फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लण्डन ओलम्पिक खेलकुदको तयारी कार्य

(GMT+08:00) 2012-07-25 15:04:26

           यसै जुलाई सत्ताईस तारिखका दिन तीसौं लण्डन ओलम्पिक खेलकुद शुरु हुनेछ। विश्वको विभिन्न मुलुक तथा क्षेत्रका खेलाडीहरुले लण्डनमा भेला भएर प्रतियोगिता गर्ने र मित्रतालाई घनिष्ठ पार्ने छन्। लण्डनले तयारी गरिसकेको र ओलम्पिक खेलकुदको स्वागत गरिरहेको छ।

           लण्डन ओलम्पिक खेलकुद आयोजना हुन आधा महिना पनि बाँकी नरहेको अवधिमा लण्डनको तयारी कार्य पूरा भइसकेको छ। बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले ओलम्पिक खेलकुदको स्वयं सेवक-सेविकासँग भेट्दै आवश्यक निर्देशन दिनुभएको छ। उहाँले बेलायतले एक सफल ओलम्पिक खेलकुदको आयोजना गर्ने कुरा बताउनुभयो। उहाँको सम्बोधनप्रति स्वयं सेवक-सेविकाले प्रतिक्रिया जनाएका छन्। श्री क्यामरुनले भन्नुभयो "हर्ष लाग्यो। लण्डन ओलम्पिक खेलकुद आयोजना हुन अव धेरै दिन बाँकी छैन। यो बेलायतको इतिहासमा सबैभन्दा ठूलो आधारभूत प्रबन्ध परियोजना हो र यूरोपको सबैभन्दा ठूलो निर्माण परियोजना हो। हाल सबैको तयारी कार्य पूरा भएको छ। सबै खेलमैदान र रंगशाला पूरा भएका छन्। हामीले बेलायत, हाम्रो देश, स्वयं सेवक-सेविका, ओलम्पिक खेलकुदको सफलताबारे छलफल गरेका हौं। हामीले ओलम्पिक खेलकुदको आयोजना गर्न सफल हुने छ?"

          श्री क्यामरुनले भन्नुभयो---ओलम्पिक खेलकुदको मुख्य खेलमैदान अर्थात् ओलम्पिक खेलमैदान तयार भएको छ। दश हजार जना स्वयं सेवकले अतिथिको स्वागत गर्ने तयारी गरेका छन्। लण्डन शहरको सुरक्षा तयारी पनि मजबुत पारिएको छ। लण्डनका वासिन्दाको तयारी पनि तीव्र छ। बेलायतले एक सफल खेलकुद, समाज र अर्थतन्त्रको भव्य समारोहको आयोजना गर्ने छ। बेलायत अव तम्तयार भएको छ।

           गत जुन महिनाको सत्ताईस तारिख अर्थात् लण्डन ओलम्पिक खेलकुद आयोजना हुन धेरै दिन बाँकी नरहेको अवस्थमा लण्डन शहर सरकारले ओलम्पिक चिन्हलाई लण्डन टावरमा झुँड्याएको छ। लण्डन शहरका प्रमुख बोरिस जोन्सनले लण्डन शहरले अझै बढी मानिस ओलम्पिक खेलकुदमा संलग्न हुनका लागि सुअवसर उपलब्ध गराउने कुरा बताउनुभयो। उहाँले भन्नुभयो "यो एक सही सुअवसर हो। हामीले विश्वलाई भन्ने छौं। हामी तयारी भएका छौं। हामीले विश्वलाई निमन्त्रणा पठाउने छौं। लण्डन ओलम्पिक खेलकुदको संयोजन समिति, ओलम्पिक खेलकुदको झुक्तानी व्यवस्थापन व्यूरो र सम्बन्धित व्यक्तिहरुले लण्डन ओलम्पिक खेलकुदको तयारका लागि ठूलो योगदान दिएका छन्। हामीले लण्डनको विभिन्न क्षेत्रका वासिन्दालाई सुअवसर उपलब्ध गराउने छौं। हामीले लण्डनको विभिन्न स्कुलका विद्यार्थीहरुलाई एक लाख पच्चीस हजार वटा ओलम्पिक खेलकुद टिकट वितरण गरेका छौं।"

          हाल लण्डनको सडकमा ओलम्पिक खेलकुदको वातावरण अझै बढी रोमाञ्चक भएको छ। विभिन्न भूमिगत रेल स्टेशनमा ओलम्पिक खेलकुदको खेलमैदान तथा रंगशाला कसरी जाने निर्देशक चिन्ह टांसिएको छ। बेलायतको दक्षिण-पूर्व रेल कम्पनीले एक एक्सप्रेस रेल संचालन हुने निर्णय गरेको छ। यस एक्सप्रेस रेलले हरेक दिन पच्चीस हजार जना यात्रु यातायात गराउन सक्नेछ । दक्षिण-पूर्व रेल कम्पनीका महाप्रबन्धक चार्लस हार्टनले ओलम्पिक खेलकुद बेलामा उहाँको कम्पनीले अरु यातायात उद्योग-व्यवसायहरुसँग मिलेर ओलम्पिक खेलकुदका लागि राम्रो सेवा उपलब्ध गराउने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह