फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

या आनको छोटकरी जानकारी

(GMT+08:00) 2013-04-20 16:02:52

【स्थल】या आन याङ्ग सी नदीको माथिल्लो क्षेत्र र स छ्आन भञ्ज्याङ्गको पश्चिमी भागमा पर्दछ। स छुआन प्रान्तको सदरमुकाम र या आन शहरबीच 130 किलोमिटर राजमार्ग छ। त्यहाँको शहरीकरण दर 33% भन्दा बढी पुगेको छ। या आनको प्राकृतिक स्रोत पर्याप्त हुनुका साथै त्यहाँको मानवीय आधार पनि गहिरो छ।

【क्षेत्रफल】या आनको कूल क्षेत्रफल 15 हजार 3 सय वर्गकिलोमिटर छ। यसका साथै वनको क्षेत्रफलले त्यहाँको कूल क्षेत्रफलको 94 प्रतिशत ढाटेको छ।

【जनसङ्ख्या 】 या आनको कूल जनसङ्ख्या 15 लाख 30 हजार छ।

【पाण्डा भेला पारिको स्थल र नाउँ राखिएको स्थल 】

        सन् 1869 मा फ्रान्तका एकजना धर्म-प्रचारकले या आन शहरको पाउ सिङ्ग जिल्लामा विश्वको पहिलो पाण्डा फेला पार्नुभयो। उहाँले पाण्डाको पहिलो नमुना पनि बनाउनुभयो। यसरी नै यान आन नै पाण्डा भेला पारिएको र नाउँ राखिएको स्थल मानिन्छ। नयाँ चीनको स्थापना भएदेखि यता या आन शहरले चीनसमक्ष 127 वटा पाण्डा प्रदान गरेको छ। तीमध्ये 16 वटा पाण्डाले शान्तिपूर्ण तथा मैत्रीपूर्ण दूतका हैसियतले विदेशमा बसिरहेका छन्।

【चिया संस्कृतिको उद्गमस्थल 】

       या आन शहरमा चियाको कृत्रिम रोपाइको इतिहास दुई हजार वर्षभन्दा बढीको छ। विश्वमा सबैभन्दा पहिले चियाको कृत्रिम रोपाइ शुरु भएको स्थलहरुमध्ये या आन पनि एक हो। गत केही वर्षदेखि यता या आनले मङ्ग तिङ्ग नामक चिया लगायतका विभिन्न राम्रा गुणस्तरका हरियो चियाको ठूलो विकास गरी चीनको पहिलो चिया नगरका रुपमा आफ्नो विस्तार गर्दै आएको छ। यसका साथै या आन नै तिब्बती चियाको उत्पादन गर्ने इतिहास सबैभन्दा लामो र मात्रा सबैभन्दा बढी रहने केन्द्र पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह