फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा छिङ्गहाइ-तिब्बत विद्युत शक्ति योजनामा वातावरण संरक्षणसम्बन्धी बीस करोड चिनियाँ युआनको रकम लगानी

(GMT+08:00) 2011-05-28 18:09:09

          चीनको राष्ट्रिय विद्युत कम्पनीले आज 28 तारिखमा जनाएअनुसार निर्माणमा रहेको छिङ्गहाइ-तिब्बत विद्युत शक्ति योजना स्थलमा वातावरण र जलसंरक्षणका क्षेत्रमा बीस करोड चिनियाँ युआन लगानी पुर्‍याइएको र जसबाट छिङ्गहाइ-तिब्बत क्षेत्रको हरियाली वातावरण विद्युत शक्ति मार्ग"को निर्माण गर्न सकिने छ।

            छिङ्गहाइ-तिब्बत विद्युत योजनाका एक जिम्मेवार व्यक्ति याङ्ग मिङ्ग खाइबाट जानकारी पाइएअनुसार यस योजनाको इन्जिनियरिङ गर्ने बेलामा छिङ्गहाइ-तिब्बत क्षेत्रका धेरै प्रकृति संरक्षण क्षेत्रलाई संरक्षणमा राखिएका थिए। यस विद्युत शक्ति स्थल निर्माण गर्ने क्रममा बीस करोड चिनियाँ युआन प्रयोग गरेर वनपस्तिको संरक्षण,जंगली पशुको संरक्षण,सिमसार क्षेत्रको संरक्षण आदि वातावरण संरक्षणसम्बन्धी विशेष कमद लागू गर्ने भएका छन्।

             छिङ्गहाइ-तिब्बत विद्युत शक्ति वर्गको कूल लम्बाइ 1038 किलोमिटर र कूल लगानी रकम सोह्र अर्ब चिनियाँ युआन बराबर छ। सम्बन्धित अनुमानअनुसार यस योजना यसै वर्षको अन्तमा सम्पन्न हुने भएको छ। जसबाट तिब्बती क्षेत्रमा विद्युत कम भएको समस्यालाई सम्पूर्ण रुपमा समाधान गरिने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह