फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा विश्वमा समुद्र सतहदेखि सबैभन्दा अग्लो उचाइमा रहेको पाँच तारे होटेल सञ्चालनमा आएको

(GMT+08:00) 2011-05-28 17:13:55

          तिब्बतको पहिलो पाँच तारे होटेल रुइजि होलदै होटेल लासा आज औपचारिक रुपमा अनावरण भएको छ। उक्त उत्कृष्ट होटेल तिब्बतमा आएको कुरा तिब्बतले विश्वको गन्तव्य स्थलको निर्माणका लागि एउटा महत्वपूर्ण चिन्ह रहेको ठहर विश्लेषकले गरेका छन्।

           तिब्बत स्वायत्त प्रदेशको पर्यटन व्यूरोका उप-प्रमुख वाङ सुङ फिङका अनुसार, पाँचतारे होटेल रुइजि होलदै होटेल लासाको औपचारिक अनावरणले तिब्बतमा लागि पाँच तारे होटेल नभएको इतिहास अन्त्य गरेको छ। "बाह्रौं पञ्चवर्षीय योजना"को अवधिमा तिब्बतले पाँच वटा पाँच तारे होटेलको निर्माण गर्नेछ।

            सुधार तथा खुलापनको तीस वर्षदेखि तिब्बतले स्वदेश र विदेशका तीन करोड भन्दा बढी पर्यटकको सत्कार गरेको छ। "बाह्रौं पञ्चवर्षीय योजना"को अवधिमा तिब्बतले पर्यटकहरुको संख्या एक गुणाले बढाउने योजना लागू गरी सन् 2015 को अन्त्यमा स्वदेश र विदेशका पर्यटकहरुको संख्या बढाएर एक करोड पचास लाख पुर्‍याउने योजनाको कार्यान्वयन गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह