फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्यू वान चन-स्मार्टफोनको क्यामेराबाट काठमाण्डौँको सुन्दर दृष्य

(GMT+08:00) 2014-07-30 10:40:15

            उनी युरोप, जापान लगायतका विकसित मुलुक गइसकेकी छिन्। तर उनले सबैभन्दा मिस गरेको मुलुक नेपाल हो। गएका सबै मुलुकहरुमध्ये नेपाल मात्र फेरि एक पटक जाने इच्छा छ, उनको। नेपाल सम्बन्धी अनुभव सुनाउँदै उनी भन्छिन्-

            धेरै अचम्म तुल्यायो। पहिले विकसित मुलुक मात्र गएको थिएँ। अनि नेपाल पुगेर अर्को अनुभव सङ्गाल्ने विचार गरेको थिएं। त्यहाँको प्राकृतिक दृष्य वा वातावरणबाट भिन्न अनुभव पाएं। मानिस तथा केही जानकारी राखेको सँस्कृति र इतिहास पनि भिन्न छ। तर मुख्य कुरा चाहीँ त्यहाँका मानिसहरूको चालचलन र तिनीहरूको जीवनको दृष्य हो। दृष्यले मलाई चकित् तथा रोमाञ्चित बनायो।

            चिनियाँ भाषामा लेखिएका सङ्केत-बोर्ड तथा जटिल बाटो भएको काठमाण्डौँको केन्द्रीय क्षेत्र ठमेलबाट निस्केर ल्यू वान चनआफै एक्लै वरिपरिको सानो गाउँ घुम्न गइन्। उनी नेपालको गाउँले जिवन बिताउन चाहन्छिन्। साथै स्मार्टफोनमार्फत त्यस दृष्यहरू कैद गर्न चाहन्छिन्।

            अरु फोटोग्राफरभन्दा फरक छिन्। ल्यू वान चनको स्मार्टफोनमा माछापुच्छ्रे र फेवा तालको फोटो छैन। उनको फोन विभिन्न अनुहार र सडकको दृष्यले भरिएका छन्।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ