फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिमी सञ्चार माध्यमले तिब्बतसम्बन्धि गरेको रिपोर्टमा केही गलत विचार रहेको:फ्रान्सका प्रसिद्ध व्यक्ति

(GMT+08:00) 2011-05-24 17:01:40

               चीनको तिब्बती विद्बान प्रतिनिधि-मण्डलले हिजो 23 तारिख पेरिसमा फ्रान्सका विभिन्न क्षेत्रका व्यक्तिसँग एक गोष्ठीको आयोजना गरेको छ। यस गोष्ठीमा केही फ्रान्सेली प्रसिद्ध व्यक्तिले पश्चिमी सञ्चार माध्यम र फ्रान्सको समाजले तिब्बतसम्बन्धि गरेको रिपोर्टमा केही गलत विचार रहेको ठहर लिएका थिए।

               हिजो राति तिब्बती विद्बान प्रतिनिधि-मण्डल र फ्रान्सका राजनैतिक,वाणिज्य,सञ्चार माध्यम आदी विभिन्न क्षेत्रका व्यक्तिबीच रात्रीभोजको आयोजना गरेको थियो। यस रात्रीभोजमा फ्रान्सको संसदका सदस्य एवम भूतपूर्व परराष्ट्र मन्त्रीका सचिव पिएरे पिखार्टले केही वर्षयता पश्चिमी सञ्चार माध्यमले भारतमा रहेको तथाकथित "तिब्बतको सत्ताच्यूत सरकार" र केही विदेशमा बसोबास गर्ने तिब्बतीहरुबमोजिम तिब्बत सम्बन्धी विवरण पेश गरेको हो,तर तिब्बतका सर्वसाधारणको वास्तविक धारणा वर्तमान तिब्बतमा जीवन  बिताउने तिब्बतीहरुबाट हुनेछ भनी बताउनुभएको छ।

              चीनको तिब्बती विद्बान प्रतिनिधि-मण्डल यस 19 तारिख फ्रान्समा पुगी गोष्ठी लगायत विभिन्न प्रकारबाट फ्रान्सका विभिन्न पक्षसित आदान-प्रदान गरिरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह