फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तिब्बती शास्त्री मण्डल र फ्रान्सका विभिन्न पक्षबीच व्यापक वैचारिक आदान-प्रदान

(GMT+08:00) 2011-05-24 18:45:01

              केही फ्रान्सेली सर्वसाधारणहरुले फ्रान्सेली सञ्चार माध्यम वा साहित्यिक दस्ताबेजबाट तिब्बतबारे धेरै जानकारी पाएका छन्। तर फ्रान्सेली सञ्चार माध्यमले तिब्बतसम्बन्धी जानकारी बङ्ग्याएका कारणले तिब्बतसम्बन्धी फ्रान्सेली सर्वसाधारणको विचार गलत भएको छ। वार्तामार्फत गलत बुझाइ हटाउनका लागि चिनियाँ तिब्बती शास्त्री मण्डलले हिजो राती पेरिसमा फ्रान्सका विभिन्न पक्षका व्यक्तिहरुसँग व्यापक वैचारिक आदान-प्रदान गरेको छ। अब यस विषयसम्बन्धी एक विवरण सुन्नुहोस्-

             हिजै रातीको कार्यक्रममा भाग लिने फ्रान्सेली व्यक्तिहरुमध्ये साँसद, विद्बान, लेखक र सम्वाददाता आदि छन्। यिनीहरुमध्ये केहीले तिब्बतको भ्रमण गरेर तिब्बतबारे थाहा पाएका छन् र कोही तिब्बत नपुगे पनि तिब्बतको जानकारी पाउने इच्छा लिएका छन्। यिनीहरुले अझ राम्रो उपायमार्फत साँच्चिकै तिब्बतको जानकारी पाउने आशा गरेका छन्।

             श्री पियरे पिखार्ट चीनको अध्ययन गर्ने भू-राजनैतिक वैज्ञानिक हुनुहुन्छ। उहाँलाई चीनबारे धेरै कुरा थाहा छ। चीनसम्बन्धी फ्रान्सेली र पश्चिमी सञ्चार माध्यमको गलत बुझाइबारे उहाँले आफ्नो विचार व्यक्त गर्नुभएको छ। धेरै वर्षदेखि यता फ्रान्सेली सञ्चार माध्यमलगायत पश्चिमी सञ्चार माध्यमद्बारा प्रसारण गरिएको चीन र उहाँले अनुभव गरेको चिनियाँ समाजबीच धेरै फरक रहेको कुरा उहाँले व्यक्त गर्नुभएको छ। फ्रान्सेली सर्वसाधारणलाई वास्तविक चीनबारे चर्चा गर्नका लागि उहाँले लेखहरू प्रकाशित गर्नुका साथै टेलिभिजन कार्यक्रममा पनि भाग लिनुभएको छ। तर उहाँले आफ्नो विचार निष्पक्ष रुपमा व्यक्त गर्न नसकिएकोमा उहाँ निकै रिसाउनुभएको छ।

             "यदि हामीले तिब्बत र चिनियाँ समाजबारे निष्पक्ष रुपमा आफ्नो विचार व्यक्त गरेमा अरुले हामीलाई गलत राजनीतिमा लागेको ठहर लिन्छन्। वर्तमानको फ्रान्समा चीनसम्बन्धी कुराकानी गर्दा हामीले आफ्नो विचार व्यक्त गर्न निकै गाह्रो छ।"

              फ्रान्स-चीन सहयोग संघका अध्यक्ष मारे क्लाउदे भान स्टीनब्रुगले लामो समयमा अर्थतन्त्रको अध्ययन गर्नुभएको छ। उहाँको विचारमा तिब्बतको अवस्थाबारे फ्रान्स र अरु मुलुकबाट प्राप्त सूचना वास्तविक नभएको अवस्था छ। चिनियाँ केन्द्रीय सरकारले तिब्बतका लागि सहयोग दिने विषयबारे फ्रान्सेली सञ्चार माध्यमले कुनै पनि कुरा प्रसारण गरेको छैन। त्यसैले फ्रान्सेली सर्वसाधारणको बुझाइ अपूरो भएको छ।

            "हामीलाई स्पष्ट थाहा छ कि तिब्बतको शिक्षा, चिकित्सा आदि विषयमा सुधार गर्नका लागि चीनले धेरै लगानी गरेको छ। साथै तिब्बती जनताको जीवन-स्तरलाई माथि उकास्नका लागि चीन सरकारले धेरै कदम चालेको छ। यस विषयबारे फ्रान्समा प्रभावकारी प्रसारण छैन। त्यसैले फ्रान्सेलीहरुलाई यसबारे थाहा छैन। आजको बैठक निकै फाइदाजनक रहेको छ। यो उपाय अझ व्यापक रुपमा विस्तार हुनुपर्छ।"

            फ्रान्सका भूतपूर्व शिक्षा मन्त्री एवम साँसद जाथेस गुयार्डले फ्रान्सेली सञ्चार माध्यमको अधिकांश सूचना विदेश पलायन भएका केही खराब नियतका तिब्बतीहरूबाट प्राप्त भएको कुरा बताउनुभएको छ। त्यसैले उहाँले तिब्बतमा बस्ने तिब्बतीहरुको वास्तविकता थाहा पाउने आशा गर्नुभएको छ।

             "तिब्बतमा रहेका तिब्बतीहरुद्बारा दिइएको आफ्ना अवस्थाको जानकारी हामीले थाहा पाउन खोज्ने विषय हो। किनकि वास्तविक रुपमा नब्बे प्रतिशत तिब्बतीहरु तिब्बतमा नै बसोबास गर्छन्। यिनीहरुले हामीलाई आफ्नो अवस्थाबारे सत्यतथ्य कुरा बताउनु सबैभन्दा राम्रो कुरा हो।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह