी गर्न शहर पसेका कृषकका छोरा-छोरीलाई माया-ममता देखाउने कार्यक्रम"सुरु गरेको छ। सो कार्यक्रमले विविध गतिबिधमार्फत अझ बढी कृषकका छोरा-छोरीलाई माया-ममता अनुभव गराउँछ।

           सेप्टेम्बर महिनाको आरम्भमा शैक्षिक सत्र सुरु भएदेखि यता केही कृषकले चिन्ता लिन थालेको थिए। किनकि हरेक दिउँसो चार बजे छोरा-छोरी विद्यालयबाट निस्केपछि कोही पनि तिनीहरूलाई हेरचाह गर्ने थिएनन्। यसका लागि "चन च्याङ्ग साम्यवादी युवा संघद्बारा कृषक तथा मजदूरका छोराछोरीबारेको माया-ममता स्वयमसेवा कार्यक्रम"ले एउटा "चार बजेपछिको विद्यालय"को स्थापना गरी यस्तो चिन्ता लिने परिवारलाई सहयोग गरेको छ। चन च्याङ्ग शहरको साम्यवादी युवा संघले सो कार्यक्रमको व्यवस्थापन गरेको हो। सामाजिक क्षेत्रीय समिति तथा स्वयम-सेवक सेवा केन्द्रले सो कार्यक्रमको दैनिक संचालनको जिम्मा लिएको छ। तिनीहरूले विश्वविद्यालयका विद्यार्थी र माध्यमिक तथा प्राथमिक विद्यालयका युवा शिक्षक-शिक्षिकालाई मिलाएर कृषक तथा मजदूरका छोरा-छोरीलाई विद्यालयबाट फर्केपछि सहयोगात्मक पढाइ तथा मनोरञ्चन आदि सेवा प्रदान गर्दछ।

         हाम्रा सम्बाददाताले चन च्याङ्ग शहरका एउटा क्षेत्रमा पर्ने "चार बजेपछिको विद्यालय"गएर केटा-केटीको खुशियाली जीवनको अनुभव गरेका छन्।

सो विद्यालयका प्रवेश ढोकामा हाम्रा सम्बाददाताले चाङ्ग येन नामकी बालिकासित कुराकानी गरेका छन्।

सम्बाददाता:तिमी कहाँ जाँदै हो?

चाङ्ग येन:म सामाजिक क्षेत्रमा तुरुन्तै पुग्नु पर्ने छु।

सम्बाददाता:त्यहाँ तिमी के गर्ने?

चाङ्ग येन:त्यहाँ अक्षर लेख्न सिक्ने तथा लिपि लेख्न सिक्ने।

सम्बाददाता:तिम्रा बुबाआमा तिमीसँग किन सँगसँगै नजाने?

चाङ्ग येन:धेरै व्यस्त,बुबाआमाको समय नै छैन।

          हाम्रा सम्बाददाताले "चार बजेपछिको विद्यालय"को कक्षमा पस्दा धेरै केटाकेटी देखे। सो कक्षा त्यति ठूलो नभएतापनि केटाकेटीले यहाँ खुशियालीका साथ खेलेका थिए।

          यहाँ केटाकेटीले स्वयम-सेवकको हेरचाहमा किताब पढेको, गृहकार्य गरेको तथा खेल खेलका छन्। एक केटी विद्यार्थीले हाम्रा सम्बादातासित कुराकानी गर्दै यसरी भन्छिन्-यहाँ विविध कार्यक्रम छन्। कम्प्युटर, किताब पढाइ, चेस आदि छन्। हामीले यहाँ राम्रो अनुभव गर्न सक्छौं।

           सो "चार बजेपछिको विद्यालय"मा स्वयम-सेवक र केटा-केटीले सँगसँगै खेल खेलेपछि उनीहरू तुरुन्तै राम्रा साथी बनेका छन्। स्वयम-सेवक छाउ यु छिले हाम्रा सम्बाददातासित कुराकानी गर्दै यसरी भन्छिन्। यस्तो उमेरमा उनीहरूको विचार एकदमै खुलस्त भएर केही कुराले पनि सीमित गर्नसक्दैन। यसरी उनीहरूको मनको कुरा सजिलैसँग भन्न सक्छन्।

           सन् 2008को अप्रिल महिनादेखि यता चन च्याङ्ग शहरको साम्यवादी युवा संघले खोलेको "चार बजेपछिको विद्यालय"को संख्या चौध पुगेको छ। सामाजिक क्षेत्र समितिले निःशुल्करुपमा परिसर प्रदान गर्नुका साथै स्थानीय विश्वविद्यालयका विद्यार्थी, माध्यमिक तथा प्राथमिक विद्यालयका युवा शिक्षक तथा अवकाशप्राप्त वृद्ध-वृद्धाले आफ्नो फुर्सदलाई त्यागेर केटाकेटीलाई विविध कार्यक्रम ल्याएका छन्। यस्तो व्यवस्थापनको तरिकाले शहरमा रोजगारी गर्न पसेका कृषकका छोरा-छोरी दिउँसो विद्यालयबाट बाहिरिएपछि कसैले पनि हेरचाह गर्न नपाउने जीवनलाई पूर्णता दिलाउनुका साथै बुबाआमाको चिन्तालाई पनि हटाएको छ।

          दिउँसो छ बजेतिर केही बुबाआमाले "चार बजेपछिको विद्यालय"आएर आफ्नो छोरा-छोरीलाई ल्याउने गर्छन्। चन च्याङ्गका हरेक "चार बजेपछिको विद्यालय"मा हरेक विद्यार्थीको सामग्री व्यवस्थितरुपमा स्थापना भएको छ। बुबाआमाले आफ्ना छोरा-छोरीलाई ल्याएपछि आफ्नो सही गर्नुपर्छ। यसरी विद्यार्थीको सुरक्षाको प्रत्याभूति पनि गरिएको छ।

           च्याङ्ग सु प्रान्तको चन च्याङ्ग शहरको साम्यवादी संघका उपसचिव वाङ्ग वे व्हाले यसबारे यसरी जानकारी दिनुभयोः हाम्रो हरेक "चार बजेपछिको विद्यालय"सित राम्रो व्यवस्था छ। हरेक बाल-बालिकाले विद्यालयमा पुगेर हाजिरी जनाउनुपर्ने नियम छ। यसो गरेपछि कहिले आएको, कहिले गएको, कुन मान्छेले लिएको अथवा कुन नाताले लगेको भन्ने कुरा थाहा पाइन्छ।

            यस्तो विद्यालयमा खुसी भरिन्छ। केटा-केटीले यस्तो विद्यालयलाई एकदमै मन पराएको कुरा बताइएको छ। दुई घण्टा छिटै बितिसकेको हुन्छ। स्वयम-सेवकले केटा-केटीलाई सुरक्षाका साथ हरेक बुबाआमाकहाँ पुर्‍याउदा बुबाआमाको अनुहारमा खुसी र हाँसो भरिएको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह