फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुरानो तिब्बती चिकित्सा पद्धति

(GMT+08:00) 2013-10-24 14:12:43

               तिब्बती चिकित्सा तिब्बती जातिको पुरानो पुस्ताले युरोप तथा एशियाका विविध परम्परागत चिकित्सा सभ्यतालाई समिश्रण गरेको आधारमा स्थापित एउटा परम्परागत चिकित्सा प्रणाली हो। झण्डै दुई हजार वर्षभन्दा लामो इतिहास बोकेको तिब्बती चिकित्साले हालसम्म आफ्नो सम्पूर्ण सिद्धान्त प्रणाली स्थापना गरिसकेको छ। यस सिद्धान्त प्रणालीको विशेष साँस्कृतिक धारणा र प्रचुर औषधोपचार तरिकाबाट तिब्बती चिकित्सा विश्वको परम्परागत चिकित्सा शास्त्रमध्येको एक मोतिको रुपमा चम्कँदै गएको छ।

              छिङ्गहाइ प्रान्त समुद्री सतहदेखिको आफ्नै उचाई भएको एउटा विशेष भौगोलिक बनावटयुक्त भूमि भएको कारण ‌औषधिसम्बन्धी धेरैजसो मूल्यवान कच्चा पदार्थको श्रोतको रुपमा परिचित छ। यसका अतिरिक्त तिब्बती चिकित्सासँग लामो इतिहास र व्यापक सर्वसाधारणको समर्थन पाउने आधार पनि रहेको देखिन्छ।

              तिब्बती चिकित्साको सँस्कृतिलाई राम्रोसँग संरक्षण गर्दै प्रचारप्रसार गर्नका लागि सन्2006मा तिब्बती चिकित्सालाई चीनको पहिलो चरणको राष्ट्रिय गैर-भौतिक साँस्कृतिक सम्पदाको सूचिमा राखियो। विभिन्न संरक्षण र प्रचारप्रसारका कदम लगातार रुपमा व्यवहारमा उतारिँदै गएपछि तिब्बती चिकित्सा स्वदेश तथा विदेशमा क्रमशः लोकप्रिय हुँद ऊएको छ भने प्रभावकारिताका हिसावले अझै अगाडी बढ्दै जानुका साथै आफ्नो रहस्यात्मक इतिहास र विकासले सारा विश्वको नजर आकर्षण गर्न पनि सक्षम भएको छ।

              आइ छ्व छ्यान चीनको तिब्बती चिकित्सा तथा औषधि संग्रहालयका प्रमुख हुनुहुन्छ। साथै छिङ्गहाइ तिब्बती चिकित्सा तथा औषधि अनुसन्धान प्रतिष्ठानका अध्यक्ष एवम् चिन ख तिब्बती चिकित्सा औषधि कम्पनीका बोर्ड अध्यक्षको जिम्मेवारी पनि सम्हालिरहनुभएको छ। तिब्बती चिकित्सा तथा औषधिको रहस्यमय भूमिकाबारे चर्चा गर्दै आइले आफैमा यो एउटा राम्रो उदाहरण भएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो: म आफै तिब्बती चिकित्सा तथा औषधिबाट लाभान्वित भएको मानिस हुँ। अठार वर्षअघि मैले कोलोन क्यान्सर अर्थात् पेटको क्यान्सर भएर निकै दुःख भोगेको थिएँ। चिरफार गरिएपछि मैले तिब्बती औषधि खान थालें। हालसम्म मेरो शारीरिक अवस्था स्वस्थ हुँदै गइरहेको छ।

              छिङ्गहाइ तिब्बती चिकित्सा अस्पतालका उपाध्यक्ष तआन चीद्बारा जानकारी दिइएअनुसार औषधोपचार गर्न तिब्बती चिकित्सा अस्पतालमा पुगेका रोगीहरुमध्ये स्थानीय तिब्बती जातिय जनता मात्र नभई धेरैजसो विरामी अन्य स्थानबाट आएका हुन्। "हाम्रो अस्पतालमा आउने स्वदेशी विदेशी विरामीहरुको संख्याले चालिस प्रतिशत ओगटेको छ। ती रोगीहरुमध्ये अन्य स्थानका चाहिं गम्भीर प्रकृतिको रोग लागेकाहरु वा औषधोपचारबाट स्वास्थ्यलाभ गर्न नसकेकाहरु हुन्। "तिब्बती चिकित्सा तथा औषधि आफ्नो उत्कृष्ट औषधोपचार भूमिकाले दिन प्रतिदिन नामी बन्दै गएको छ। तापनि हाल केही वर्षयता तिब्बती चिकित्सा तथा औषधिको संरक्षण तथा विकास गर्ने चौतारोका सामु धेरैजसो समस्या देखापरेका छन्। पेशागत व्यक्ति कम भएको कारण औषधि बनाउने केही विशेष तरिका तथा लिखित प्रमाणलाई पुस्तौं पुस्ता सम्म प्रचारप्रसार गर्ने कार्य गाह्रोसँग चलिरहेको छ। छिङ्गहाइ तिब्बती चिकित्सा अस्पतालअन्तर्गत पुरानो लिखित प्रमाण अनुसन्धान कार्यालयले तीस वर्षयता सम्बन्धित पूरातात्विक बस्तु जम्मा गर्दै आएको छ। यसप्रति छिङ्गहाइ तिब्बती चिकित्सा अस्पतालका अध्यक्ष आइ छ्व छ्याले जानकारी दिँदै यसरी भन्नुभयो: तीस वर्षयता तिब्बती चिकित्सा तथा ‌औ‌षधि सम्बन्धी पूरातात्विक बस्तुको संग्रह तथा व्यवस्थापन कार्यमा हामी कार्यरत् छौं भने हालसम्म लगभग दुई हजारभन्दा बढी पूराताविक लिखित प्रमाण जम्मा गरिएका छन्। भविष्यमा यो कार्य आवश्य नै निरन्तर रुपमा भैरहेको छ।

            हाल आइ छ्व छ्याको नेतृत्वमा रहेको एक पेशागत टोलिले औषधोपचार,शिक्षा,अनुसन्धान तथा व्यवसायीकरण यी चार विषयबाट गठित विकसित शैलीको आविष्कार गरिरहेको छ। छिङ्गहाइ प्रान्तमा झन झन बढी जनाले तिब्बती चिकित्सा तथा औषधिको संरक्षण तथा प्रचारप्रसार गर्ने र यसको महत्वलाई जोड दिँदै गएको छ भने अझ बढी योग्य व्यक्तिले यस कार्यमा भाग लिएको देखिन्छ। भविष्यमा विश्वमा हरेक व्यक्ति तिब्बती चिकित्सा तथा औषधिको विशाल सँस्कृतिबाट लाभान्वित हुनसक्ने आशा ती सबै कर्मचारीले गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह