फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एकमत जम्मा पारौं, नयाँ सुअवसरको सामना गरौं"-"तेस्रो चीनको स छ्वान-दक्षिण एसिया सहयोग गोष्ठी"

(GMT+08:00) 2012-06-13 16:51:57

 

        "तेस्रो चीनको स छ्वान-दक्षिण एसिया व्यावसायिक सम्मेलन"हाल चीनको स छ्वान प्रान्तको छङ तु शहरमा आयोजना गरिएको छ । यो सम्मेलनको मुख्य विषय "उद्योगको अन्यत्र तथा व्यापारिक लगानी"रहेको छ ।

        भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका तथा अफगानिस्तान लगायत सात मुलुकबाट चीनका लागि राजदूत, महावाणिज्यदूत र स छ्वान प्रान्त र दक्षिण एशियाका गण्यमान्य व्यक्तिहरु लगायत 1 सय 40 जनाले यो गोष्ठीमा भाग लिएका छन् ।

         स छ्वान प्रान्त सरकार, चिनियाँ अन्तर्राष्ट्रिय व्यापार समिति तथा दक्षिण एसियाको सहयोगात्मक मजदूर तथा वाणिज्य संघबाट संयुक्त रुपमा यो गोष्ठीको आयोजना गरिएको हो । चिनियाँ अन्तर्राष्ट्रिय व्यापार समितिका उप-सचिव यु श्याउ तुङले गोष्ठीलाई सम्बोधन गर्दै भन्नुभयो,

          चीन र दक्षिण एसियाबीचको आर्थिक तथा व्यापारिक सहयोगको इतिहास लामो छ। ऊर्जा स्रोत, औद्योगिक बनौट तथा व्यापार क्षेत्रमा दुई पक्षको स्पष्ट विशेषता छ। सन् 2011मा चीन र दक्षिण एसियाबीचको व्यापारिक रकम करिब एक खर्ब अमेरिकी डलर पुगेको थियो। यो सन् 2010को तुलनामा बीस दशमलब नौ प्रतिशतले बढी हो । दक्षिण एसियाको भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या पनि बढ्दै गएको छ। चीन र दक्षिण एसियाबीचको आर्थिक तथा व्यापारिक सहयोग समृद्धि विकासको चरणमा अघि बढिरहेको छ ।

          उप-सचिव यु श्याउ तुङका जानकारी अनुसार, चीन र दक्षिण एसियाबीचको आर्थिक तथा व्यापारिक सहयोगमा टड्कारो उपलव्धी हासिल भएतापनि दक्षिण एसियाका मुलुकहरु र चीनबीचको व्यापारिक घाटाबारेको समस्या विद्यमान छ। चीन सरकारले दक्षिण एसियासँगको व्यापारलाई अरु बढी फाइदाजनक बनाउन तथा दक्षिण एसियाका मालसामानहरु चीनतर्फ अरु बढी निर्यात गर्न अनेकन कदम चालेको छ । यसका साथै दक्षिण एसियाका मुलुकहरुले त्यसको वाणिज्य तथा व्यापारिक वातावरणमा सुधार, ऐन तथा कानूनी नियमलाई पूर्णता तथा चिनियाँ व्यवसायलाई आकर्षित गर्ने काम गरेका छन् ।

          चीन र दक्षिण एसियाका मुलुकहरुले क्षेत्रीय सहयोग व्यवस्थामा सक्रियताका साथ भाग लिएका छन्। चिनियाँ अन्तर्राष्ट्रिय व्यापार समितिले दक्षिण एसियाका मुलुकहरुका वाणिज्य सँघसँगै मिलेर पूलको भूमिका निर्वाह गरेका छन् । चिनियाँ अन्तर्राष्ट्रिय व्यापार समितिले निरीक्षण, भ्रमण, मञ्च, प्रदर्शनी लगायत विविध आर्थिक तथा व्यापारिक तरिका मार्फत् चीन र दक्षिण एसियाका व्यवसायीहरुका लागि आदान-प्रदान तथा सहयोग आदानप्रादनको चौतारोको रुपमा निर्माण गर्नेछ।

          सन् 1992मा गठित सार्कको मजदूर तथा वाणिज्य सँघले दक्षिण एसिया र विश्वका अरु मुलुकहरुबीचको व्यापारिक सहयोगको विकासलाई अघि बढाउने प्रयास गर्दै आएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह