फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली वाङछिङ तिब्बतमा

(GMT+08:00) 2013-10-24 16:45:54

         तिव्र आर्थिक विकासबाट स्थानीय बासिन्दाको जीवनमा धेरै परिवर्तन ल्याइएको छ। तर वाङछिङको विचारमा त्यसबाट शहरको परिवर्तन मात्रै होइन स्थानीयहरुको जीवन मनोवृत्ति पनि परिवर्तन भएको छ।–यहाँका मानिसले कार्य र जीवनबीच सन्तुलन भेट्न सकिन्छ। उहाँहरुले कार्यमा प्रयास गर्नुहुन्छ साथै परिवार र साथीसँग पनि आराम गर्नुहुन्छ। ग्रीष्मकालीन समयमा उहाँहरुले बाहिर गएर वनभोज गर्नुहुन्छ। हिउँद ऋतुमा पनि साथीसँग घाम तापेर घम्न रमाइलो हुन्छ। मलाई लाग्छ यी सबै कुरा उहाँहरुको सँस्कृतिमध्येको एक भाग भइसकेको छ। यहाँका धनी गरिब सबैमा उत्तिकै खुशी छाएको छ।

           विभिन्न कारणले गर्दा मानिसले तिब्बतलाई माया गर्छन्। कसैलाई तिब्बती सँस्कृतिले तानेको हुन्छ भने कसैलाई तिब्बतको शान्त वातावरणले आकर्षित गरेको हुन्छ। कोही कोही त आफूले किन तिब्बतको माया गर्छु भन्ने कुरालाई व्यक्त गर्न सक्नुहुन्न। वाङछिङ तीमध्येको एक हुनुहुन्छ।

           वाङछिङको जन्म नेपालमा भएको हो। उहाँले अमेरिकाबाट स्नातक गरेपछि व्यापारको सिलसिलामा तिब्बत आउनुभयो:धेरैलाई ल्हासा मन पर्छ। कसैलाई यस शहरको विशेष अनुभवबाट आकर्षण गरेको छ, कसैलाई अरु शहरभन्दा यहाँको प्रतिश्पर्धा त्यति धेरै नभएको लागेको छ। त्यसैले ल्हासामा थुप्रै अवसर पनि छन्। विशेष गरी आफ्नो ब्यापार चलाउन मन लागेका मानिसको लागि। मैले तिब्बतमा काम गर्न सोचिरहेको थिएँ। बुवासँग यहाँ यात्रा गरेपछि तिब्बतमाथि मेरो विशेष अनुभव रह्यो । त्यसैले स्नातक भएपछि मैले सोचेँ "किन तिब्बत नजाने त?" चीनमा तिव्र विकास भइरहेको छ, चीनको आर्थिक प्रभाव पनि बढ्दैआएको छ। त्यसैले ल्हासामा व्यवसाय चलाउन म आएको छु।

          सन् 2007 मा वाङछिङले ल्हासामा आफ्नो गलैँचा पसल चलाउनुभयो। उहाँले नेपालबाट ल्हासामा गलैँचा आयात गर्नुभयो। साथै गलैँचा व्यापार बाहेक अहिले वाङछिले एउटा होटेल पनि खोल्नुभएको छ। होटेलमा तिब्बती तथा नेपाली कलावस्तु राखिएका छन् र त्यहाँ बस्ने यात्रुले अवलोकन गर्न पाउँछन्। आफूलाई चीन र नेपालबीच मैत्रीपूर्ण आवत-जावतको पूलको रुपमा राखिएको उहाँले बताउनुभयो।

          ल्हासाका धेरै दृश्यावलोकन स्थलहरु छन्। पवित्र गुम्बारहरु, सुन्दर प्राकृतिक दृश्यहरु, प्राचीन भवनहरु आदि। तर वाङछिङलाई सबभन्दा मन परेको ठाउँ बाखो सडक हो। बाखो सडक चुम्ला खाँ गुम्बाको वरिपरी निर्माण भएको छ र तिब्बतमा यसलाई "पवित्र बाटो"को रुपमा मानिन्छ। अहिले प्राचीन तिब्बती सडकसम्म विकास भएको छ। अपेक्षाकृत रुपमा तिब्बती प्राचीन शहरको अवस्था यो सडकमा झल्किएको छ र ल्हासाको सबभन्दै प्रसिद्ध वाणिज्य केन्द्रको रुपमा पनि स्थापित छ। वाङछिङले भन्नुभयो—मैले प्रायः बाखो सडकमा घुम्छु र रमाइला पसलमा अवलोकन गर्छु। त्यहाँ धेरै तिब्बती शैलीका हस्तकलाका सामग्री पाइन्छन्। अनि म प्रायः गाडी चलेर पनि ल्हासामा घुम्छु।

          वाङछिङको गलैँचा पसल र होटेल बाखो सडक वरिपरि पर्दछ। वाङछिङले हामीलाई लिएर आफ्नो होटेलमा देखाउनुभयो। त्यो होटेलको छत सबभन्दा विशेषतायुक्त ठाउँ रहेछ। छतमा उभिएर सबै ल्हासा हेर्न पाइँदोरेछ। हामी त्यहाँ पुग्दा छतको सजावट कार्य भइरहेको थियो। सजावटको काम सकिएपछि पर्यटकले त्यहाँ बसेर कफी पिउँदै ल्हासाको दृश्य अवलोकन गर्नसक्नेछन्:यो होटेलको छत हो। हामीले यसलाई यात्रु आराम गर्ने क्षेत्रका रुपमा विकास गर्दैछौँ। यहाँबाट सम्पूर्ण पोताला दरबार देख्न सकिन्छ र पर्यटकले पोतला दरवारको पूरा तस्बीर खिज्न पनि सक्छन्। हामीले हरेक टेबलको छेउमा छाता राख्छौँ। किनभने ल्हासामा कडा घाम लाग्छ। सूर्यास्त भएपछि पनि चाँदनीमूनिको पोताला दरबार अवलोकन गर्नपाइन्छ। कति आश्चार्यजनक अनुभव हो हैन।


1 2
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह