फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्यू वान चन-स्मार्टफोनको क्यामेराबाट काठमाण्डौँको सुन्दर दृष्य

(GMT+08:00) 2014-07-30 10:40:15

            मेरो विचारमा कुनै पनि कुरा व्यक्तिको फोटोको तुलनामा रमाइला हुँदैन। व्यक्तिको चित्रले धेरै कुरा बताउंछ र असिमित छ। तर प्राकृतिक दृष्य सुन्दर र रमणीय मात्र हो। मान्छेका फोटोहरू भिन्न-भिन्न हुन्छ। यस्ता विविध फोटोहरुले एक किसिमको ताजगी दिन्छ।

            ल्यू वान चनको स्मार्टफोनमा थकित्, आशातीत् आदि किसिमका अनुहारभाव छन्। समान्यतया फोटो खिचेर त्यसै व्यक्तिसँग कुराकानी गर्छिन्। त्यस पछि फोटोमा देखिएको अनुहारको भावबारेमा केही जानकारी राख्छिन्।

            उदाहरणका लागि मैले एक सानी केटीसँग फोटो खिची उनीसँग हल्का कुराकानी गर्छु। त्यसरी केही थाहा पाउंछु। दश मिनेटअघि त्यस सानी केटीका आमाले उनलाई पैसा दिनुभएको थियो। सानी केटीले त्यो पैसा दाजूलाई दिएपछि दाजू उनका लागि चकलेट किन्न गए। त्यसैले सानी केटी यहाँ दाजूलाई पर्खदै छिन्। त्यसैले यस फोटोमा सानी केटीको अनुहारभाव आशातीत् छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ