फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नान चिङद्वारा किसान मजदूरका छोरा-छोरीहरूलाई हेरचाह

(GMT+08:00) 2011-11-09 16:30:10

           चीनको ग्रामीण क्षेत्रबाट धेरै श्रमिक शक्तिहरू रोजगारी पाउन शहर पसेका छन्। तिनीहरूका छोरा-छोरीहरू एक्लै ग्रामीण क्षेत्रमा बस्न नदिन तिनीहरूमध्येका प्रायजसोले आफ्ना छोरा-छोरीहरूलाई आफूसँगै शहरमा ल्याएका छन्। यो एउटा राम्रो कुरा हो। तथापि कामका लागि धेरै व्यस्त भएको हुनाले ती किसान मजदूरहरूले आफ्ना छोरा-छोरीलाई हेरचाह गर्ने समय कम हुन्छ। जसबाट केही बच्चाहरू विद्यालयमा विदा भएपछि गृहकार्य नगरी बाहिर घुम्न जान्छन्। ती बच्चाहरूलाई राम्रोसँग हेरचाह गर्नका लागि नान चिन शहरको छिन ह्वाइ क्षेत्रको हुङ ह्वा सडकले हुङ ह्वा सडकका नयाँ शहरबासीहरूका छोरा-छोरी केन्द्रको स्थापना गरेको छ। जसले ती बच्चाहरूलाई पढाइको निर्देशन, सहायता, हरित इन्टरनेट बारलगायतका निःशुल्क सेवा उपलव्ध गराएको छ।

            छिन ह्वाइ क्षेत्र नान चिन शहरको दक्षिण-पूर्वी भागमा अवस्थित छ। यस क्षेत्रमा धेरै किसान मजदूरहरू छन्। हुङ ह्वा सडक छिन ह्वाइ क्षेत्रको सबैभन्दा दक्षिणी भागमा पर्छ। अत्याधिक किसान मजदूरहरू यहाँ बस्छन्। ती नयाँ शहरबासीहरू यस सडकको कूल जनसङ्ख्यामध्ये पच्पन्न दशमलब आठ आठ प्रतिशत रहेका छन् र तिनीहरूको पारिवारिक अवस्था कमजोर रहेको छ। सन् 2007मा हुङ ह्वा सडकले यस विशेषतालाई लक्षित गरी नयाँ शहरबासीहरूका छोरा-छोरीका लागि केन्द्रको स्थापना गरेको थियो। जसले ती बच्चाहरूलाई पढाइको निर्देशन, सहायता, हरित इन्टरनेट बारलगायत निःशुल्क सेवा उपलव्ध गराएको छ। यस केन्द्रको स्थापना भएको चार वर्षको अवधिमा त्यो सरकार तथा नयाँ शहरबासीबीचको सम्पर्क गर्ने राम्रो चौतारो बनेको छ। चार वर्षको अवधिमा यस केन्द्रले यस सडकमा भएका नयाँ शहरबासीका पाँच सय जना भन्दा बढी छोरा-छोरीहरूलाई गुणस्तरीय सेवा उपलव्ध गराएको छ। यस केन्द्रमा स्वयंसेवकको सङ्ख्या निरन्तर रुपमा बढेको छ। यसका साथै पुराना शहरबासी तथा नयाँ शहरबासीहरूले सँगै मिलेर आफ्नो घरबारको निर्माण गरेका छन्।

           चिनियाँ कम्युनिष्ट युवा लिगअन्तर्गत् च्याङ सु प्रान्तका उप-सचिव शन हाई पिनले किसान मजदूरका छोरा-छोरीहरू तथा स्वयंसेवक दलको निर्माणबारे च्याङ सु प्रान्तको परिकल्पनाबारे जानकारी दिनुभयो। "महत्वपूर्ण काम भनेको अरु बढी स्वयंसेवकहरू हेरचाहको कार्यक्रममा भाग लिन अघि बढाइनु हो। किसान मजदूरहरूका छोरा-छोरीहरूको सङ्ख्या बढी छ। उनीहरूलाई सघाउ पुर्‍याउन अरु बढी स्वयंसेवक चाहिन्छ। अरु बढी स्वयंसेवक यस कार्यक्रममा भाग लिन हामीले आशा गरेका छौं।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह