फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा भिक्षु-भिक्षुणीद्वारा आत्मदाह नगरिएको—श्री छ्याङ्बा पुन्चोग

(GMT+08:00) 2013-03-13 16:22:59

          चिनियाँ राष्ट्रिय काङ्ग्रेसको वार्षिक सम्मेलनमा भाग लिने तिब्बती प्रतिनिधि मण्डल 8 तारिख सञ्चार माध्यमसमक्ष खुला भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत तिब्बत स्वायत प्रदेश शाखाका उपसचिव छ्याङ्बा पुन्चोगले चिनियाँ तथा विदेशी सम्वाददाताको प्रश्नको जवाफ दिनुभएको छ। उहाँका अनुसार, हालसम्म तिब्बतका एक हजार सात सयभन्दा बढी गुम्बा र दर्ता गरिएका 46 हजार भिक्षु-भिक्षुणीमाध्ये कसैले पनि आत्मदाह गरेका छैनन्। अरु प्रान्तमा भएको आत्मदाहका घटना र दलाइ समूदायसँग सम्बन्धित भएको प्रमाण स्पष्ट छ। तिब्बतले सबैको प्रयासमा समाजको स्थिरताको सुरक्षा गर्नेछ।

           प्राप्त जानकारीअनुसार, सन् 2012 मा तिब्बत स्वायत प्रदेशको कूल गार्हस्थ उत्पादन मात्रा लगभग 70 अर्ब चिनियाँ युआन पुगेर सन् 2011को तुलनामा 12प्रतिशतले वृद्धि भएको छ। शहर-बस्तीका बासिन्दाको आम्दानी 18 हजार 28 चिनियाँ युआन हुनुका साथै किसान तथा पशुपालकको सरदर आम्दानी 5 हजार 7 सय 19 चिनियाँ युआन पुगेको छ। त्यसका साथै भिक्षु-भिक्षुणीको अधिकार तथा हितको सुरक्षाका क्षेत्रमा पनि तिब्बतले सक्रिय प्रयास गरेको छ। हरेक गुम्बामा विद्युत, पानी र बाटो हुनुका साथै दर्ता भएका सबै भिक्षु-भिक्षुणीले सामाजिक विमाको उपभोग गरेका छन्। जसबाट यिनीहरले निशुल्क रुपमा स्वास्थ्य जाँचबुझ लिनुका साथै वृद्धविमा तथा चिकित्सा विमाको उपभोग गर्न सक्छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह