फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 तिब्बतको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा "जन दैनिक समाचार-पत्र"द्वारा एउटा लेख प्रकाशित

(GMT+08:00) 2011-05-22 16:25:42

               तिब्बतको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा तिब्बत स्वायत्त प्रदेश सरकारले आज नामसहित एउटा लेख प्रकाशित गर्दै तिब्बतको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सव मनाएको छ। यस लेखका अनुसार, तिब्बतको शान्तिपूर्ण मुक्तिले तिब्बतले प्रजातान्त्रिक सुधार गर्न, समाजवादी व्यवस्थाको स्थापना गर्न तथा आधुनिकिकरणको निर्माण गर्नका लागि जग बसालेको, तिब्बतको इतिहासमा एउटा नयाँ अध्याय विस्तार गरेको, तिब्बतको सामाजिक विकासको नयाँ बाटो खोलेको छ। तिब्बतको इतिहास तथा चीनको आधुनिक इतिहासमा त्यसको महत्वपूर्ण अर्थ रहेको छ।

              वितेका साठी वर्षमा तिब्बतमा भएको ठूलो परिवर्तनले एउटा सत्यता प्रमाणित गरेको छ। त्यो भनेको चिनियाँ कम्युनिष्ट पार्टी नभएमा जन गणतन्त्र चीन तथा नयाँ तिब्बत हुने थिएन। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व, समाजवादी व्यवस्था, जातिय स्वशासित व्यवस्था, चिनियाँ विशेषतायुक्त तथा तिब्बतको विशेषतायुक्त मार्गलाई कायम राखेर मात्र आज तिब्बतको उत्तरोत्तर प्रगति भएको र भोली अझ उज्यालो हुनेछ।

             सन् 1951को मेइ तेइस तारिख चीनको केन्द्रीय सरकार तथा भूतपूर्व तिब्बत सरकारले पैचिङमा "तिब्बतको शान्तिपूर्ण मुक्ति सम्बन्धी सम्झौता"मा हस्ताक्षर गरेको थियो। जसले तिब्बतको शान्तिपूर्ण मुक्तिको घोषणा गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह