फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 18औं महाधिवेशन

(GMT+08:00) 2012-11-05 11:15:49

        जन गणतन्त्र चीनमा यही नोभेम्बर 8 तारिखबाट चिनियाँ कम्युनिष्ट पार्टीको 18 औं महाधिवेशन शुरुहुन कुराले हामीलाई धेरै खुशी बनाएको छ । विश्वको एक उदियमान शक्तिको रुपमा रहेको चीनको यस महाअधिबेशनले नयाँ नेतृत्व छनौट गर्ने भएकोले यसको महत्व अझै बढेको छ र धेरैको चासोको बिषय पनि भएको छ ।

       हामीलाई विश्वास छ यो अधिवेशनले बिकास र उन्नतीको मार्गमा अगाडि बढिरहेको चीनलाई अझै तिब्र गतिमा अगाडि बढाउने नेतृत्वको चयन गर्ने छ । विश्वमा शक्ति सन्तुलन र शान्तिको लागि यो अधिबेशनको विशेष महत्व रख्दछ । विश्वमा शान्ति स्थापनाको लागि चीनको भूमिकाको सबैले अपेक्षा गरेका छन् । यो अधिबेशनमार्फत चीनले संसारलाई विश्व शान्ति,भाइचारा, वातावरणको संरक्षण,मानव अधिकार, कानुनको शासन बारे चीनको प्रतिबाध्यता र पालनाको बारेमा खुलस्त पार्ने अवसर पनि हो ।

           यस महत्वपूर्ण क्षणमा म आफ्नो ब्यक्तिगत र राष्ट्रिय परिषद्को तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टी,चिनियाँ सरकार,चिनियाँ चीनका जनता,सी आर आई परिवार सबैमा अधिबेशनको पूर्ण सफलताको कामना गर्दछु । यस अधिबेशनको समापनसँगै हामीले चीनको कुशल नेतृत्व पाउने विश्वास गर्दछौं ।

धन्न्यवाद !

खेमराज सेढाई

महासचिव

सी आर आई श्रोता क्लबहरुको राष्ट्रिय पारिषद् नेपाल

काठमाडौं

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह