फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा रेडियो चलचित्र तथा टेलिभिजन क्षेत्रको खुलापनलाई सबल पारिंदैजाने

(GMT+08:00) 2012-11-11 18:33:25

    चिनियाँ राष्ट्रिय रेडियो, चलचित्र र टेलिभिजन मुख्यालयअन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य तथा उपप्रमुख एवम् केन्द्रीय सांस्कृतिक व्यवस्थाको सुधार तथा विकाससम्बन्धी कार्यकारी निर्देशन टोलीका उपप्रमुख थेन चिनले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन पछि चीनले निरन्तर रुपमा रेडियो, चलचित्र तथा टेलिभिजन क्षेत्रको खुलापनलाई सबल पार्दैजाने बताउनुभएको छ। साथै चीनले यथावत् रुपमा अस्ट्रेलियाको रेडियो, टेलिभिजन र चलचित्र पक्षसित अझ बढी र राम्रा सहयोग गर्दैजाने जानकारी पनि उहाँले दिनुभएको छ।

    उहाँले एघार तारिखका दिन अठारौं महाधिवेशनको प्रेस केन्द्रद्बारा आयोजित देशीविदेशी पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह