फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साठी वर्षमा तिब्बतीहरुको जीवन

(GMT+08:00) 2011-05-23 19:46:10

                मे महिनाको तेईस तारिखका दिन तिब्बतको शान्तिपूर्ण मुक्तिको साठीऔं वार्षिकोत्सव हो। साठी वर्ष यता विपन्न तिब्बतमा खुलापन र धनी हुँदैआउनुका साथै सामान्य तिब्बतीहरुको जीवनमा पनि ठूलो परिवर्तन आएको छ। आजको कार्यक्रममा म केही सामान्य तिब्बतीहरुको जीवनको परिवर्तनबारे चर्चा गर्छु।

              "यहाँ मेरो तिब्बती ढाँचाको बैठक कोठा हो र त्यहाँ यूरोपेली ढाँचाको बैठक कोठा हो।"

              77 वर्षको श्री येशे लोड्रोको बैठक कोठामा स छ्वुआनबाट आएका पर्यटकहरु मिठो नूनिलो चिया र सुख्खा मासु खानुका साथै श्री येशे लोड्रोको कथा सुन्दैछन्। 

              "मुक्तिअघि म बागो सडकमा कमारा थिएं। त्यहाँ काम गरेर त्यहीं सुत्थें। आफूसँग केहि पनि थिएन। त्यस बेला मिठाइ खान पाएमा निकै खुसी लाग्थ्यो। तर अहिले गाउँमा पनि भात र तरकारी खान सकिन्छ। परिवर्तन निकै ठूलो छ।"

              सन् 1951 मा तिब्बतको शान्तिपूर्ण मुक्ति भएपछि श्री येशे लोड्रोले तिब्बत जातिय अधिकारी विद्यालयमा भर्ना भई त्यहाँ शिक्षा लिनुभएको थियो। त्यसपछि उहाँ ल्हासामा पहिलो चरणको यातायात प्रहरी बन्नुभयो। निवृत्तिपछि आफ्नो घरमा होटेल खोलेका उहाँको जीवन ज्यादै सुखमय रहेको छ।

            "अहिलेको आवास पहिले कुलीन परिवारको आवासभन्दा अझ राम्रो छ। हरेक महिना मैले तीन हजार छ सय पचास चिनियाँ युआनभन्दा बढीको आम्दानी गर्छु। यी सबै चिनियाँ कम्युनिष्ट पार्टीको कृपा हो। त्यसैले 77 वर्षदेखि यता मेरो अनुभव र बागो सडकको परिवर्तनबारे म पर्यटकहरुलाई सुनाउँछु। जसबाट यिनीहरुले पूरानो र नयाँ तिब्बतको इतिहास थाहा पाउन सकिन्छ। किनकि म परिवर्तन देख्ने व्यक्ति हुँ।"

              81 वर्षका वृद्धा डोर्जे ट्सेटेन तिब्बतको इतिहास देखेको अर्को व्यक्ति हुनुहुन्छ। सन् 1959मा तिब्बतमा विद्रोह भएको थियो। केही विद्रोहीले उक्साएका कारणले श्री डोर्जे ट्सेटेन विदेश भारतमा भागेर चालीस वर्षसम्मको अस्थायी जीवन बिताउनुभएको थियो।

              "त्यस बेला समाज निकै अस्थिर थियो। हान जातिहरु मान्छेलाई खाने आदि बंग्याउने कुरा सुनेर धेरै जना भागेका थिए। तर भारत पुगेर कुलीन परिवारहरुले तयारी गरिसकेको कुरा थाहा पाए। हामी सामान्य मान्छेहरुसँग केही पनि थिएन। फरक मौसम, खाना र भाषा भएकाले जीवन ज्यादै कठिन थियो।"

              सन् 1985मा श्री डोर्जे ट्सेटन आफ्नो परिवार हेर्नका लागि तिब्बत फर्कनुभयो। तिब्बतको दृश्य हेरेर उहाँलाई निकै अच्चम लाग्यो।

             "हरेकसँग आफ्नो आवास, कार्य र आम्दानी छ। बालकहरु विद्यालयमा शिक्षा लिन्छन। फुर्सदको समयमा मान्छेहरु भेला भएर रक्सी खान्छन्। कति स्वतन्त्र छ। मलाई ज्यादै अच्चम लाग्छ। आफ्ना आँखाले यो विश्वास गर्नसक्दिन।"

            गत शताब्दीको असी दशक अवधिदेखि यता, विदेशमा बसोबास गरेका दुई हजारभन्दा बढी तिब्बतीहरु क्रमशः चीन फर्कंदैआएका छन्। आवास, भूमि र पशु प्राप्त गर्ने आदि क्षेत्रमा सरकारले यिनीहरुका लागि नीतिमा सुविधा दिएको छ। यिनीहरुमध्ये केही जन काँग्रेसका प्रतिनिधि वा राजनैतिक परामर्शदात्रृ सम्मेलनका सदस्य पनि बनेका छन्।

             "छिङ्ग हाइ-तिब्बत रेलवे सञ्चालन भएको बेलामा सरकारको निमन्त्रणामा हामीले पहिलो रेल चढेर छिङ्ग हाइ पुगेर तिब्बतको परिवर्तन अनुभव गर्‍यौं। पर्वको अवधिमा सरकारले हामीलाई साँत्वना दिएको छ। चीन सरकारजस्तै हाम्रो मनलाई न्यानो पार्ने अरु सरकार छैन। चीन फर्केर मलाई खुसी र गौरव लागेको छ।"

              वृद्धा डोर्जे ट्सेटेको कुराजस्तै साठी वर्षदेखि यता तिब्बती जनताको जीवनमा स्पष्ट सुधार हुँदैआएको छ। सामान्य तिब्बतीहरुका लागि तिब्बत इतिहासमै सबैभन्दा राम्रो अवधिमा रहनुका साथै अझ राम्रो र सुन्दर भविष्य उन्मुख छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह