फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौँ राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो अधिवेशन सम्पन्न

(GMT+08:00) 2013-03-13 16:23:50

            चीनको सर्वोच्च राजनीतिक परामर्शदात्री संस्थाको वार्षिक अधिवेशन आज विहान पेइचिङमा सम्पन्न भएको छ। नव नियुक्त राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ शङले समापन समारोहमा समाजबादी प्रजातन्त्रको ठूलो विकास गरी पार्टी र सरकारको गलत कार्यसम्बन्धी आलोचना तथा प्रस्तावलाई प्रेरणा दिनुपर्ने कुरा व्यक्त गर्नुभएको छ।

             अध्यक्ष यु चङ शङले चिनियाँ विशेषतायुक्त समाजवाद यसै राजनीतिक विकास बाटोमा अडिग रहेर पश्चिमी राजनीतिक प्रणालीको कपि नगर्ने कुरा बताउनुभयो। साथै उहाँले समाजबादी प्रजातन्त्रको ठूलो विकास गर्नुपर्ने, पार्टी र सरकारको गलत कार्यसम्बन्धी आलोचना र प्रस्तावको लागि प्रेरणा दिनुपर्ने, सर्वसाधारणको इच्छा र आग्रहको समर्थन गर्नुपर्ने, फरक विचारको आदान-प्रदान र छलफलका लागि प्रेरणा दिनुपर्ने, सत्यतथ्य तथा वास्विकता बताउन समर्थन दिनुपर्ने कुरा व्यक्त गर्नुभयो।

             आगामी पाँच वर्षको कार्यावधिमा यस बाह्रौँ राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलन पहिलो अधिवेशन हो। दुई हजार दुई सयभन्दा बढी सदस्य गठित नव सम्मेलनले निर्वाचन गरी राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनका नयाँ अध्यक्ष, उपाध्यक्ष आदि नेता सदस्य नियुक्त गरेको छ साथै चीनको राजनीति, अर्थतन्त्र, सामाजिक जीवन आदि विभिन्न क्षेत्रसम्बन्धी महत्वपूर्ण निर्णय नीतिबारे सल्लाह गरी सुझाव र प्रस्ताव प्रस्तुत गरेको छ। तथ्याङ्कका अनुसार, यसै सम्मेलनले वातावरण संरक्षणलाई बढाउने, शहरीकरण बढाउने, प्रशासनिक प्रणाली सुधारलाई गहन पार्ने आदि चर्चित विषयलगायत पाँच हजारभन्दा बढी सदस्यका प्रस्ताव पाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह