फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इन्टर्नेट सेवाबारे तिब्बतको योजना

(GMT+08:00) 2011-05-18 14:22:08
                       चीनको तिब्बत स्वायत्त प्रदेशको सरकारका अनुसार, सन् 2011 देखि 2015सम्ममा तिब्बतमा सञ्चार क्षेत्रमा लगाइने लगानीको परिमाण दश अर्ब चिनियाँ युआन पुग्नेछ। सन् 2015सम्म तिब्बतमा टेलिफोनग्राहकको संख्या 28 लाख 60 हजार पुग्ने, तिब्बतका 95%भन्दा बढी शहर-बस्तीमा अप्टिकल फाइबर संचालनमा आउने तथा सारा प्रशासनिक गाउँमा इन्टर्नेट सेवा पाउनसकिने अनुमान गरिएको छ।

                       प्राप्त जानकारी अनुसार, सन् 2015को अन्त्यतिर तिब्बत स्वायत्त प्रदेशमा सिन च्याङ्ग युगुर स्वायत्त प्रदेशसम्मको क श्रेणीको मुख्य अप्टिकल फाइबरको निर्माण कार्य सम्पन्न हुनेछ। यसबाट तिब्बतदेखि भारतसम्मको सञ्चार क्षमता पनि उकासिनेछ। साथै तिब्बतदेखि नेपालसम्म प्रत्यक्ष अप्टिकल फाइबरको विद्युत व्यवस्थाको निर्माण पनि गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह