केही समयअघि, फिजीका प्रधानमन्त्री रामबुकासँग चाइना मिडिया ग्रुपले अन्तर्वार्ता लिएको छ।
फिजी ३०० भन्दा बढी टापुहरू मिलेर बनेको देश हो र समुद्रले घेरिन्छ। फिजीजस्ता देशहरूमा जलवायु परिवर्तनका कारण ल्याइने सम्भावित जोखिमबारे चर्चा गर्दै फिजीका प्रधानमन्त्री रामबुकाले अन्तर्वार्तामा भन्नुभयो: "हामीले गम्भीर तटीय कटान र बढ्दो समुद्री सतहले धेरै गाउँहरूलाई खतरामा पारेको देखिरहेका छौँ। हामी गाउँ स्थानान्तरण कार्यक्रममा काम गरिरहेका छौँ र बासिन्दाहरूलाई उच्च पर्वतीय क्षेत्रमा सारिरहेका छौँ। डुवानको कुरा गर्दा, भाग्यवश चीनले हामीलाई यी क्षेत्रहरूमा बाँच्न सक्ने धान र उखुका जातहरू उपलब्ध गराइरहेको छ। हामीले हाम्रो उखुबारीलाई पहाडतिर सार्न आवश्यक छैन बरु अझै पनि त्यही ठाउँमा उखु खेती गर्न पाएका छौँ। अहिले हामीसँग नयाँ प्रजातिहरू छन् जुन समुद्रले आक्रमण गरिरहेको क्षेत्रहरूमा बाँच्न सक्छ। ”


