फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन दक्षिण एशिया एक्स्पो गीत, 2013

(GMT+08:00) 2013-04-22 10:02:13

कामना गर्छौ हामी सबै मिली यतिवेला

सफल हवस् एशियाली खुनमिङ् व्यापार मेला ।

दूरदर्शी नेतागण छन् चिनियाँको माझ

सम्पन्न चीन बनाउने यिनको काम साझा ।

सँगसँगै विश्वलाई अघि बढाउँदै

छिमेकी र विश्वलाई विकासमा सघाउँदै ।

कामना गर्छौ हामी सबै मिली यतिवेला

सफल हवस् एशियाली खुनमिङ् व्यापार मेला ।।

विश्वमाझ एशियाको विशाल देश चीन

व्यापार मेला एशियाको हेर्न खुनमिङ हिँड ।

विश्वको छानो तिब्बतमा रेल चढाई

हिमालय पर्वत अनि पठार घुम्नलाई ।

कामना गर्छौ हामी सबै मिली यतिवेला

सफल हवस् एशियाली खुनमिङ व्यापार मेला ।।

इतिहास, संस्कृति र प्रकृतिलाई हेर्दै

समुद्रको रमाईलो ग्रेटवाल पनि चढ्दै ।

मेहनती चिनियाँको पौरख हेर्न जाउँ

जनस्तरको सम्वन्ध गाँस्दै खुशिले रमाउँ ।।

कामना गर्छौ हामी सबै मिली यतिवेला

सफल हवस् एशियाली खुनमिङ् व्यापार मेला ।।

सी.आर.आई हो विश्वभरीका श्रोताहरुको साथी

यसैले नै सम्वन्धलाई लगेको छ माथि ।

चीन दक्षिण एशियाको सम्वन्धलाई जोडौं

खुनमिङ्मा भेटौं हामी व्यापार मेला हेरौं ।

कामना गर्छौ हामी सबै मिली यतिवेला

सफल हवस् एशियाली खुनमिङ व्यापार मेला ।।

तीन प्यागोडा, ड्यागन पुल, फूल वगैचा हेर्दै

देश देशबीचको सम्वन्धलाई अझ गाढा पार्दै ।

ढुंगे जंगल घुमौ हामी युननानको शान

व्यापार मेला घुमौं हामी गर्दै प्रकृति पान ।।

कामना गर्छौ हामी सबै मिली यतिवेला

सफल हवस् एशियाली खुनमिङ् व्यापार मेला ।।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह