फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाल चिनियाँ नागरीकको रोजगारी प्रतिशतको बारेमा जानकारी दोस्रो

(GMT+08:00) 2010-06-15 17:39:13

      ली च्यांग प्राचीन शहरको पछाडिपट्टि पहाड छ भने त्यसको अगाडिबाट खोला बगिरहेको छ। भुइँमा रातो इंट ओछ्याइएको छ। यी इंटहरु विभिन्न ढाँचाका छन्। यीनीहरु शहरको समष्टिगत वातावरणसित ज्यादै मिलेको देखिन्छ। शहरको केन्द्रमा अवस्थित स फाँग चे सडकले ली च्यांग प्राचीन शहरको प्रतिनिधित्व गरेको छ।

      ली च्यांग प्राचीन शहरमा ठूला र साना पुलहरुको संख्या जम्मा 354 छ। त्यसको अर्थ के हो भने प्रत्येक वर्ग किलोमिटरमा 93 वटा पुल पर्दछन्। ती पुलहरुको आकार भिन्नाभिन्नै किसिमको छ। तीमध्ये छ्वै पुल, ता श पुल, वान छ्येन पुल, नान मन पुल, मा आन पुल र रन शौ पुल तुलनात्मक रुपमा बढि प्रसिद्ध छन्। ती पुलहरु सबै मिंग र छिंग वंशमा निर्माण गरिएका थिए। तीमध्ये स फांग चे सडकदेखि पूर्वतिर एकसय मिटर टाढा पर्ने ता श पुल सबैभन्दा प्रसिद्ध छ।

      ली च्यांग प्राचीन शहर एउटा ऐतिहासिक र साँस्कृतिक प्रसिद्ध शहर हो। यस शहरमा स्थानीय इतिहास, सँस्कृति र जातिको रीतीरिवाज जताततै स्पष्ट देखिन्छ। यस शहरबाट बग्ने खोला, विशेष ढाँचाका वास्तुहरु आदिले गर्दा बस्नका लागि अनुकुल वातावरण बनेको छ। यस शहर र चीनका अरु ऐतिहासिक-साँस्कृतिक प्रसिद्ध शहरका बीच धेरै फरक छ। ली च्यांग शहरको अर्को महत्वपूर्ण विशेषता अल्पसंख्यक जातिको बसोबास हो। यस शहरले मानव जातिको इतिहासमा शहरको निर्माण र मानव जाति स्वयमको विकासको अनुसन्धानका लागि महत्वपूर्ण र मूल्यवान सामग्री उपलव्ध गराएको छ जुन चीन तथा विश्वकै सम्पत्ति हो।

      ली च्यांग प्राचीन शहर प्राकृतिक दृश्य र कलाको राम्रो सम्मिश्रण भएको शहर हो। सन् 1997 को डिसेम्बर महिनामा साँस्कृतिक सम्पत्ति सम्बन्धि मापदण्ड अनुसार ली च्यांगलाई "विश्व सम्पदा सूची"मा समावेश गरिएको छ। विश्व सम्पदा परिषद्ले के मूल्यांकन गरेको छ भने: ली च्यांग प्राचीन शहरले प्राचीन कालको दृश्यलाई राम्रोसँग संरक्षित गरेको छ। त्यहाँका वास्तुहरुको पनि आफ्नै विशेषता छ। त्यहाँ विभिन्न जातिको साँस्कृतिक विशेषता मौजुद रहेकाले यो विश्व प्रख्यात छ। ली च्यांग प्राचीन शहरमा पानीको आपूर्ति सम्बन्धी पूरानो प्रणाली पनि संरक्षित राखिएको छ। चारैतिर फैलिएको यस प्रणालीले हालसम्म पनि आफ्नो भूमिका निर्वाह गरिरहेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह