फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय काङ्ग्रेस सम्मेलनको वार्षिक सम्मेलनबाट पूर्ण बैठकको आयोजना

(GMT+08:00) 2013-03-13 16:23:25

          बाह्रौं चिनियाँ राष्ट्रिय काङ्ग्रेस सम्मेलनको पहिलो सम्मेलनले 10 तारिख बिहान जन बृहत सभाभवनमा तेस्रो पूर्ण बैठकको आयोजना गरेको छ। सम्मेलनले सर्वोच्च जन अदालत तथा सर्वोच्च जन महान्याधीवक्ताको कार्य प्रतिवेदन, र राज्य परिषद्का निकायहरुको सुधार तथा जिम्मेवारी बदल्ने प्रस्तावको व्याख्या सुन्नुका साथै बाह्रौं राष्ट्रिय काङ्ग्रेसको पहिलो सम्मेलनको निर्वाचन तथा नियुक्ति विधि पारित गरेको छ।

           10 तारिख सार्वजनिक चीनको राज्य परिषद्का निकायहरुको सुधार तथा जिम्मेवारी बदल्ने प्रस्तावअनुसार, चीनको राज्य परिषद्को नयाँ चरणको निकाय सुधार छिटै शुरु हुन लागेको छ। राज्य परिषद्का विभागहरुको सङ्ख्या घटेर पच्चीस पुग्नेछ।

           प्राप्त जानकारीअनुसार, यस सुधारको एउटा महत्वपूर्ण विषय भनेको ठूलो मन्त्रालयीय व्यवस्थाको सुधारलाई स्थिरताका साथ अघि बढाउनु, रेलमार्गसम्बन्धी राजनीति तथा व्यवसाय बाँड्नु, स्वास्थ्य, परिवार नियोजन, खाद्यान्न तथा औषधि, समाचार प्रकाशन तथा रेडियो, चलचित्र र टेलिभिजन, समुद्र, उर्जास्रोतको व्यवस्थापन संस्थालाई मिलान गरिनु आदि हुन्।

            यस सुधारपछि राज्य परिषद्का मन्त्रालयस्तरीय निकायहरुको सङ्ख्या चारवटा घट्नेछन्। सुधारपछि राज्य परिषद्को कार्यालयबाहेक, राज्य परिषद्का पच्चीस वटा विभाग कायम हुनेछन्।

             उक्त प्रस्ताव बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा लेखाजोखा भएर पारित भएपछि राज्य परिषद्ले सुधारलाई विस्तृत बन्दोबस्त मिलाएर सुधारको समय तालिकाको तर्जुमा गर्नेछ।

           प्राप्त जानकारीअनुसार, सुधार तथा खुलापनको नीति अवलम्बन गरिएदेखि चीनको राज्य परिषदले छ चरणको निकाय सुधार गरिसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह