फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको शान्तिपूर्ण मुक्तिबारे दलाइ लामाको भनाइ कुचेष्ठा मात्र- तिब्बती अध्यक्ष

(GMT+08:00) 2011-05-20 09:12:23
                 तिब्बत स्वायत प्रदेश सरकारका अध्यक्ष पाइ मा च लिनले चौधौं दलाइ लामाले ऐतिहासिक व्यवहारलाई वास्ता नगरी तिब्बतको शान्तिपूर्ण मुक्तिलाई चिनियाँ जनमुक्ति सेनाले कथित् तिब्बतलाई अतिक्रमण गरेको स्वरुपमा लिएको कुरा कुचेष्ठ मात्र भएको र इतिहासलाई बङ्ग्याएको कुरा व्यक्त गर्नुभएको छ। उहाँले हिजो पैचिङ्गमा राज्य परिषद्को प्रेस कार्यालयद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

                 उहाँका अनुसार, दलाइ लामाबारेको केन्द्रीय सरकारको नीति स्पष्ट छ। दलाइ लामाले मातृभूमिलाई पृथक गर्ने अडान छाड्दै मातृभूमिलाई पृथक गर्ने नीति छाडेर तिब्बत चीनको अविच्छिन भूभाग भएको, थाइवान पनि चीनको अविच्छिन भूभाग भएको तथा जन गणतन्त्र चीनको सरकारले चीनको प्रतिनिधित्व गर्ने एक मात्रै वैधानिक सरकार भएको कुरा सार्वजनिक रुपमा स्वीकार गरेमा मात्र जुनसुकै विषयबारे पनि वार्ता गर्न सकिनेछ। केन्द्रीय सरकार र दलाइ लामाबीचको वार्ताको ढोका सधैं नैं खुला छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह