फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बत स्वायत्त प्रदेशद्बारा केन्द्रीत रुपमा ताप आपूर्ति गर्ने प्रथम क्षेत्रको निर्माण

(GMT+08:00) 2011-05-08 16:17:10
      चीनको तिब्बत स्वायत्त प्रदेशको उत्तरी भागस्थित ना छ्यू बस्तीको सरकारले आज जनाएअनुसार, पठारभूमि तथा चिसो क्षेत्रका सर्वसाधारणहरुले हिउँद ऋतुमा ताप पाउने समस्याको समाधान गर्नका लागि ना छ्यू बस्तीले चालू वर्ष तिब्बतमा केन्द्रीत रुपमा ताप आपूर्ति गर्ने प्रथम क्षेत्रको निर्माण गर्ने छ।

      ना छ्यू क्षेत्र समुद्री सतहभन्दा 4500 मिटर माथि छ। ना छ्यू चीनको तिब्बत स्वायत्त प्रदेशको उत्तरी भागको महत्वपूर्ण आर्थिक तथा साँस्कृतिक केन्द्र हो। छिङहाई-तिब्बत पठारभूमि र छिङहाई-तिब्बत रेलमार्ग ना छ्यूबाट पार गर्छन्। ना छ्यूमा हिउँ सात महिनासम्म हुन्छ।

      थाहा भएअनुसार, चालू वर्ष ना छ्यू बस्तीले तापको आपूर्ति, खाने पानीको आपूर्ति र फोहोर पानी तह मिलाउने गरी तीन वटा परियोजनामा एक अर्ब चौध करोड चिनियाँ युआन लगाउने छ। ना छ्यू बस्तीले ताप विजुली कारखानाको निर्माण गरी ना छ्यू बस्तीलाई ताप आपूर्ति गर्ने छ। सन् 2013सम्म उक्त परियोजना पूरा हुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह