फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतले पर्यटन उद्योगलाई अर्थतन्त्रको मुख्य उद्योगको रुपमा बनाउने

(GMT+08:00) 2011-05-14 15:57:10
    चीनको तिब्बत स्वायत प्रदेशका उपाध्यक्ष तिङ्ग येले आज तिब्बतले विश्वमा महत्वपूर्ण पर्यटन गन्तव्य निर्माण गर्ने लक्ष्य बनाएर फड्को मार्ने गरी गरिने विकासलाई घच्घच्याउनका लागि मुख्य रणनैतिक उद्योगको रुपमा पर्यटन उद्योगलाई बनाउने कुरा व्यक्त गर्नुभएको छ।

    श्री तिङ्ग येले आजै ल्हासामा आयोजित "60 वर्षको ठूलो परिवर्तन र कति सुन्दर तिब्बत"नामक पर्यटकीय प्रचार-प्रसार गोष्ठीमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, एघारौं पञ्चवर्षीय योजनाको अवधिमा तिब्बतको पर्यटन उद्योग सानोदेखि ठूलोसम्म विकसित भएको छ। एघारौं पञ्चवर्षीय योजनाको अवधिमा तिब्बतमा घुम्न आएका पर्यटकको संख्या दुई करोड बाह्र लाख पचास हजार पुगेर हरेक वर्ष 30.6 प्रतिशतले वृद्धि भएको छ। पर्यटनबाट भएको आम्दानी 22 अर्ब 60 करोड चिनियाँ युआन पुगेर हरेक वर्ष 29.8 प्रतिशतले बढेको छ। छिङ्ग हाई-तिब्बत रेलवे तथा लिचि,आलप आदि विमानस्थल सञ्चालन भएकाले तिब्बतमा पर्यटकीय आधार प्रबन्ध दिन-प्रतिदिन सुधार हुनुका साथै सेवा दिने क्षमता पनि माथि उकासिंदै गएको कुरा श्री तिङ्गले चर्चा गर्नुभएको छ।

    साथै उहाँका अनुसार, सन् 2015सम्म हरेक वर्ष तिब्बत आउने पर्यटकको संख्या एक करोड पचास लाख पुर्‍याएर पर्यटनबाट हुने आम्दानीको रकम 18 अर्ब चिनियाँ युआन पुग्ने तिब्बतको लक्ष्य भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह