फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फूलकी खानी युननान

(GMT+08:00) 2013-03-20 14:18:41

रेशमी सारी, दक्षिण पारी, धपक्कै बलेकी

चियाकी रानी, फूलकी खानी, लाजैले गलेकी

साङ्ग्रिला भन्छे, डुलाउँछु चौँरी, पाहुना हँसाउने

मोती र चिन्सा, मितेरी लाउँदै, बालुवा भिजाउने

 

उज्यालो किरण, छर्दछ युननान्, एशिया माझमा

रमिता मेला, व्यापार चल्ने, बिहान साँझमा

ताली र लिच्याङ्, हेर्दछन् ऐना, हिमाल झलल

मेकङको तेज, सुन्दर लालु, बग्दछन् सलल

बिजुली दिने, छवटी नदी, रातमा झल्मल

तालीले डाक्छिन्, विश्वको माझ, पाहुना सल्बल

अनेक खानी, अनेक ठाउँ, अनेकौँ जाति छन्

विविध जीव, बोकेर हिँड्ने, सिगल उड्दछन्

सि स्वाङ पान्ना, लिएर हिँड्छ, हात्तीका बथान

नासीका नारी, गाउने गीत, संस्कृति मन्थन

खुनमिङ भयो, मुकाम उस्को, नगरौँ बयान

वसन्त शहर, हेर्न भो रहर, सबैलाई चयन

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह