फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत विश्वको सबभन्दा राम्रो वातावरण भएको ठाँउमध्येको एक

(GMT+08:00) 2011-05-15 15:34:20
                द्रुत आर्थिक विकासबाट वातावरणिय संरक्षणमा ठूलो दबाव ल्याउँदै आएको क्रममा तिब्बतले वातावरणिय संरक्षणमा विकास गर्नुका साथै विकास क्रममा संरक्षण गर्नु भन्ने सिद्धान्तको पालना गर्दै आएको छ। तिब्बतका अधिकाँश क्षेत्रको पर्यावरणलाई यथावत कायमै राखेको छ। तिब्बत विश्वको सबभन्दा राम्रो वातावरण भएको ठाँउमध्येको एक हो।

               बितेका पाँच वर्षमा तिब्बतमा पर्यावरणिय वातावरणको संरक्षण तथा निर्माणमा लगाइएको रकम दश अर्ब चिनियाँ युआन बराबर भएको छ। गत वर्ष अर्थात् सन् 2010को अन्तसम्म तिब्बतमा स्थापित प्राकृतिक आरक्षण क्षेत्रको संख्या सतचालिस पुगिसकेको छ र आरक्षण क्षेत्रको क्षेत्रफल चार लाख तेह्र हजार सात सय वर्गकिलोमिटर भएको छ।

               समुद्रसतहदेखि चार हजार मिटरभन्दा उच्च भएको तिब्बतको पर्यावरणिय वातावरण अपेक्षाकृत कमजोर तथा संवेदनशील छ। चीन लगायत दक्षिण एशियाली क्षेत्रमा बगिरहेका केही खोला-नदिको उद्गम स्थल तिब्बतमै परेकोले तिब्बतलाई एशियाको जलश्रोत तथा विश्वको जलवायु संयोजन गर्ने स्थल मानिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह