नयाँ युगमा चीनको सुधार नीतिबारे बुझाइको दोस्रो भाग - केन्द्रीत विषय बुझेपछि क्षमता दोब्बर वृद्धि हुने
2024-07-12 10:54:47CRI
Share with:

 

सन् २०२४ मे २३ तारिख सुधार विषयमा व्यवसाय र विशेषज्ञ बीच एउटा गोष्ठी चीनको शान तोङ प्रान्तको चिनान शहरमा आयोजना गरिएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक शुरू हुनलागेको र सम्पूर्ण रूपमा सुधारलाई गहन पारिने परिप्रेक्ष्यमा शान तोङ प्रान्तको निरीक्षण भ्रमणमा रहनुभएका राष्ट्राध्यक्ष सी चिनफिङ स्वयम आफैँले त्यस गोष्ठीको अध्यक्षता गर्नुभएको थियो। गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सुधारको प्रक्रियामा केन्द्रीत विषय बुझेपछि क्षमता पनि दोब्बर वृद्धि हुनसक्ने औँल्याउनुभएको थियो।

 

चीनको क्षेत्रफल निकै फराकिलो र घना जनसंख्या भएकाले विभिन्न क्षेत्रका प्राकृतिक स्रोत र ऊर्जा बीचको खाडल निकै ठूलो देखिन्छ। राष्ट्राध्यक्ष सीका अनुसार, असन्तुलन सामान्य कुरा भए तापनि विकासको क्रममा सन्तुलित अवस्थालाई कायम राख्नुपर्छ। त्यसैगरी, उहाँ स्वयम आफैँले पैचिङ, थेन चिन र हपैको समन्वयात्मक विकास, याङसी नदीको आर्थिक पेटीको विकास, क्वाङ तोङ, हङकङ र मकाउ ठूलो खाडी क्षेत्रको निर्माण, याङसी नदीको त्रिकोण क्षेत्रको एकरूपता विकास, पीत नदी बग्ने क्षेत्रको पर्यावरणीय संरक्षण र उच्च गुणस्तरीय विकास लगायतका महत्वपूर्ण क्षेत्रीय विकास रणनीतिहरूको डिजाइन र तर्जुमा गर्नुका साथै ती रणनीतिहरूलाई प्रवर्द्धन गर्नुभएको छ। यसका अतिरिक्त उहाँले क्षेत्रीय समन्वयात्मक विकास रणनीति अपनाउनुका साथै पश्चिमी भागको ठूलो विकास, उत्तर-पूर्वी भागको सम्पूर्ण पुनरूत्थान, मध्य भागको उच्च गुणस्तरीय विकास र पूर्वी भागको आधुनिकीकरण लगायतका महत्वपूर्ण परियोजनाहरूलाई पनि अघि बढाउनुभएको छ।

 

राष्ट्राध्यक्ष सीको विचारमा चीन राष्ट्रको दीर्घकालीन पर्यावरणीय वातावरणको संरक्षणको सामना गर्दा समष्टिगत र प्रणालीमुलक धारणा लिएर सञ्चालन गर्नुपर्छ। वातावरणीय संरक्षण प्रकिया यस्तो छ, सुधार कार्य पनि त्यसै गरी चलाउनु पर्छ।