फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा फड्कोमार्ने गरी प्रगति तथा स्थायी स्थिरतालाई साकार तुल्याइनुपर्ने-च्या छिङ लिन

(GMT+08:00) 2011-05-23 19:49:02

 

              चीनको राजधानीका विभिन्न क्षेत्रले तिब्बतको शान्तिपूर्ण मुक्ति भएको साट्ठीऔं वार्षिकोत्सव मनाउन आयोजित गोष्ठी आज पैचिङमा आयोजित भयो। चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ लिनले यस गोष्ठीलाई सम्बोधन गर्दै तिब्बतमा फड्कोमार्ने गरी प्रगति तथा स्थायी स्थिरतालाई साकार तुल्याइनका लागि प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

             तिब्बतको शान्तिपूर्ण मुक्तिले मातृभूमिको सार्वभौमिकता तथा प्रादेशिक अक्षुणताको संरक्षण गरेको, राष्ट्रिय एकिकरण तथा जातिय एकताको संरक्षण गरेको, तिब्बतमा भएको राजनीति तथा धर्म गाँसिएको सामन्तवादी भूदास व्यवस्था उन्मुलन गर्न वातावरण तयार गरेको पनि श्री च्या छिङ लिनले वताउनुभयो।

            अबदेखि तिब्बतको आर्थिक निर्माणलाई सबल पार्नुपर्ने, नागरिक जीवनमा सुधार गर्नुपर्ने, तिब्बतका मेलमिलाप तथा स्थिरताको दृढताका साथ संरक्षण गर्नुपर्ने कुरामा पनि श्री च्या छिङ लिनले जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह