फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा सिनच्याङ्ग र तिब्बतबीचको राजमार्ग वृहत्त रुपमा व्यवस्थापन गरिन्दै

(GMT+08:00) 2011-05-16 10:34:20
                  हाल चिनियाँ राष्ट्रिय विकास र सुधार समितिले सिनच्याङ्ग र तिब्बत बीचको राजमार्गको व्यवस्थापन गर्ने परियोजनामा यस वर्ष एक अर्ब असी करोड चिनियाँ युआनको थप लगानी लगाएको छ। उक्त रकम मुख्य रुपमा राष्ट्रिय स्तरको राजमार्ग अन्तर्गत 219 नम्बरको सिनच्याङ्ग भागको राजमार्गको सुधार र विस्तार परियोजनामा प्रयोग गरिने जनाएको छ ।

                 सिनच्याङ्ग र तिब्बत बीचको राजमार्ग सिनच्याङ्ग र तिब्बत क्षेत्रको भित्र पर्दछ र त्यसको कूल लम्बाइ 2 हजार 1 सय 43 किलोमिटर छ। त्यो राजमार्ग सिनच्याङ्ग र तिब्बत बीचमा रहेको महत्वपूर्ण बाटो हो। सरदर समुद्र सतहदेखि 4 हजार मिटरभन्दा अग्लो उचाईंमा रहेको सिनच्याङ्ग र तिब्बत बीचको राजमार्गले हरेक वर्षको हिउँद ऋतुमा हिउँको कारण बाटो बन्द हुन्छ। उक्त परियोजना पूरा भएपछि त्यसबाट सो राजमार्गको छेउछाउ क्षेत्रमा माल-सामानको ढुवानी, आर्थिक निर्माण, जनताको जीवनस्तर र राष्ट्रिय प्रतिरक्षा निर्माणका लागि धेरै सुविधा ल्याइने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह