फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हार्दिक शुभकामना

(GMT+08:00) 2012-03-14 18:28:47

             चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जनकांग्रेस र चिनियाँ जनराजनीतिक परामर्श दात्री सम्मेलनको ११औं राष्ट्रिय समितिको ५औं वार्षिक वैठक राजधानी पैचिंगमा सफलताका साथ सम्पन्न भएको खवर सुन्दा हामी सी.आर.आईका नेपाली श्रोता अत्यन्त हर्षित र गौरवान्वित भएका छौं । हाम्रो असल तथा घनिष्ट छिमेकी मित्रराष्ट्र चीनको इतिहासमा यी दुवै संस्थाको अत्यन्त ठूलो महत्व र योगदान रहेको छ । विश्वमा स्थायी शान्ति र दिगो विकास कायम गर्नका लागि चीनका विश्वभरी रहेका मित्रहरु यी दुवै सम्मेलनलाई उत्सुक्ता पूर्वक हेरिरहेका छन् भने पछिल्लो चरणमा चीनले प्राप्त गरेको आर्थिक विकासलाई निरन्तरता दिई सो विकासको उपलब्धि छिमेकी देशमा पुग्न सके त्यो अझ उपलब्धि मुलक बन्ने कुरामा दुई मत नहोला । मार्च ३ र मार्च ५ मा नियमित रुपमा शुरु भएका यी महत्वपूर्ण वार्षिक अधिवेशनका बारेमा नियमित रुपमा सी.आर.आईले ताजा जानकारी गराउने कुरामा हामी विश्वस्त छौं भने सो कार्यका लागि अहोरात्र प्रयत्नसिल हुँने नेपाली विभागका मित्रहरु प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । दुवै सम्मेलनमा भएका महत्वपूर्ण छलफल तथा निर्णयहरु सुनेर हामी हाम्रा विचारहरु व्यक्त गर्नेनैं छौं । हामीलाई पूर्ण विश्वास छ चीनको राष्ट्रिय एकता, स्वाधिनता र चीनको गौरवलाई अझ माथि उठाउँदै चीनलाई सफलताका उच्च शिखरहरु चढाउन यी दुवै अधिवेशसनमा अत्यन्त गहन छलफल हुँने विश्वासका साथ यी दुवै महत्वपूर्ण अधिवेशनको पूर्ण सफलताको लागि सी.आर.आई श्रोताक्लवहरुको राष्ट्रिय परिषद् नेपाल र मेरो व्यक्तिगत तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

                                                                                                                                                                   रमेशकुमार भट्टराई

                                                                                                                                                                  (अध्यक्ष)

                                                                                                                                                                 सी.आर.आई श्रोताक्लवहरुको राष्ट्रिय परिषद् नेपाल

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह