फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 तिब्बतको सयौं वर्षको " कथ्य इतिहास"  प्रकाशित

(GMT+08:00) 2011-04-30 16:15:11

              तिब्बतको एक सय वर्षभन्दा लामो सामाजिक विकासलाई सकारात्मकरुपमा प्रतिबिम्बित गर्न तथा महत्वपूर्ण ऐतिहासिक घटनाको विवरण संकलन गर्ने उद्देश्यले तिब्बत स्वायत प्रदेशको सामाजिक वैज्ञानिक प्रतिष्ठानले हालै "तिब्बतको कथ्य इतिहास"विषयका अनेकौं पुस्तक तयार गरी क्रमशः प्रकाशित गर्दै आएको छ। "कथ्य इतिहास"को अनुसन्धान विधी तिब्बतमा पहिलो पटक प्रयोगमा ल्याइएको हो।

              उक्त परियोजनाका जिम्मेवार अधिकारी एवम् तिब्बतको सामाजिक वैज्ञानिक प्रतिष्ठानअन्तर्गत् आधुनिक अनुसन्धान केन्द्रका प्रमुख चुङ्ग पु छि रन तो च्येनले दिनुभएको जानकारीअनुसार, सन् 2008को सेप्टेम्बर महिनामा सो परियोजनाको स्थापना भएदेखियता सम्बन्धित परियोजनाका अधिकारीहरुले ल्हासा, शिखाच, लिन च्री, छङ्ग तु, पैचिङ्ग, शाङ्गहाइ आदि ठाउँमा पुगेर लगभग दुइ सय सर्वसाधारण, सरकारी अधिकारी, विशेषज्ञ तथा विद्बानहरुबाट सूचना संकलन गरेको थियो।

             प्राप्त जानकारीअनुसार, "तिब्बतको सयौं वर्षको इतिहासको अनुसन्धान"परियोजनामा त्यहाँको राजनीति, अर्थतन्त्र, सैनिक, संस्कृति, शिक्षा, जाति, धर्म, कला आदि विषय समावेश छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह